English

एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय



सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसीविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको मोर्चा संगठन प्रमुख डा.विजय पौडेलले बताए ।

फागुन १ गते दिउँसो २ बजे ७७ वटै जिल्लामा एकैपटक प्रदर्शन गरिने उनले जानकारी दिएका छन् । त्यसको तयारीमा जुट्न जनवर्गीय संगठनलाई बैठकले निर्देशन दिएको छ ।

फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरिरहेको समयमा सत्ता साझेदार दल एकीकृत समाजवादीको उक्त धारणा आएको हो ।

यो पनि

एमसीसीलाई हेर्ने दृष्टिकोणमा एमालेभित्र अन्तर्विरोध

एमसीसीबारे देउवा र प्रचण्डद्वारा लिखित ६ बुँदे गोप्य पत्रकाे खुलासा, के छ पत्रमा ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested