English

मास्क नै नलगाउनुभन्दा नाक मात्रै ढाके पनि राम्रो



दक्षिण कोरियामा पछिल्लो पटक अनौठो मास्क चलनमा आएको छ, जुन परम्परागत फेस मास्कभन्दा बिलकुल फरक छ । पछिल्लो समयमा प्रचलनमा आएको मास्कले नाक र मुखकोसट्टा नाक मात्र ढाक्छ । नयाँ मास्कलाई कोस्क नाम दिइएको छ । ‘को’ र मास्कलाई जोडेर कोस्क नाम दिइएको हो । कोरियाली भाषामा कोको अर्थ नाक भन्ने बुझिन्छ । दक्षिण कोरियाली कम्पनी अटमानले बिक्री गरेको सो अस्वभाविक मास्कमा लगाउने मानिसको मुख नढाक्ने गरी बनाइएको छ ।

खानेकुरा खाँदा कोभिडविरुद्ध कुनै तहबाट जोगिने उदेश्यले सो मास्क डिजाइन गरिएको देखिन्छ । नयाँ मास्क (कोस्क) जुनसुकै बेला नाक मात्र छोपेर लगाउन सकिन्छ । दक्षिण कोरियामा मात्र उपलब्ध हुने र नाक मात्र ढाक्ने कोस्कको अस्वभाविक लहरले पश्चिमा देशहरुमा एक खालको विवाद ल्याएको छ । कसैले यसलाई काम नलाग्ने सामान भनेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो ।

‘नाकमुनि मास्क लगाउने मानिसका लागि यो मास्क भिन्न देखिदैंन,’ एक जना ट्विटर प्रयोगकर्ताले कोस्कबारे टिप्पणी गर्दै लेखेका छन् ।

अर्का एक प्रयोगकर्ताले ‘अर्को तहको मूर्खता,’ भन्दै टिप्पणी गरेका छन् । अध्ययनहरुले यो पनि देखाएका छन् की नाक हाम्रो शरीरमा कोभिड भाइरस प्रवेश गर्ने सबैभन्दा सजिलो मार्ग हो । र, केही स्वास्थ्य विज्ञहरुको यो पनि विश्वास छ की मास्क नै नलगाउनु भन्दा नाक मात्र ढाक्ने मास्क लगाउनु उचित हुन्छ ।

‘सम्भवत यसले सामान्य भिन्नता राख्छ,’ डिकिन्स इन्स्टिच्युट फर हेल्थ ट्रान्सफर्मेसनका प्राध्यापक क्याथरिन बेन्नेटले भने । मास्क बनाउने तरिका अनौठो भएको उनले टिप्प्णी गरेका छन् ।

यो पनि
यसकारण देशव्यापी बन्यो खोपविरोधी प्रदर्शन
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो