English

आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



युक्रेनी सेनाले रसिया समर्थित विखन्डनकारीलाई आक्रमण गरेको झुटो आरोप लगाएर रसियाले युक्रेन अतिक्रमणको बहाना बनाएको अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् ।  

रसियाले विस्फोटको  ग्राफिक तस्वीरहरु बनाएर ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको पनि अमेरिकी अधिकारीहरुले दाबी गरेका छन् । अतिक्रमणको बहानाका लागि रसियाले झुटो विकल्पबारे सोचिरहेको उनीहरुको दाबी छ । 

तर, रसियाले अमेरिकी अधिकारीहरुको दाबीमा कुनै सत्यता नभएको जनाएको छ । आफूले अमेरिकाले दाबी गरेजस्तो कुनै त्यस्तो झुट सांकेतिक कारबाहीको योजना नगरेको रसियाले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभयले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खण्डन गरेका छन् । ‘रसियालाई उत्तेजक बनाउने यो पहिलो प्रतिज्ञा होइन,’ उनले भने, ‘यसअघि पनि यस्तै भनिएको थियो, तर केही भएन ।’

युक्रेनको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएपछि अमेरिका र नेटो फौजले चासो देखाएका छन् । रुसले युक्रेन हमलाको योजना गरेको अमेरिकाले अनुमान गरेको छ ।

यो पनि…
मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान
कंगोमा ५१ जनालाई मृत्युदण्डको सजाय, कारण यस्तो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested