English

युक्रेनमा रसियाले हमला गरे रुसी ग्यास पाइप लाइन अवरुद्ध हुन्छ- अमेरिका




रसियाले युक्रेनमाथि हमला गरे पश्चिम युरोपमा रुसी ग्यासलाई पठाउने मुख्य पाइपलाइन नर्थ स्ट्रिम-२ खोल्ने निर्णय रोक्ने अमेरिकाले चेतावनी दिएको छ । नर्थ स्ट्रिम-२ रसियाबाट जर्मनीसम्म पुग्ने पाइप लाइन हो । रसियाले हमला गरे सो परियोजनामा प्रतिबन्ध लाग्न सक्ने वर्लिनस्थित अधिकारीहरूले बुधबार बताएका थिए ।

रसियाले युक्रेन अतिक्रमण गरे आफूहरुले रसियाको अर्थतन्त्रलाई निशाना बनाउने पश्चिमा साझेदारहरूले बताउँदै आएका छन् । यता, रसियाले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना नरहेको बताउँदै आएको छ । तर, पश्चिमा मुलुकहरू उसको भनाइप्रति शंका गर्दै आएका छन् ।

‘म धेरै प्रष्ट हुन चाहन्छु कि रसियाले एक वा अर्को तरिकाले युक्रेनमाथि हमला गरेमा नर्ड स्ट्रिम-२ परियोजना अगाडि बढ्ने छैन’ विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले अमेरिकी प्रसारक एनपीआरसँग भने ।

यो पनि
अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग
बाइडेनले भने- पुटिनमाथि नै प्रतिबन्ध लगाउन सकिने छ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाका नेपालीहरूले पृथ्वी जयन्ती एवम् ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाएका छन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत

विश्वव्यापी विकासका बहसहरू प्रायः राष्ट्र-राज्य, ठूला लगानीकर्ता र अन्तर्राष्ट्रिय संस्थाहरूको वरिपरि मात्र घुमिरहन्छन्। तर पछिल्ला वर्षहरूमा एउटा महत्त्वपूर्ण सत्य क्रमशः

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौं । विश्वप्रसिद्ध प्राविधिक कम्पनी शाओमीले दुई नयाँ आकर्षक मोडल — रेडमी १५ र रेडमी १५C नेपालमा सार्वजनिक गरेको छ

Latest










Popular
Suggested