English

अमेरिकाले अस्वीकार गर्‍यो रसियाको माग



युक्रेनलाई नेटोमा रोक लगाउनुपर्ने रसियाको मागलाई अमेरिकाले अस्वीकार गरेको छ। रसियाले युक्रेनमा अतिक्रमण गर्न सक्ने सम्भावना बढिरहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन रसियाको माग अस्वीकार गरेका हुन्।

युक्रेन संकट समाधानका लागि आफूले एउटा गम्भीर कूटनीतिक मार्ग प्रदान गरिरहेको र त्यसलाई रसियाले छनौट गर्नुपर्ने उनले बताएका छन्।

विदेशमन्त्री ब्लिनकेनको जबाफलाई आफूहरूले अध्ययन गर्ने रसियाका एक मन्त्रीले बताएका छन्। यसअघि नेटो सैन्य गठबन्धनको विस्तार र सुरक्षाका विषयमा रसियाले एउटा लिखित सूची नै जारी गरेको थियो। तीमध्ये युक्रेनमा नेटोको सम्भावित परिचालन रोक्नु पनि छ।

पछिल्ला सातामा रसियाले युक्रेनसँगको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ। यो तैनाथलाई अमेरिकालगायत उसका साझेदार राष्ट्रहरूले युक्रेनमाथिको सम्भावित अतिक्रमणका रुपमा लिएका छन्।

यद्यपी, रुसले युक्रेनमा अतिक्रमण नगर्ने बताउँदै आएको छ। युक्रेनलाई नेटोलगायतका सुरक्षा गठबन्धनको हिस्सेदारमा छनौट हुने अधिकार भएको अमेरिकाले तर्क गर्दै आएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं : प्रिज्मा एड्भर्टाइजिङका संस्थापक/प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड

Latest










Popular
Suggested