English

यसकारण देशव्यापी बन्यो खोपविरोधी प्रदर्शन



क्यानडामा राजधानी ओटावा सहरबाट सुरु भएको कोभिड खोपविरोधी प्रदर्शन विस्तारै देशका विभिन्न सहरहरुमा फैलिएको छ । विरोध प्रदर्शन क्यानडाको सबैभन्दा ठूलो सहर टोरोन्टो, क्युबेक, विनिपेग, फ्रेडरिक्टनसम्म फैलिएको हो । शनिबारको प्रदर्शनमा राजधानी ओटावामा झन्डै पाँच हजार प्रदर्शनकारीको सहभागीता थियो ।

‘एउटा ठूलो कैदमा बस्नुपर्ने दबाबपूर्ण आदेशका कारण हामी सबै बिरामी र थकित छौ’, रोर्बट नाम गरेका एक प्रदर्शनकारीले रोयटर्सलाई भने ।

सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन ट्रुडोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ ।

‘उनीहरु खोप भन्ने गरेको विष हाम्रो नशामा नराखी हामी सामान्य अवस्थामा फर्किन चाहन्छौ,’ उनले भने । क्यानडाबाट अमेरिका प्रवेश गर्ने सीमामा सरकारले ल्याएको अनिवार्य खोपको प्रावधानविरुद्ध एक साताअघि ट्रक चालकहरुले ट्रक तेर्साएर विरोध गरेका थिए ।

सो प्रदर्शन सार्वजनिक स्वास्थ्य मापदन्ड र प्रधानमन्त्री जस्ट्रिन ट्रुडोको सरकारविरुद्ध ‘जमघट विन्दु’ को रुपमा रुपान्तरण भएको छ । कोभिडसम्बन्धी अधिकांश मापदन्ड प्रान्तीय सरकारले कार्यान्वयनमा ल्याएको हो ।

लगातार आठौं दिन प्रदर्शनकारीले ओटावाको मुख्य बजार बन्द गरेका छन् । सुसंगठित अवरोधलाई अमेरिकाका सहानुभूतिकर्ताहरुले सहयोग गरेको क्यानडा प्रहरीले जनाएको छ ।

यो पनि
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो