क्रिकेट संघको सातौं अधिवेशनको चौतर्फी विरोध
बैतडी । बैतडी जिल्ला क्रिकेट संघको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विनोदबहादुर चन्दको अध्यक्षतामा सर्वसम्मत जिल्ला समिति गठन गरेको थियो।
१५ सदस्यीय उक्त समितिमा १३ जना दशरथचन्द नगरपालिकाभित्रका व्यक्ति चयन भएका छन्। अन्य दुई जना मात्रै अन्य स्थानीय तहका चयन भएपछि विरोध भएको हो। उक्त समितिमा अटाएका व्यक्तिहरू नेपाली कांग्रेस पार्टीसँग आबद्ध रहेको र एकै पालिकाका अधिकांश व्यक्तिहरू समेटिएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ।
यसैबीच जिल्ला खेलकुद विकास समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै क्रिकेट संघको अधिवेशन गलत नियतका साथ भएको भनी आपत्ति जनाएको छ। विज्ञप्तिमा वर्षौँदेखि एकै ठाउँका व्यक्तिले जिल्लाको क्रिकेटमा एकाधिकार जमाएको कुरा उल्लेख गरिएको छ।
जिल्ला खेलकुद विकास समिति अध्यक्ष भण्डारीले भने, ‘क्रिकेट संघमा विगतदेखि मनोमानी हुँदै आएको छ। सधैं त्रिपुराकै व्यक्ति अध्यक्ष बन्ने परिपाटी कायम छ। अहिले समितिमा बसेका व्यक्तिको नाम अगाडि हरेकको ठेगानामा दनपा लेखिएको छ। सामाजिक सञ्जालमा लिस्ट आयो, हामीलाई हेर्नै लाज भयो। अध्यक्षमा सरकारी कर्मचारी चयन भएका छन्। सदस्यमा त्यही नगरपालिकाका उपमेयर र उनका श्रीमान् छन्। यो कुरालाई कम्तीमा ध्यान दिनु पर्दथ्यो।’
बैतडीका १० स्थानीयतह मध्ये सबै पालिकामा खेलाडी र खेल प्रेमी रहेकाले उनीहरू समेत समितिमा समेटिनुपर्ने भण्डारीको भनाइ छ। खेलकुद विकास समितिको विज्ञप्ति प्रति क्रिकेट संघले भने आपत्ति जनाएको छ। क्रिकेट संघले नियम संगत नै अधिवेशन सम्पन्न भएको भन्दै बिहीबार विज्ञप्तिसमेत जारी गरेको छ। क्रिकेट संघका नव निर्वाचित अध्यक्ष विनोदबहादुर चन्दले एक/एक जना मात्रै समेटिए पनि तीन पालिकाका व्यक्ति निर्वाचित भएको बताए।
उनले निर्वाचित सबै व्यक्ति विधान अनुसार योग्य रहेको बताएका छन्। अन्य पालिकामा रहेका क्लब नवीकरण नभएकाले समेट्न समस्या भएको उनले बताएका छन्। नेपाल क्रिकेट संघको विधान २०५५ को तेस्रो संशोधन अनुसार विधानको परिच्छेद ९ दफा २३ मा उल्लेखित बुँदा अनुसार अधिवेशन सम्पन्न गरिएको उनको दाबी छ। ‘नीति नियम नबुझेरै सामाजिक सञ्जालमा विरोध गर्नेलाई केही भन्नुछैन। तर,समग्र बैतडीको क्रिकेट क्षेत्रलाई विकास गरी उचाइमा पुगाउन मेरो पहल रहन्छ,’उनले भने।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको र चन्द कांग्रेसका जिल्ला सभापतिसमेत भएकाले अन्य पार्टी आबद्ध व्यक्तिहरूले सामाजिक सञ्जालमा विरोध गरिरहेका हुन्।









Stephenelulk
This post feels very approachable and clearly organized, which makes the entire discussion more pleasant to follow while also creating enough space for readers with different experiences and experiences to participate in a meaningful and constructive way. https://kominmet.com.ua/iak-kupyty-sklo-fary-onlain-i-pereviryty-ioho.html