English

महिलाले खोज्छन् यस्ता पुरुष



महिलाले कस्ता पुरुष मन पराउलान् ? साच्चै, यो अनुमान लगाउन गाह्रो कुरा हो । तर, एक अध्ययनले महिलाको रुचिलाई जान्ने प्रयत्न गरेको छ । जसमा अधिकांश महिलाको धारणा परिवर्तन नभएको पाइयो । उक्त अध्ययनमा ९८ प्रतिशत महिलाले आफ्नो पार्टनर आर्थिक रुपले सबल होस् भन्ने चाहने रहेछन् । यो बाहेक कस्ता स्वभाव र गुण भएका पुरुषप्रति महिला आकर्षित हुन्छन् भन्ने बारे यहाँ चर्चा गरिएको छ ।

खुलस्त

पारदर्शिताको यो युगमा महिलाहरू आफ्नो पार्टनरले कुनै कुरा नलुकाओस् भन्ने चाहन्छन् । उनीहरू बाहिर देखिएजस्तो मात्रै नभई पार्टनरको भित्री रहस्यसमेत बुझ्न चाहिरहेका हुन्छन् ।

परिपक्वता

पार्टनर परिपक्व हुनु धेरै महत्वपूर्ण छ । महिलाहरू साथीजस्तो व्यवहार भएकासँग सम्बन्ध राख्न रुचाउँछन् । जब जीवनसाथी छनोटको कुरा आउँछ, तिनीहरू गम्भिर र परिपक्व पुरुषहरू चाहन्छन् । यही कारणले गर्दा महिलाहरू आफ्नो उमेरभन्दा परिपक्व पुरुषप्रति बढी आर्कषित हुन्छन् ।

बफादार

महिलाहरू बफादार पुरुषहरूसँग जीवन बिताउन चाहन्छन् । पुरुष जसले आफूलाई भावनात्मक रूपमा बुझ्न सकोस् र जीवनभरि साथ देओस् ।

छिटो निर्णय लिनसक्ने

पुरुष बुद्धिमान मात्र होइन छिटो सही निर्णय लिन सक्ने हुनुपर्छ । आजको तीव्र गतिको जीवनमा महिलाहरूले पनि गतिलाई प्राथमिकता दिइरहेका हुन्छन् । उनीहरूलाई छाडा प्रवृत्ति अपनाउने पुरुषहरू मनपर्दैन ।

स्मार्ट

महिलाहरू स्मार्ट र विद्वान् पुरुष मनपराउँछन् । पढाइमा मात्र होइन, बाहिरी संसारमा पनि ज्ञान हुनु आवश्यक छ । तपाईंलाई धेरै कुराहरू थाहा हुनुपर्छ । ताकी उसलाई तपाईंको साथमा राम्रो लागोस् ।

फिटनेस

पार्टनरहरू समानतामा विश्वास गर्छन् । यो दैनिक जीवनमा पनि लागू हुन सक्छ । आजकल फिटनेसमा रुचि राख्ने र सरसफाइ गर्ने केटाहरू मन पराउँछन् । त्यसैले, फिटनेस र सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ

आर्थिक रुपमा सबल

महिलाहरू स्मार्ट र विद्वान् पुरुषका साथै आर्थिक अवस्था सबल भएको पुरुषहरू मनपराउँछन् । पैसाले नै हरेक आवश्यकता पूरा हुने हुँदा आर्थिक अवस्था सबल हुनु आवश्यक छ

यो पनि…
कोभिड भ्याक्सिनपछि शारीरिक सम्पर्क कति सुरक्षित ?
विवाहअघि सोध्नुहोस् यी कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

Latest










Popular
Suggested