English

पुरुषले यौनसम्पर्क गर्नु अघि र पछि ध्यान दिनुपर्ने कुराहरु



वयस्क भएपछि स्वस्थ जीवनका लागि सेक्स सबैलाई आवश्यक हुन्छ । तपाइँले आफ्नो पार्टनरसँग शारीरिक सम्बन्ध राख्नु अघि र सम्बन्ध पछि केहि महत्त्वपूर्ण कुरा गर्नु पर्छ । तब मात्र तपाईे स्वस्थ यौन जीवन जिउन सक्षम हुनुहुनेछ।

यदि तपाईलाई स्वच्छ यौन जीवनबारे थाहा छ भने पनि यसलाई बेवास्ता नगर्नुहोस्। अन्यथा, यो बानीले तपाइँको यौन जीवनमा बाधा पुर्याउँन सक्छ।

१. यौनसम्पर्क पछि पिसाब फेर्नुहोस्
यौनसम्पर्कपछि पिसाब फेर्नु महिलाका लागि मात्र होइन पुरुषका लागि पनि आवश्यक हुन्छ । किनकी गोप्य अंगलाई स्वस्थ राख्न यसो गर्नु आवश्यक मानिन्छ । यसो नगर्दा युरिन इन्फेक्सन हुन सक्छ । त्यसैले यौन सम्पर्कपछि पिसाब फेर्ने बानी बसाल्नुहोस्।

२. संभोग गर्नुअघि खाना नखानुहोस्
सेक्स गर्नुअघि खाना खान पनि सकिन्छ । तर यौन सम्पर्क गर्ने र खाना खाने बीचमा समयको अन्तर राख्नुपर्छ । खाना खाइसकेपछि तुरुन्तै यौनसम्पर्क नगर्नुहोस् किनभने यसले पेटसम्बन्धी गम्भीर रोगहरू निम्त्याउन सक्छ। त्यसैले खाना खाएको कम्तिमा २ घण्टापछि मात्रै सेक्स गर्नुपर्छ ।

३. संभोगपछि यी खाने कुरा नखानुहोस्
संभोग लगत्तै केरा वा अन्य फलफूल नखानुहोस् । किनकी राति फलफुल खानु उचित मानिदैन । यदि तपाइँ दहीयुक्त खानेकुरा खानुहुन्छ भने, यो सही हुनेछ। केहि समय पछि १ २ गिलास पानी वा इच्छा अनुसार पिउनुहोस्। यसबाहेक दूध पनि पिउन सकिन्छ ।

४. प्रयोग गरिसकेपछि कन्डम सुरक्षित राख्नुहोस्
धेरै पुरुषहरूले सेक्स पछि कण्डमलाई ओछ्यानको मुनि वा छेउमा राख्छन्। तर यो विधि गलत छ। यसले आफुलाई मात्र नभई तपाईको बच्चाहरु वा अन्य सदस्यलाई समेत संक्रमण हुन सक्छ ।

-ओछ्यानबाट ओर्लिएर कण्डम निकाल्नुहोस्।
-कन्डम हटाए पछि, यसलाई बाँध्नुहोस्।
-यसलाई कुनै कागज वा टिस्यु पेपरमा बेर्नुहोस्।
-यसलाई डस्टबिनमा राख्नुहोस्।
-कण्डमलाई यता उता फाल्ने वा जलाउने काम नगर्नुहोस्।

५. आफ्नो पार्टनरसँगै सुत्नुहोस्
धेरै मानिसहरु सेक्स गरेपछि आफ्नो पार्टनरलाई छोडेर सुत्छन् । तर यसो गर्नु गलत हो। यसले तपाईंको सम्बन्धलाई असर गर्न सक्छ। तपाईले यी कुराहरूलाई ध्यान दिनुहोस्ः

-ल्यापटप वा फोनमा व्यस्त नहुनुहोस्।
-बालबालिकाको नजिक नसुत्नुहोस्।
-किताब पढ्न नबस्नुहोस्।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो