यौन चरम आनन्द र दाम्पत्य सम्बन्ध राम्रो कसरी बनाउने ?



यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो ।

सृष्टिलाई चलायमान राख्नका लागि यौनको भूमिका अपरिहार्य छ । यौनमा चरम सन्तुष्ट छ । यो दाम्पत्य सुखको एक तत्व हो । दम्पतीबीचको सम्बन्ध सुमधुर राख्नका लागि यौनले भूमिका खेल्छ ।

यौन सम्बन्ध मानव जीवनको एक अभिन्न र महत्वपूर्ण पाटो हो । यसको अनुभव र ज्ञानद्वारा जीवनलाई सुन्दर र आनन्दित बनाउन सकिन्छ । यौनको माध्यमले जीवनमा कसरी आनन्द लिन सकिन्छ र जीवनलाई कसरी सुन्दर बनाउन सकिन्छ भन्ने कुराको ख्याल हुनु पर्दछ ।

मानसिक तनावको अवस्थामा वा कुनै मानसिक समस्या छ भने त्यस्तो बेला यौन सम्पर्कबाट आनन्द लिन सकिदैन । दम्पतिबीचको मनमुटाव, डिप्रेसन, तनाव जस्ता कुनैपनि समस्यामा यौनको रुची नै जाग्दैन । जब यौनमा रुची छैन भने जबरजस्ती यौन क्रिया गर्नुको अर्थ हुँदैन ।

यौन क्रियाकलापको माध्यमबाट खुशी, सन्तुष्टि प्राप्त गर्नुछ भने यौन पूर्व गरिने क्रियाकलापमा ध्यान दिनु आवश्यक छ । यौनसम्पर्क राख्नु अगाडि शारीरिक र मानसिक रुपमा आफू र आफ्नो पार्टनरलाई तयार गर्नुपर्छ । चुम्बन, मसाज गर्नु, पार्टनरलाई कसेर अंगालोमा बाँध्नु जस्ता सबै कुराले तपाईलाई यौनका लागि तयार गर्न र चरम सुख प्राप्त गर्नका लागि सहयोग पु¥याउँछ ।

सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाईको यौन जीवन राम्रो बनाइदिन सक्छन् । तर के कुनै खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौन शक्तिवर्द्धक छ ? जुन खानाले मनमा खुसीयाली उत्पन्न गराउने इन्डर्फिन तत्व शरीरमा उत्पादन गराउँछ तिनमा वास्तवमा स्वस्थ यौन इच्छासँग सम्बन्धित तत्व पनि हुन्छन् ।

यो पनि पढ्नुहोस् :
यी देशमा यस्ता छन् सेक्स सम्बन्धि अनौठा नियम
सुप बनाउन काटेर टुक्रा बनाइएको कोब्राले डसेपछि सेफको मृत्यु
गाईले नब्याउँदै दूध दिन थालेपछि…

जसले १०० शवसँग यौन सम्पर्क गरे



...
जति धेरै सेक्स त्यति नै सम्बन्ध सुमधुर - Mero LifeStyle Mero LifeStyle

[…] महत्वपूर्ण भूमिका रहन्छ । सेक्स सम्बन्धहरूमा प्रेम पक्कै हुन्छ जसले […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बिहीबार (१३ माघ) तनहुँका ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। ८७ जनाको परीक्षण गरिएकोमा ४४.८२ प्रतिशतलाई कोरोना पुष्टि भएको

केही वर्षअघि, महिलाहरूको यौन आचरणबारे एक सर्वेक्षण गरिएको थियो । जुन सर्वेक्षणमा महिलाहरू मादकपदार्थ सेवन गरेको अवस्थामा यौन सम्पर्क गर्न

नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्र दिएको जानकारीअनुसार तीन

नेपालमा थप ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय ९२ जना संक्रमण मुक्त

Suggested