English

फार्मेसी नहुँदा बिरामीलाई सास्ती



हिमाली जिल्ला मुगुमा रहेको जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई सास्ती खेपी रहेका छन्। जिल्लाको एक मात्र पन्ध्र शय्यामा निर्माण भएको अस्पतालमा फार्मेसी विनाको अस्पताल हुँदा बिरामीलाई औषधि पाउनै मुश्किल हुने गरेको छ।

२०६३ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म फार्मेसी सेवा स्थापना नहुँदा बिरामीले निजी मेडिकलको औषधि चर्को मूल्य हालेर उपचार गर्नु पर्ने अवस्थाले झन् सास्ती भएको छ।

उपचारको लागि अस्पतालमा आएका बिरामीलाई चिकित्सकले चेकजाँच गरी अस्पताल भित्र पाइने निःशुल्क औषधि दिने र नभएको औषधि पुर्जामा लेखेर बिरामीलाई गमगढी बजारमा रहेका निजी मेडिकलमा पठाउने गरेका छन्।

जिल्ला अस्पतालमै फार्मेसी नहुँदा बिरामीलाई औषधि उपचार गर्न गाह्रो अवस्था भएको चिकित्सक नहकुल शाहीले बताए। उनले भने, ‘उपचार गर्न आएका बिरामीलाई सबै प्रकारका औषधि प्राप्त होस भन्ने उद्देश्यले अस्पतालले अनिवार्य फार्मेसी स्थापना गर्नु पर्ने हो।’

जिल्ला अस्पतालका चिकित्सक भन्छन्, ‘सरकारले दिएको निःशुल्क औषधिले सबै बिरामीको उपचार हुँदैन। केही औषधि फार्मेसीबाट ल्याएर उपचार गर्नुपर्ने हुन्छ। तर, त्यो सुविधा छैन।’ जिल्ला अस्पतालबाट माथि गमगढी बजारका मेडिकल पुग्न ३० मिनेट समय लाग्ने गरेको छ। निःशुल्क र सहुलियत दरमा उपचार गर्न जिल्ला अस्पताल आएका बिरामीलाई उल्टै महंगो औषधिको मार खेप्नु पर्ने अवस्था अस्पतालमा छ।

जिल्ला अस्पतालमा फार्मेसी खोल्नु पर्ने नियम भए पनि सम्बन्धित निकायले वास्ता नगर्दा अस्पताल लामो समयदेखि फार्मेसीविहीन छ। ‘निर्देशिका बनाएर अस्पतालमा फार्मेसी स्थापना गर्ने सोचमा छौं,’ जिल्ला स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्य सेवा व्यवस्थापक प्रमुख उमेश गौतमको भनाइ छ। फार्मेसी स्थापना गर्न करिब ५ लाख बजेट चाहिने उक्त बजेट प्रदेश कार्यालयमा माग गर्नुपर्ने उनले बताए।

अस्पतालमा फार्मेसी स्थापना गर्न सकियो भने बिरामीलाई औषधिमा २० प्रतिशत छुट दिन सकिने उनले बताए। क्षेत्रीय मेडिकल स्टोरले उपलब्ध गराउने ७० प्रकारको निःशुल्क औषधि र जिल्ला स्वास्थ्य सेवा कार्यालयको बजेट बाट खरिद गरेको औषधि स्टोरमा राख्ने र आवश्यकता अनुसार सोही औषधि बिरामीलाई दिने गरिएको छ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले चालु आर्थिक वर्षमा आफ्नो बजेटबाट औषधि नै खरिद नगर्दा जिल्लामा औषधिको जटिल समस्या देखिएको छ। औषधि खरिदको लागि १८ लाख बजेट भए पनि अहिलेसम्म उक्त बजेट कागजमै सीमित राखिएकाले बिरामीलाई औषधि किन्न मेडिकल पठाउने गरिएको छ।

यो पनि,

रित्तिन लागे मुगुका खाद्यन्न गोदाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले