English

रित्तिन लागे मुगुका खाद्यन्न गोदाम



हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन्। गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन्।

गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ। मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका शाखा प्रमुख पुस्कर भामले बताए।

सदरमुकाम गमगढीबाट हाल दुई प्रकारका चामल बिक्री भइरहेका छन्। जसमा जिरा मसिनो चामल र बास्मती चामल। कार्यालयका अनुसार २ सय किलो दाल मात्रै गोदाममा मौज्दात छ।

२ सय क्विन्टल चामल बिक्री भइरहेको छ यो चामल पनि केही दिनमै सकिने प्रमुख भामको चिन्ता छ। जिल्लामा रहेका अन्य डिपो र बिक्री केन्द्र ६ महिनाभन्दा अघिदेखि रित्तिसकेका छन्।

जिल्लामा खाद्यान्न अभाव हुने सिर्जना भएकाले शाखा कार्यालय मुगुबाट प्रादेशिक कार्यालय सुर्खेत नेपालगञ्ज, राजापुर, प्रधान कार्यालय काठमाडौं, खड्का निर्माण सेवा र बराल ढुवानी सेवालाई सदरमुकाम गमगढी बजार र यस कार्यालय मातहत रहेका डिपो र बिक्री केन्द्रहरूमा यथाशिघ्र चामल ढुवानी गर्न पटकपटक पत्र काट्दा समेत कुनै सुनुवाई नगरेको शाखा प्रमुख भामको भनाइ छ।

मुगुका लागि यो वर्ष वार्षिक ११ हजार क्विन्टल चामल स्वीकृत भएको छ त्यसमा २ हजार क्विन्टल पुगिसकि बिक्री भई अहिले गोदाममा २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको उनले बताए ।

हाल सोरुकोट डिपो केन्द्रमा १ सय ८० क्विन्टल चामल रहेको र त्यो चामल पनि केही दिनसम्म मात्र हुने र अन्य श्रीकोट, पुलु , डिपो केन्द्र र विक्रि केन्द्रहरू रित्तै भएको भामको भनाइ छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested