English

निन्द्रा नलागे के गर्ने ?



प्रायः मानिसहरू निदाउनका लागि औषधि सेवन गर्छन्। यो राम्रो विकल्प होइन। त्यसले नकारात्मक असर गर्छ। कतिपयले निदाउनकै लागि मदिरा सेवन पनि गर्छन्, यो एकदमै नराम्रो बानी हो। आफूलाई निन्द्रा नलाग्नुको कारण के हो त्यो पहिल्याउनुपर्छ।

कसैलाई चिन्ताले र कसैलाई शारीरिक कारणले हुनसक्छ। कसैलाई बाह्य वातावरणले पनि निन्द्र नलाग्ने हुन्छ। निन्द्रा नलाग्नुको कारण फेला परेपछि सोहीअनुसार निदानको उपाय खोज्न सकिन्छ।

-राति सुत्ने समयलाई नियमित गरौं। समयमा सुत्ने र समयमा उठ्ने बानी बसालौं। सम्भव भएसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ। नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ।

-ओछ्यानमा पुगेपछि छटपटी हुन्छ। मनमा कुरा खेल्छ भने मनपर्ने रेडियो कार्यक्रम या गीत सुन्न सकिन्छ। यसले ध्यान एकाग्र हुन्छ र निन्द्रा लाग्छ।

-पढ्ने बानी छ भने मनपर्ने पुस्तक पढ्न सकिन्छ। यसले पनि मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ।

-सुत्ने समयमा हरहिसाब गर्ने, योजना बनाउने, बितेका कुरा सम्झने, अपमानित भएको सम्झने जस्ता कुराले मन अधैर्य र अशान्त हुन्छ। त्यसैले सुत्ने बेला यस्ता कुराबाट ध्यान हटाउनुहोस्।

-शारीरिक रूपमा निस्क्रिय हुँदा पनि निन्द्रा लाग्दैन। त्यसैले आफ्नो दैनिकीलाई सक्रिय बनाउनुहोस्।

-सुत्नुअघि हल्का व्यायाम गर्नुहोस्। १५ मिनेटजति ध्यान गर्नुहोस्। यसले मनलाई शान्त तुल्याउँछ र निन्द्रा लाग्छ।

यो पनि

तपाईं कसरी सुत्नुहुन्छ ? जान्नुहोस् यी नियमहरू



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested