English

कस्तो किसिमको फाइदा दिन्छ सयपत्री फुलले



पिसाब सम्बन्धी कुनै किसिमको समस्या भएमा सयपत्री फुलको पातको रसमा मिश्री मिलाएर तताएर खानाले राम्रो हुन्छ । यसले तुरतुरे वा बारम्बार पिसाब लाग्ने समस्या भएकालाई पनि ठिक गर्छ ।

सयपत्री फुलको पात र फूलको रस पकाएर महका साथ खानाले खोकी, चिसो, श्वासको समस्यालाई ठीक गर्छ । यो क्रियाले बालबालिकालाई विशेष उपयोगी समेत हुन्छ ।

सयपत्री फुलको पातको रस निकालेर केही बेर तताएर कुल्ला गर्नाले दाँतको दुखाइमा आराम मिल्छ ।

सयपत्रीको पातको रस २–२ थोपा कानमा राख्नाले कानको दुखाई ठिक हुन्छ ।

सयपत्रीको बीउको चूर्ण बनाएर बराबर मात्रामा मिश्री मिसाएर दिनको ३ पटक १–१ चच्चा खानाले दम तथा श्वास प्रश्वासको समस्या हुनेहरुका लागि फाइदा गर्छ ।

सयपत्रीको पात पिसेर कोटेको घाउ वा अरु कुनै घाउमा लगानाले ठीक हुन्छ ।

सयपत्रीको पात तथा फूल पिसेर सुन्निएको ठाउँमा लेप लगाउनाले ठिक हुन्छ ।

पत्थरीयाको समस्या हुनेले सयपत्रीको पातको काँडा बनाएर दिनमा २–३ पटक खानाले राम्रो हुन्छ ।

पायल्स (हर्सा, बबासिर) को समस्या हुनेहरुले सयपत्री फूलको रस ५–१० ग्राम दिनमा २–३ पटक खानाले दिशामा रगत आउन बन्द हुन्छ ।

सयपत्रीको पात्र १० ग्राम, मरिच ३ ग्राम एकसाथ पिसेर खानाले पायल्सको समस्यामा उपयोगी हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई