English

नदी नियन्त्रण र गाउँको मुहार फेर्न कस्सिए युवा




जलाद नदीको बाढीले वर्षेनी मच्चाउँदै आएको वितण्डा रोक्न धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१७ का युुवा सक्रिय बनेका छन्।नदीमा अग्लो र मजबुत तटबन्ध निर्माण नहुँदा बाढीले वर्षेनी खेतीयोग्य जग्गा कटान गर्नाका साथै वरिपरिका बस्ती डुबानमा पार्दै आएकाले त्यसलाई नियन्त्रण गर्न उनीहरू सक्रिय बनेका हुन्।

बाढीपहिरालगायत जलवायुु परिवर्तन र त्यसबाट सिर्जित विपद्बाट वर्षेनी पीडित सो क्षेत्रका स्थानीयवासीलाई लक्ष गरेर सञ्चालन भएको विपद् तथा जलवायु परिवर्तन उत्थानशीलता कार्यक्रमबाट प्रेरित भई युवा आफैं नदी नियन्त्रण अभियानमा जुटेको स्थानीय युवा सुरेन्द्र यादवले बताए।

प्रत्येक वर्ष नदीको बाढीले खेतीयोग्य जग्गा कटान गर्नाका साथै बस्ती नै डुबानमा पर्दै आए पनि तटबन्ध निर्माणमा प्रगति नभएपछि आफूहरू सक्रिय भएको उनको भनाइ थियो।

‘नदीले वर्षेनी मच्चाउँदै आएको वितण्डालाई रोक्न विगत केही महिनायता हामी गाउँमा उपलब्ध युवाले छलफल र बैठक गर्दै आएका छौं, स्थानीय युवा क्लबका सदस्यसमेत रहेका उनले भने, ‘केही दिनअघि मात्रै वडाध्यक्ष, वडासदस्य, रेडक्रसका प्रतिनिधि, युवा क्लबका पदाधिकारीसहितको टोलीले नदी निरीक्षण गरी जोखिमको विश्लेषण गरेका थियौँ।’ त्यहीँ विश्लेषणको आधारमा नदी नियन्त्रणका लागि गर्न सकिने कार्यको पञ्चवर्षीय योजना तयार गरिएको उनको भनाइ थियो।

जनप्रतिनिधि, रेडक्रसका प्रतिनिधिलगायतको उपस्थितिमा आफूहरूले तयार पारेको पञ्चवर्षीय योजनाका आधारमा विभिन्न निकायमा बजेटका लागि पहल गर्ने अर्का युवा मनोज मण्डलले बताए।

‘नदी नियन्त्रण त त्यतिकै हुँदैन, त्यसका लागि बजेट नै चाहिन्छ’, उनले भने, ‘त्यहीँ भएर नदीका लागि हामीले करिब पाँच करोडभन्दा बढीको पञ्चवर्षीय योजना तयार पारेका छौँ।’ तयार भएको योजना संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकामा पेश गर्ने तयारी भएको उनले सुनाए।

यसका साथै कमला नदी नियन्त्रण कार्यालय, जलस्रोत कार्यालय तथा अन्य संस्थाबाट नदी नियन्त्रणका लागि बजेट छुट्टयाउन पहल गरिने सम्बद्ध युवाले बताए। ‘वर्षेनी बस्तीमा बाढीले ठूलो क्षति पुर्‍याउँदै आएको छ तर कहीँ कतैबाट नदी नियन्त्रणका लागि ठोस पहल नभएपछि हामी नै अघि सरेका छौँ’,युवा क्लबका अर्का युवा सन्तोष यादवले भने, ‘अहिले नदी पीडित गाउँका करिब ५० युवा यो अभियानमा जोडिएका छन्।’

हामीले चलाएको अभियानमा वडाध्यक्ष, वडासदस्य तथा गाउँका सबैले साथ दिन थालेकाले आफूहरू थप उत्साहित भएको उनको भनाइ थियो। नदी नियन्त्रण अभियानअन्तर्गत नै दुई दिनअघि नदी आसपासको क्षेत्रमा वृक्षरोपण गरिएको थियो।

स्थानीयवासीसमेत रहेका प्रदेशसभा सदस्य रामअशिष यादवको उपस्थितिमा युवाले आँप, लिची, कटहर, मसलालगायत जातका करिब ५० बोटबिरुवा रोपेका थिए। नदी नियन्त्रणका लागि जुटेका युवालाई समावेशी उत्थानशीलता र जवाफदेहिता प्रवद्र्धनका लागि युवा सञ्जाल सुदृढीकरण (प्रयास) परियोजनाले रामैसँग साथ दिएको छ।

वर्षेनी वर्षायामका बेला बाढी, सुख्खायाममा आगलागी र शीतलहरको समय कठ्याङ्ग्रिनुपर्ने विपद्बाट जोगाउन पीडित रहेका क्षेत्रमा सो परियोजनाले सञ्चालन गरेको विपद् तथा जलवायु परिवर्तन उत्थानशील कार्यक्रममा जोडिएका युवाले नदी नियन्त्रण अभियानको नेतृत्व गरिरहेको परियोजना संयोजक जागेश्वर यादवले बताए।

नेपाल युवा संस्था सञ्जाल (आयोन) द्वारा सञ्चालित सो परियोजनाअन्तर्गत पहिलोे चरणमा जलवायु र विपद्सम्बन्धी विज्ञहरूबाट वडास्तरीय सरोकार व्यक्ति तथा पदाधिकारीलाई प्रशिक्षण दिएर सम्बन्धित वडास्तरमा देखिएका विपद् विश्लेषण गर्ने र त्यहीँ विश्लेषणको आधारमा योजना तयार पार्नका लागि युवालाई उत्प्रेरित गर्ने गर्दै आइएको परियोजना उनको भनाइ थियो।

जलाद नदीले पुर्‍याउँदै आएको क्षति रोक्न युवाले देखाएको सक्रियता अत्यन्तै प्रशंसनीय रहेको प्रदेशसभा सदस्य रामअशिष यादवले बताए। ‘क्षति रोक्न र गाउँको मुहार फेर्न युवाको पछिल्लो प्रयास निश्चित रूपमै उदाहरणीय देखिन्छ।’ सांकेतिक तस्बिर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो

एघार जना आरोही टोलीले शुक्रबार बिहान माउन्ट चोयुको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्सको उक्त टोलीले विश्वको छैठौं