English

बच्चाको घाँटीमा खानेकुरा अड्किएमा यसो गर्नुस्



बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मनपर्ने चीज खाँदा, तिनीहरू टोकाइ कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले गर्दा खाना खाँदा अक्सर घाँटीमा खाना अड्किन सक्छ । त्यसैले, केही खानेकुरा खुवाउँदा आमाबाबुले बढी ध्यान दिनुपर्छ ।

घाँटीमा केही अड्किएर श्वासप्रश्वास नलीमा कुनै वस्तु वा पदार्थ अड्किएमा श्वासप्रश्वासमा अवरोध आउँछ । यसले खोकी पनि निम्त्याउन सक्छ र गम्भीर अवस्थामा समेत पु¥याउन सक्छ । सामान्यतया खानाको टुक्रा बालबालिकाको घाँटीमा अड्किन सक्छ । यसरी बालबालिकाको घाँटीमा खानेकुरा अड्किए घरमै प्राथमिक उपचारको रूपमा के गर्ने भन्ने कुरा जान्नु जरुरी हुन्छ :

बच्चाको घाँटीमा खानेकुरा अड्कँदा ध्यान दिनुपर्ने कुराहरू

बच्चा अलि ठूलो पाँच वर्षभन्दा माथिको छ भने उसको पेटमा दुईवटा हातले कसेर समातेर झट्का दिनुपर्छ । यसो गर्दा अड्किएको खाना बाहिर निस्कन्छ ।

बच्चा सानो छ भने बच्चालाई आफ्नो काखमा घोप्टो पारेर राख्नुपर्छ । त्यसपछि बच्चाको टाउको र घाँटीलाई सहारा दिनुपर्छ । बच्चाको पिठ्युँ र काँधको बिच भागमा हल्का रूपमा धाप मार्नुहोस्, यो प्रक्रिया दोहोर्याइरहनुपर्छ । यसले अड्केको चिजलाई बाहिर निकाल्छ ।

हत्केलाले बच्चाको पछाडिको काँधको बीचमा हल्का थपथपाउनुहोस् । यसो गर्दा अड्किएको कुरा हट्छ ।

बच्चाको घाँटीमा मात्र हैन कहिलेकाहीँ नाकमा पनि केही चिज अड्कन सक्छ । यस्तो अवस्थामा इयर बड्सको प्रयोग गरेर अड्किएको चिज झिक्ने कोसिस गर्दा झन् त्योभित्र पस्न सक्छ । त्यसैले, सिन्काको प्रयोग गरेर अड्केको चिज झिक्नुपर्छ ।

यी उपायहरू गर्दा पनि अड्किएको चिज निस्किएन भने बच्चालाई तुरुन्त अस्पताल पुर्याएर चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested