English

सतर्कता अपनाउँदै पोषिलो खानेकुरा लिएर गाउँ-गाउँमा



जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष विष्णु बुढा कोरोनाको बढ्दो संक्रमणलाई सतर्कता अपनाउँदै जनताको सेवामा अग्रसर भएकी छिन्। ‘सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष’कार्यक्रमसहित तिलाका गाउँबस्तीमा पुगेर महिलाका समस्यादेखि सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खानाको महत्वबारे वडा र बस्तीमा सचेतना कार्यक्रममा लागिपरेको उनले बताइन्।

‘पालिकाका नौवटै वडामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भएको छ। गाउँबस्तीमा पुगेर जनताको सेवा गर्ने मेरो कर्तव्य हो,’उपाध्यक्ष बुढाले भनिन्,‘कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखी पालिकाका स्वास्थ्यकर्मी लिएर उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँ बस्तीमै पुगिरहेको छु।’

आमासँग उपाध्यक्ष कार्यक्रमले महिलालाई पोषण र पोषिलो खानेकुराका लागि निकै राहत पुगेको तिला गाउँपालिका-७ की लक्ष्मी रोकायाले बताइन्। सो कार्यक्रमले स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको सङ्ख्या बढेको छ। स्वास्थ्यकर्मीसहित उपाध्यक्ष गाउँमै पुगेर सुत्केरी महिलाको अवस्थाबारे बुझ्छिन् र सुनौला हजार दिनका आमालाई चाहिने आवश्यक पोषण र पोषिलो खाना बोकेर घरदैलोमै उनी पुग्ने गरेको सोही वडाकी दुर्गा रोकायाले बताइन्।

‘पहिलो वर्ष फिल्टर बाड्यौँ। दोस्रो वर्ष अण्डा, तेल र साबुन बाँड्यौँ। तेस्रो वर्ष पोषिलो कोशेली लिएर गाउँ पुगेका छौँ।’ उपाध्यक्ष बुढाले भनिन्, ‘एकोहोरो सरकारले बाँडेर मात्र नहुँदो रहेछ। अब गर्भवती तथा सुत्केरी आमालाई आफैँले पोषिलो खानेकुरा बनाउनका लागि अझै गाउँ-गाउँमा पुगिरहेका छौँ। पोषिलो कोसेलीस्वरुप धान उत्पादन नहुने क्षेत्रमा स्थानीय जातको मार्सी चामल, धान उत्पादन हुने क्षेत्रमा चना दिएका छौँ। त्योसँगै बच्चालाई न्यानो कपडा, तोरीको तेल र सुनौलो हजार दिनभित्रका आमाको पहिचान दिलाउने झोला प्रदान गरेका छौँ।’

आमा र बच्चाको पोषण अवस्था सुधार गर्न आमालाई जिम्मेवार बनाउनुपर्छ भन्ने सुझावसहित यो वर्ष सचेतना फैलाउन गाउँमै पुगेको उनको भनाइ थियोे।’ सुरक्षितरूपले सुत्केरी हुन अनिवार्य स्वास्थ्य संस्थामा जानुपर्ने, नियमित जाँच गर्दै खानपानमा ध्यान दिनुपर्ने,बच्चालाई नियमित स्तनपान गराउँदै पोषिलो खानेकुरा खुवाउनका लागि हरेक आमा तयार हुनुपर्नेजस्ता सन्देश दिइएका छौं।

प्राङ्गारिक सिमी, फापर बेचेर मैदा किनेर रोटी बनाएर खुवाउने गरिन्छ, यो कार्य पटक्कै राम्रो भएन आफ्नै खेतबारीमा उत्पादित प्राङ्गारिक र पोषिलो खानेकुरा खुवाउनुपर्छ। यहाँ उत्पादित अन्नबाली मिसाएर बनाएको लिटो जाउलोको प्रयोग गर्नुपर्छ भन्ने सन्देश बोकेर गाउँका महिलाई सचेत गराइउको उपाध्यक्ष बुढाले बताइन्।

सुनौलो हजार दिनभित्रका आमालो पोषणको महत्वबारेमा निकै संवेदनशील हुनुपर्ने जिल्ला स्वास्थ्य चौकीका इञ्चार्ज बिराजु जिसीले बताए। ‘असी प्रतिशत दिमागको विकास दुई वर्षभित्र हुन्छ। यो बेला पोषिलो आहार र सुरक्षित स्तनतपानको जरुरत पर्छ। स्तनपान र पोषणबारे गर्भवती तथा सुत्केरी आमा जानकार हुनुपर्छ’ उनले भने, ‘स्थानीयस्तरमा उत्पादन हुने गेडागुडी, माछामासु, अण्डाजस्ता पोषिलो खानेकुराको प्रयोग गर्न अत्यावश्यक छ। आमा र बच्चा सुपोषित हुनुपर्छ। कुपोषणको चक्र तोड्नुपर्छ। अनिमात्र हाम्रो गाउँबस्ती समाज स्वस्थकर रहन्छ।’

गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत हरेक वडामा सुनौलो हजार दिनभित्रका आमासँग भेटघाट र पोषिलो खानेकुराको महत्त्वका बारेमा सहजीकरण गर्न थालिएको पोषण सहजकर्ता जसुकला रावतले जानकारी दिए। जबसम्म महिला सचेत हुँदैनन्, तबसम्म कुपोषणको चक्र तोड्न नसकिने भएकाले गाउँपालिकाले ल्याएको कार्यक्रम निकै समयानुकूल भएको महिला स्वास्थ्य स्वयंसेविका गोइली बुढाले बताइन्।

पालिकाभित्रका सुनौलो हजार दिनभित्रका आमाको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर पोषणको महत्त्वका बारेमा सहजीकरण गरिएको छ। कुपोषणबाट आफू बच्न र बच्चालाई समेत बचाउनका लागि आग्रह गरिएको गाउँपालिकाको बहुक्षेत्रीय पोषण शाखाले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested