English

बिरालोका कारण १०७ घरमा आगलागी



दक्षिण कोरियामा घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । गत वर्ष देशभर १०७ घरमा भएका आगलागीका घटना बिरालोका कारण भएको पत्ता लागेपछि सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागले घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिएको हो ।

बिरालोले विद्युतीय स्टोभहरू स्विच अन गरिदिँदा आगलागी सुरु भएको विभागको भनाइ छ । बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभरहिट’ भई आगो लाग्न सुरु हुन्छ ।

गत वर्ष भएका सबै आगजनीमा थुप्रै मानिस घाइते भएका थिए । तीमध्ये आधाभन्दा बढी घटनामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घटना हुने गरेको पाइएको छ ।

विशेषगरी राजधानी सोउलमा आगजनीका घटना एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो ।
यो पनि
नासाको चेतावनी : ‘जनवरी १८’ पृथ्वीमा हुनसक्छ खतरा
गाईको दुध बढाउन टाउकोमा हेडसेट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested