English

बिरालोका कारण १०७ घरमा आगलागी



दक्षिण कोरियामा घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिइएको छ । गत वर्ष देशभर १०७ घरमा भएका आगलागीका घटना बिरालोका कारण भएको पत्ता लागेपछि सोउल मेट्रोपोलिटनको आगजनी तथा प्रकोप विभागले घरपालुवा जीव राख्नेहरूलाई सजग रहन चेतावनी दिएको हो ।

बिरालोले विद्युतीय स्टोभहरू स्विच अन गरिदिँदा आगलागी सुरु भएको विभागको भनाइ छ । बिरालोहरूले संवेदनशील टच बटनमाथि उफ्रिएर स्वीच अन गर्दिन सक्छन् । त्यसो गर्दा उपकरण ‘ओभरहिट’ भई आगो लाग्न सुरु हुन्छ ।

गत वर्ष भएका सबै आगजनीमा थुप्रै मानिस घाइते भएका थिए । तीमध्ये आधाभन्दा बढी घटनामा घर मालिक बाहिर गएका बेला यस्तो दुर्घटना हुने गरेको पाइएको छ ।

विशेषगरी राजधानी सोउलमा आगजनीका घटना एकदमै बढिरहेको बताइएको छ । सन् २०१९ मा मात्र जनवरीदेखि सेप्टेम्बरमा ३१ घरेलु आगजनीमध्ये अधिकांश बिरालोका कारण सुरु भएको पाइएको थियो ।
यो पनि
नासाको चेतावनी : ‘जनवरी १८’ पृथ्वीमा हुनसक्छ खतरा
गाईको दुध बढाउन टाउकोमा हेडसेट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,