English

नासाको चेतावनी : ‘जनवरी १८’ पृथ्वीमा हुनसक्छ खतरा



लामो समयदेखि क्षुद्रग्रहलाई पृथ्वीका लागि खतराका रूपमा व्याख्या गरिँदै आएको छ । यदि, क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । भनिन्छ, पृथ्वीको परिक्रमा गर्ने क्षुद्रग्रहले पुथ्वीमा एकपटक मात्रै ठोकेको थियो जसबाट डायनासोरहरू संसारबाट नामेट भएका थिए । त्यसपछि धेरै पटक पृथ्वीको छेउबाट गुज्रिरहेको क्षुद्रगहको टक्करको चर्चा भयो । तर, यस्तो कहिले भएन ।

नासाका अनुसार अब यो क्षुद्रगह जनवरी १८ मा फेरि पृथ्वीको नजिकबाट जानेछ । अहिलेसम्मको सबैभन्दा ठूलो क्षुद्रग्रह ७,४८२ (१९९४ पीसी १) रहेको नासाले बताएको छ । यसको लम्बाइ करिब एक किलोमिटर अर्थात् ३,२८० फिट रहेको छ । यो पृथ्वीबाट करिब १९ दशमलव ३ लाख किलोमिटर टाढा जानेछ । तसर्थ, पृथ्वीमा कम खतरा छ । यदि, यो क्षुद्रग्रहको बाटो परिवर्तन भयो भने पृथ्वीको लागि खतरा हुन सक्छ । यद्यपि, अमेरिकी अन्तरिक्ष यसलाई खतरा घोषणा गरेका छन ।

यदि, मौसम ठीक छ र आकाश सफा छ भने जनवरी १८ मा ३ बजेर ६ मिनेटमा मा पृथ्वीबाट गुज्रिएको देख्न सकिन्छ । तपार्इं यसलाई ६ इन्चको टेलिस्कोपले देख्न सक्नुहुन्छ ।

किनकी, यसलाई खुल्ला आँखा वा दूरबिनले हेर्न गाह्रो हुन्छ । यो सन् १९९४ मा पहिलोपटक पत्ता लागेको थियो ।

८९ वर्षअघि, १९३३ १७ जनवरीमा पनि ‘एस्ट्रोरोइड ७४८२’ पृथ्वी नजिकैबाट गएको थियो । त्यतिबेला ११ लाख किलोमिटरको दूरी पार गरेको थियो ।

अब यो आउँदा सन् २१०५ जनवरीमा पृथ्वीको नजिक पुग्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी क्षुद्रग्रहलाई पृथ्वीसँग ठोकिनबाट रोक्ने प्रविधिको खोजीमा जुटेका छन् । यसका लागि अमेरिकी अन्तरिक्ष एजेन्सीले डार्ट मिसन शुरु गरेको छ ।

यसअघि, पनि नासाले यसै महिना धेरै क्षुद्रग्रहलाई पार गर्ने कुरा गरेको थियो र तिनीहरूलाई खतरनाक श्रेणीमा पनि राखिएको थियो ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested