१२ दिनपछि पृथ्वीमा फर्किएका जापानी अर्बपति भन्छन्, अन्तरिक्षमा पिसाब फेर्न साह्रै सजिलो




१२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन् । मेजावासँगै  रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन् । अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र बाथरुमको प्रयोग गरेका थिए ।

युट्युबमा आफ्ना १० लाख फलोअर्सलाई सम्बोधन गर्दै ४६ वर्षीय मेजावाले अन्तरिक्षमा दाँत कसरी माझ्ने र बाथरुममा जाने बारेमा बताएका छन् । एउटा भिडियोमा अन्तरिक्ष स्टेसनमा रहँदा आफूले शान्तिको सास फेरको बताएका छन् । 

अन्तरिक्षमा पिसाब फेर्न सहज भएको उनले बताएका छन् । ‘अन्तरिक्षमा पिसाब फेर्न निकै सजिलो छ,’ सोली आकारको एउटा भाँडोलाई देखाउँदै उनले भने । 

अर्को एउटा भिडियोमा मेजावाले चिया कसरी पिउने र जिरो गुरुत्वाकर्षणमा कसरी सुत्ने भन्ने बारेमा फलोअर्सहरुलाई  देखाएका छन् । 

अन्तरिक्षमा उनले गल्फ खेल्ने, कागजको प्लेन उडाउने, चुइगंम फुक्नेजस्ता अनौठा कार्य गर्नेछन् । अन्तरिक्षमा विभिन्न काम गर्न उनलाई १०० भन्दाबढी सुझाव दिइएको थियो ।

मेजावा आफ्नो अनौठो सोख बोकेर १२ दिनअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन प्रस्थान गरेका थिए । 

कुनै बेला एउटा रक संगीत टोलीका ड्रमर रहेका मेजावाले यसअघि यसअघि प्रेमिकाको खोजी गर्ने एउटा कार्यक्रम अन्तरिक्षमा तय गरेका थिए । तर, पछि कार्यक्रम रद्द गरेका थिए ।

मेजावा जापानका ३०औँ धनाढ्य हुन् । उनीसँग करिव दुई खर्ब अमेरिकी डलरबराबर सम्पत्ति छ । यसअघि अमेरिकी अर्बपति जेफ बेजोस र ब्रिटिशका धनाढ्य रिचार्ड ब्रान्सन अन्तरिक्ष यात्रामा गएका थिए ।

यात्राअघि मेजावालले घुमिरहेको मेचमा बस्ने, खाटमा सुत्ने र ब्याडमिन्टन खेल्ने तालिम लिएका थिए । ती सबै तालिमको भिडियो उनले आफ्नै युट्युवमा अपलोड गरेका थिए ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति
‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



...
नासाको चेतावनी : ‘जनवरी १८’ पृथ्वीमा हुनसक्छ खतरा - Mero LifeStyle Mero LifeStyle

[…] गरिँदै आएको छ । यदि, क्षुद्रग्रह पृथ्वीसँग ठोक्किए ठूलो प्रकोप हुन सक्ने […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अमेरिकाको प्रान्तीय राज्य अलाबामामा चिकित्सकहरूले वंशानुगतरूपमा परिवर्तन गरिएको सुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा

सुन, चाँदी, हीरा र मोतीका गहना लगाउन सबैलाई रहर लाग्छ । यो एकदमै महँगो पनि हुन्छ । भर्खरै यस्तो रत्नको

केप टाउन । दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र बिरालोमा पनि कोभिड-१९ देखिएको छ। कोभिड संक्रमित ती दुबै जनावारहरूमा पनि

नासाका एक वैज्ञानिकले बृहस्पति जस्तो अर्को ग्रह पत्ता लगाएका थिए । जुन एक्सोप्लानेटको पिण्ड सूर्यको बराबर छ । अमेरिकाको अन्तरिक्ष

Suggested