English

माघ्या सकरातीको पुनर्जागरण



माघे सकरातीलाई मगरहरू ‘माघ्या सकराती’ भनेर उच्चारण गर्दछन् । यो चाडलाई थारूहरू ‘माघ’ वा ‘माघी’, नेवारहरू ‘घ्यः–चाकु संल्हु’, किराँतीहरूले ‘यलम्बर संवत्’ को रूपमा मनाउने गरिएको पाइन्छ ।

माघ्या सकरातीको चाड, मगरहरूले ‘मिनाम ल्हेस’ अर्थात् नयाँ वर्षको रूपमा मनाइने गरिएको पाइन्छ । खासमा यो चाड पृथ्वीले सूर्यलाई आफ्नो कक्षमा घुम्ने क्रममा हुने प्राकृतिक गुणको आधारमा निर्धारण गरिएको हुन्छ । ब्रम्हाण्डमा सूर्यलाई पृथ्वीले परिक्रमा गर्ने क्रममा, पृथ्वीमा सूर्य उत्तरायण हुन पुग्ने समय यही माघ्या सकरातीलाई मान्ने गरिन्छ । सूर्य उत्तरायणमा हुँदा भूमध्य रेखाभन्दा उत्तर रहेका पृथ्वीका भागहरूमा न्यानोपन बढ्दै जाने, मौसमा परिवर्तन हुन जाने हुन्छ ।

यस अर्थमा यहाँका आदिवासीहरूले लामो अनुभव र अवलोकनका आधारमा आफ्नो भू–भागमा जाडोको मौसम परिवर्तन भएर न्यानो मौसम आउने, दिनहरू लामो हुँदै जाने प्राकृतिक नियमको आधारमा यो चाड निर्धारण गरिएको पाइन्छ ।

पृथ्वीको घुमाइ र सूर्यको स्थानबाट पृथ्वीमा मौसम (ऋतु) हरूको परिवर्तन हुने तथा सोही मौसमको आधारमा जीविकोपार्जनका लागि कृषि उत्पादन प्रणालीहरू रहेको कारणबाट पनि मगरहरूले प्रकृतिको पूजा गर्न पुग्दा, माघे सकराती चाड मनाउन पुगेका हुन् ।

पृथ्वीको घुमाइ र सूर्यको स्थानबाट पृथ्वीमा मौसम (ऋतु) हरूको परिवर्तन हुने तथा सोही मौसमको आधारमा जीविकोपार्जनका लागि कृषि उत्पादन प्रणालीहरू रहेको कारणबाट पनि मगरहरूले प्रकृतिको पूजा गर्न पुग्दा, माघे सकराती चाड मनाउन पुगेका हुन् । नेपाली समाजमा सूर्य उत्तरायण शुरु हुने दिनपछि आदिवासीहरूको नयाँ वर्ष (ल्होसार) को शुरुवात भएको हुन्छ र यो क्रम माघ फाल्गुनसम्म रहन्छ ।

प्राकृतिक पर्यावरणको आधारमा निर्धारण भएको माघ्या सकराती, नेपालमा भारतमा विकसित ‘विक्रम संवत्’ क्यालेन्डर प्रचलित रहेकोले वैज्ञानिकरूपमा यो चाडको तिथि मिति तलमाथि भएको चाहिँ हुन सक्दछ । यद्यपि, यसको मगरमा आफ्नै सांस्कृतिक महत्व छ ।

माघ्या सकरातीको ऐतिहासिकता

मगर समाजमा माघ्या सकराती कहिलेदेखि मनाइँदै आएको हो भन्ने कुरा निक्र्योलका साथ भन्न सकिएको छैन । दक्षिण एसियामा ऐतिहासिक कालमा लामो समयावधिसम्म उच्च जातको पुरुष (ब्राह्मण) बाहेक महिलालगायत अन्य जात, जातिहरूलाई लेखपढमा गर्न वञ्चित गरिएकोले बौद्धिक र वैज्ञानिक बहस भएन । यसले गर्दा मगरलगायत धेरै सांस्कृतिक समूहका जातिहरूले आफ्नो इतिहास लेखेर राख्न सकेनन् ।

आज पनि आदिवासीय ज्ञान, विज्ञान, गणित दर्शन, प्रविधि, परम्परागत सिर्जना तथा कलाहरू, मौखिक साहित्यहरू, परम्परागत कानुनहरू तथा समाज व्यवस्था आदिको गहिरो अध्ययन हुन सकेमा इतिहास पत्ता लाग्न सक्दछ ।


आज पनि आदिवासीय ज्ञान, विज्ञान, गणित दर्शन, प्रविधि, परम्परागत सिर्जना तथा कलाहरू, मौखिक साहित्यहरू, परम्परागत कानुनहरू तथा समाज व्यवस्था आदिको गहिरो अध्ययन हुन सकेमा इतिहास पत्ता लाग्न सक्दछ ।

अर्कोतर्फ संस्कृति साहित्यमा सुँगुर खाने जातिलाई सकारात्मकरूपमा नलिइएको आधारमा रहेको आदिम सभ्यताको नाम ‘किराँत’ भित्र मगरहरू पनि पर्ने भनी विश्वास गर्ने भएको र आजका किराँतीहरूले पनि यस दिनलाई नयाँ वर्ष अर्थात् ‘यलम्बर संवत्’ को शुरुको दिन मान्ने चलन रहेको सन्दर्भमा यो चाड किराँत कालमा नै थियो भन्न सकिन्छ ।

आज थारू, नेवार, सुनुवार, राई, लिम्बू, घले, कुमाल, भुजेल, तामाङ लगायतका थुप्रै सांस्कृतिक समुदायले यो चाडलाई नयाँ पात्रो फेरिने रूपमा मानिरहेको अवस्थामा यो चाड किराँतकालको समयदेखि नै थियो भन्न सकिन्छ ।

प्राकृतिकरूपमा यो मौसममा धान, मकै लगायतका अन्न तथा अनाजहरू, गेडागुडीहरू, भित्र्याइएको अवस्था हुन्छ । यस समयमा तरुल, गिठा, भ्याकुर, पिँडालु आदि परम्परागत खाद्य चिजहरू पनि तयार भइसकेको हुन्छ ।

प्राकृतिक पर्यावरण र संस्कृति

प्राकृतिकरूपमा यो मौसममा धान, मकै लगायतका अन्न तथा अनाजहरू, गेडागुडीहरू, भित्र्याइएको अवस्था हुन्छ । यस समयमा तरुल, गिठा, भ्याकुर, पिँडालु आदि परम्परागत खाद्य चिजहरू पनि तयार भइसकेको हुन्छ । अर्कोतर्फ यो चाड चिसो वा जाडोको मौसम सकिएको र अन्नपात, गेडागुडी, पिँडालु तरुल आदि लगाउने बेला शुरु भएको जानकारी पनि दिने भएकोले यो प्राकृतिक पर्यावरणमा आधारित चाड हो । जुन मगरलगायत अन्य आदिवासीहरूले लामो समयको अवलोकन र अभ्यासबाट यो चाड निर्माण गरे, निरन्तरता दिएका हुन् ।

हिजोको मगरलगायत आदिवासीहरूको जीवन पद्धति कृषि व्यवस्था, त्यसबाट भएको उत्पादन र त्यसैको सेरोफेरोमा रहने गरेको नेपाली अर्थतन्त्रको इतिहासबाट पत्ता लाग्दछ । संस्कृति निर्माणमा तत्कालीन समाजले विकास गरेको प्रविधि र ज्ञान, उत्पादन र त्यसको उपभोगका कुराहरू जोडिने गर्दछ ।

मगर पुर्खाहरूले ऐतिहासिक कालमा निर्माण गरेको माघ्या सकरातीमा पनि परम्परागत खानाहरू तरुल, सखरखण्ड, पिँडालु, गिठा, भ्याकुरलगायत गेडागुडीबाट बनेको बारा, बिरौंला, धानबाट सेलरोटी, अन्न तथा गेडागुडीबाट बनाइने खिचडी (खिर्चो) आदि परिकार बनाएका हुन्छन् ।

यसैगरी, मगर गाउँमा बारा बनाउँदा हात्ती, गैंडा, घोडा आदिको आकृतिमा बनाइने चलन यस माघ्या सकरातीमा मात्र पाइन्छ । अर्कोतर्फ परम्परागत जीवन झल्काउन, शिकारी युगको सम्झना गर्न धनुकाँड अर्थात् तारो हान्ने पनि गरिन्छ । यसैगरी, इतिहासमा शासक, सैनिक देखाउन ‘माघ्या सकराती’ मेला लाग्ने स्थानहरू ठेलो हान्ने लगायतका थुप्रै परम्परागत खेलकुदहरू पनि आयोजना गर्ने गरिन्छ । यसले मगर समाजको प्राकृतिक पर्यावरणको समिप्यता तथा परम्परागत उत्पादन प्रणाली र त्यसबाट विकसित भएको संस्कृति भन्ने देखाउँदछ ।

गण्डकी नदीको प्रश्रवण क्षेत्र र यसको पुर्व क्षेत्र तथा, सुर्खेत, दैलेख तिरका मगरहले यो चाडलाई पितृ–चाडको रूपमा मनाउने गर्दछन् ।

पितृपुजा र चेली पुज्ने प्रचलन

मगर माघ्या सकरातीको अर्को साँस्कृतिक विशेषता पितृपुजा र चेली पुज्ने हो । गण्डकी नदीको प्रश्रवण क्षेत्र र यसको पुर्व क्षेत्र तथा, सुर्खेत, दैलेख तिरका मगरहले यो चाडलाई पितृ–चाडको रूपमा मनाउने गर्दछन् । बाबुआमा दिवंगत भएका छोराहरूले माघ्या सकरातीको अघिल्लो दिन उपबास बसेर, सकरातीको दिन बिहानै नदी किनार वा खोला, पँधेरामा गएर पितृलाई पिन्न (श्राद्ध) दिने गर्दछन् ।

बिहानै नुवाई धुवाई गरी खोलामा एक मुठी चामल, दाल, अदुवा, तरुल, जाँड वा रक्सी, माछामासु आदी चढाउने प्रचलन हुन्छ । त्यसपछि प्रसादको रूपमा सबैले ग्रहण गर्दछन् । यस दिनमा चेलीबेटी तथा पाहुनाहरू बोलाएर भोज खुवाउने, रमाइलो गर्ने गरिन्छ ।

मगर समाजमा यो दिन पितृ पुजा गर्यो भने, अरु समयमा श्राद्ध गर्नुपर्दैन भन्ने मान्यता रहेको पाइन्छ । हुन त हिन्दु धर्मको पण्डीतहरूको प्रभाव बढ्दै गएकोले यो मान्यता विस्तारै हराउँदै गइरहेको छ । हिन्दु दशैंको सोह्र श्राद्ध, तथा तिथी हेरेर मगरहरूले पनि ब्राम्हण पण्डित बोलाएर श्राद्ध गराउने प्रचलन बढीरहेको छ । यसले मगरको मौलिक सांस्कृतिक पहिचान मासिँदै पनि गएको छ ।

अर्कोतर्फ रुकुम रोल्पा तथा दाङतिरका मगरहरूले भने यो चाड चेली पुज्ने संस्कृतिका रूपमा धुमधामका साथ पन्ध्र दिन जति मनाउने गर्दछन् । यो चाडमा उनीहले विभिन्न देवी देवताका पूजा गर्नुका साथै छोरीचेली विशेष सम्मान गर्ने गर्दछन् । यो दिनमा दाजुभाइहरूले बिहानै स्नान गरी मिश्रा (तरुल, चामल, पैसा आदि) लिएर विवाहित चेलीको घरमा जाने चलन हुन्छ ।

यसका साथै सो दिनमा छोरीचेलीहरूले टीका र झोप्ल्यानी (जमरा) द्वारा दाजुभाइ, काका, मामा र घरको धुरी खम्बा, चुल्हो र पँधेरोलाई पूजा गर्ने चलन पनि हुन्छ । यसका साथै छोरीचेलीहरूले तरुल, रक्सी लगायतका पाहुर पनि ल्याएका हुन्छन् ।

दाजुभाइले चेलीहरू पनि टीका र जमरा लगाएर उपहारहरू दिने गर्दछन् । यो चाड मनाउँदा रमाइलो गर्दै घर–घरमा मस्यान्द्रा (तिहारको जस्तो भैलो) खेल्ने गर्दछन । यसले चेली माइतीको सम्बन्धलाई प्रगाध बनाइराखेको हुन्छ । यसैगरी, डोल्पाका शहतारा र लावन गाउँका मगरहरूले यो दिन चेलीबेटी बोलाएर विविध परिकार भोजन गराउने र राँको फाल्ने प्रचलन पनि रहेको छ ।

यो चाडमा विशेष गरेर तरुल, गिठा, भ्याकुर, सखरखण्ड, पिँडालु, इस्कुसको जरा आदिको परिकार बनाउने गरिन्छ । यसले आदिम कृषि युगलाई झल्काउँदछ ।

सांस्कृतिक गतिविधि

यो चाडमा विशेष गरेर तरुल, गिठा, भ्याकुर, सखरखण्ड, पिँडालु, इस्कुसको जरा आदिको परिकार बनाउने गरिन्छ । यसले आदिम कृषि युगलाई झल्काउँदछ । यस्तै, गरी यो दिनमा अन्न र गेडागुडीहरूको मिसाएर खिचडी (खिर्चो) बनाउने, गेडागुडीबाट बारा, बिरौंला आदि पनि बनाउने गरिन्छ । यसका साथै सुँगुर, कुखुरा तथा पशुपंक्षीको वध गरेर माछामासुको पनि जोहो गरिएको हुन्छ ।

पहिला पहिला माछामाुसको व्यवस्था ‘भेजा’ वा पाठेभाइ परम्परागत संस्थाहरूबाट परिपूर्ती गरिन्थ्यो र आज बजारको सहजताले पुराना प्रचलन हराउँदै गइरहेको छ । मगरहरूले यसलाई ठूलो चाड र उत्सवको रूपमा मनाइरहेका हुन्छन् ।

यो चाडमा रुकुम रोल्पामा घरघर गएर भैलो (मस्यान्द्रा) खेल्ने र रमाइलो गर्दछन् भने तनहुँ, गोरखा, पुर्वी पाल्पा, नवलपरासी, चितवनतिर ‘माघ्या सकराती’बाट विधिवत् रूपमा ‘कौरहा’ गीतिनाचको शुरुवात हुन्छ । यो समयमा गण्डक क्षेत्रमा मेला लाग्ने हुँदा मगरहरूले सो स्थानमा गएर झाम्रे, कौरहा, सालैज्यू, ‘यानीमाया’ ‘सुनिमाया’ आदि परम्परागत भाकाहरूमा रमाइरहेका हुन्छन् ।

बाग्लुङ, म्याग्दी, पर्वत, गुल्मी आदि ठाउँहरूमा सकरातीको दिन धनुकाँडको परम्परागत खेल ‘तारो हान्ने’ खेल शुरु हुन्छ र तेस्रो दिन तारो ढाल्ने कार्यक्रम पनि हुन्छ ।

ती मेलाहरूमा विभिन्न खेलकुदको आयोजना गरेर पनि रमाइलो गर्ने गरिन्छ । बाग्लुङ, म्याग्दी, पर्वत, गुल्मी आदि ठाउँहरूमा सकरातीको दिन धनुकाँडको परम्परागत खेल ‘तारो हान्ने’ खेल शुरु हुन्छ र तेस्रो दिन तारो ढाल्ने कार्यक्रम पनि हुन्छ । यसैगरी निसी भल्कोटमा माघ्या सकरातीको तेस्रो दिन ‘पुतली नाच’ पनि नचाइन्छ र निसीमा ‘काइपा नाच’ नचाइन्छ यसलाई ‘फागु’ वा ‘भुसानिन्या’ नाच पनि भनेर बुझिन्छ । अर्कोतर्फ मगरहरूले यो दिनलाई ‘उभौली’ (उभेली) ऋतुको थालनी, नयाँ वर्ष (मिनाम ल्हेस)को रूपमा मनाउने गरिएको पाइन्छ ।

अन्त्यमा

प्राकृतिक पर्यावरण, पृथ्वीमा सूर्यको प्रभावलाई आधार मानेर पुर्खाहरूद्वारा विकास गरिएको माघ्या सकराती मगरलगायत धेरै आदिवासीहरूले परम्परागत तरिकाबाट मनाउँदछन् । पछिल्लो समयमा गाउँबाट शहरमा बसाइ सरेका, नेपाल एकीकरणको समय वा सोभन्दा अघिदेखि राजधानीमा बसेका मगरहरूले पनि जातीय पहिचानको चेतसँगै माघे सकराती मनाउन थालेका छन् ।

काठमाडौंकमा विविध कार्यक्रम गरेर सामूहिकरूपमा भने, घर–घरमा पाहुनापाछा बोलाएर यो चाड मनाउने गरिएको छ । यो चाडको पुनर्जागरण भएको छ । यो चाड प्राकृतिक पर्यावरण तथा मौसम (ऋतु) हरूमा आधारित भएर निर्माण भएको चाडले, मौसम, दिन लामोछोटो हुने प्रकृति, कृषि प्रणाली र उत्पादन चक्र आदिका साथै प्रकृतिसँग रमेर दिगो विकास गर्न सिकाउँदछ ।

यो मगर लगायतका आदिवासीहरूले निर्माण गरेको मानव सभ्यताको एक सभ्यता हो । नेपाल राज्यको एक अभौतिक सम्पत्ति हो । यसलाई जोगाउँदै यसको वैज्ञानिक पक्षको खोजी र विश्लेषण गर्दै निरन्तर विकास गर्नु पनि हामी सबैको कर्तव्य हो ।

यसले अन्धविश्वास होइन विज्ञान सिकाउँदछ । अनि यसले आफन्तहरू, नातेदार तथा छरछिमेकीहरूसँग भेटघाट गराएर भाइचाराको सम्बन्ध पनि विकास गरेको हुन्छ । यो मगर लगायतका आदिवासीहरूले निर्माण गरेको मानव सभ्यताको एक सभ्यता हो । नेपाल राज्यको एक अभौतिक सम्पत्ति हो । यसलाई जोगाउँदै यसको वैज्ञानिक पक्षको खोजी र विश्लेषण गर्दै निरन्तर विकास गर्नु पनि हामी सबैको कर्तव्य हो ।

यो पनि…
थारूबस्तीमा माघीको रौनक : महिलाको व्यस्तता बढ्यो
यस कारण मनाइन्छ तमु ल्होसार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली