English

चीनले बनायो सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्य



चीनले ‘कृत्रिम सूर्य’ को सफल परीक्षण गरेको छ । भविष्यमा स्वच्छ उर्जाका लागि मार्ग प्रशस्त गर्न भन्दै उसले कृत्रिम सूर्यको परीक्षण गरेको हो । एक्सपेरियन्सल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामाक (इएएसटी) नाम दिइएको परीक्षणलाई बेइजिङले पारमाणविक फ्युजन भट्टी भनेको छ । ७ करोड डिग्री सेल्सियस ताप भएको सो भट्टीलाई १७ मिनेटभन्दा बढी समय सञ्चालनमा ल्याइएको थियो ।

पछिल्लो परीक्षणले वैज्ञानिकहरुलाई ‘असिमित स्वच्छ उर्जा’ तर्फ अघि बढेको विज्ञहरुले बताएका छन् । साउद चाइन मर्निङ पोस्टको एउटा रिपोर्टअनुसार कृत्रिम सूर्यको तापक्रम ७ करोड डिग्री सेल्सियस थियो । त्यो भनेको वास्तविक सूर्यभन्दा पाँच गुणा तातो हो । कृत्रिम सूर्यको यो तापक्रम १७ मिनेट ३६ सेकेन्डसम्म रहेको थियो ।

हाइड्रोजन र डियुटेरियमलाई उमालेर प्लाज्मा बनाइ सो भट्टीको तापक्रम सूर्यको भन्दा पाँच गुणा बढी बनाइएको थियो ।

कृत्रिम सूर्य चलाउन जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज उत्सर्जन नगर्ने भएकाले यसलाई भौतिकशास्त्रीहरूले वातावरणमैत्री मान्दै आएका छन् ।

यो पनि पढ्नुहोस्:
आनन्द के हो ? कसरी प्राप्त हुन्छ ?
खानेकुरा कसरी खाने ? यी हुन् सही तरिका
जसले १०० शवसँग यौन सम्पर्क गरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,