English

आफ्नै खर्चमा कराँते खेल्न बंगलादेश पुगेका खेलाडीले ल्याए दुई स्वर्ण



बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण कराँते प्रतियोगितामा कर्णाली प्रदेशका खेलाडीले दुई स्वर्णपदक जितेका छन् । बंगलादेश गोजुरियो कराँते डो संघको आयोजनामा २६ देखि २९ डिसेम्बरसम्म चलेको बि.जी.क अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा सहभागी कर्णालीका खेलाडीले दुई स्वर्ण र दुई कांस्यपदक जितेका हुन् ।

प्रतियोगितामा सुर्खेतका प्रकाश खड्काले एकल कातामा स्वर्ण र ७५ केजी कुमुतेमा काँस्य पदक जितेका थिए । यस्तै, दैलेखका हिक्मत रोका मगरले ६५ केजी. कुमुतेमा एक स्वर्ण र सुर्खेतका सन्दीप महतले ७० केजी. कुमुतेमा काँस्य पदक जितेका थिए ।

निजी खर्चमा बंगलादेश पुगेका सुर्खेतका दुई र दैलेखका एक खेलाडीले पदक जितेर फर्केको जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ । जिल्ला गोजुरियो कराँते संघ सुर्खेतले बुधबार विजेता खेलाडीहरूलाई सम्मान गरेको छ । सो अवसरमा सरोकारवाला निकायसँग कर्णालीका खेलाडीको उनीहरूको खर्चसहितका विषयमा ध्यानाकर्षण गराइने खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले बताए ।

नेपाल कराँते महासंघ कर्णाली प्रदेशका टेक्निकल कमिटीका अध्यक्ष प्रदीपकुमार राईले आफ्नै खर्चबाट पदक जितेर राष्ट्रको शान र कर्णालीको गौरव बढाएकोमा खेलाडीलाई बधाई दिँदै यसमा प्रदेश सरकार पनि जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

यो पनि…
ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक

‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested