English

नेपाल सितेरियो टोलीलाई बंगलादेशमा चार स्वर्ण



बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप–२०२१ मा नेपाल सितेरियो करातेले चार स्वर्ण पदक हात पारेको छ । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बसप संघको आयोजनामा भएको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् ।

लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी छिन् । यस्तै, पासाङ्ग तामाङ्गले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार ग्याल्मो सोमिका लामाले पनि स्वर्ण प्राप्त गरेकी छिन् । उनले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी हुन्।

नेपाली टोलीले दुई रजत र पाँच काँस्य पदक पनि जोडेको छ । पासाङ्ग तामाङले ७० केजीमा र राजदेव बमजन ६५ केजीमा रजत पदक पाएका हुन् । दुवैले कुमितेतर्फ पदक प्राप्त गरेका हुन् । यसैगरी काँस्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुल्लातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमङ्ग बुढाथोकी १४ बर्षमुनि उमेर समूह रहेका छन् ।

च्याम्पियनसिपमा छत्रबहादुर आले मगर, रामचन्द्र गुरुङ्ग, नारायण श्रेष्ठ, प्रकाश तामाङ लामा, मिङ्मा तामाङ र गणेशलाल श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । बंगलादेश गएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेले बिदाई गरेका थिए ।



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested