English

‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो ।

पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौंपटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल गरेका हुन् । शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध ५–०को जित निकाल्ने क्रममा दिनेशले १००औं गोल पूरा गरे ।

जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।

जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।

यस सिजनको लिगमा पहिलो गोल संकटाका लक्ष्मण रुचालले गरेका थिए । जुन गोल दोस्रो खेलमा सम्भव भएको थियो । यस्तै संकटाका अर्का डिफेन्डर निरज बस्नेतले ५०औं गोल गरेका थिए ।

जारी सिंगल राउन्ड रोबिनको लिगको पहिलो चरणमा १६ गोल भएको थियो । यस्तै दोस्रो चरणमा सात गोल हुँदा तेस्रो चरणमा १८ गोल भयो । चौथो चरणमा नौ गोल मात्रै हुँदा पाँचौ चरणमा १५ गोल भएको थियो भने छैटौं चरणमा १६ गोल भएका थिए । यस्तै सातौ चरणमा १३ गोल भए । जारी आठौं चरणमा भने नौ गोल भएका छन् । दुई खेल अझै बाँकी छन् ।

यसपटक ‘गोल्डेन बुट’को दौडमा दुई खेलाडी देखिएका छन् । मछिन्द्र फुटबल क्लबका सुनिल बल र मनाङका आफिज ओलावालेले समान पाँच गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थान ओगटेका छन् ।

यस्तै संकटा क्लबका अजयी मार्टिन्स र एपीएफ फुटबल क्लबका आशीष लामाले उनीहरूलाई पछ्याउने क्रममा समान चार गोल गरेका छन् । जारी लिगमा मनाङ र संकटाका विदेशी खेलाडी मार्टिन्स र ओलावा दुवैले एक एक ह्याट्रिक गर्न सफल भए ।

संकटाका निरज बस्नेत र उत्तम राई, मनाङका अन्जन बिष्ट र दिनेश राजवंशी, नेपाल पुलिसका सुमन लामा, हिमालयन शेर्पाका मुतम्बा पिस्टेन, च्यासलका रुमेश बर्तौला, जावलाखेलका निकोलास फर्नाण्डेज र एनआरटीका मेसोउके ओलोमोउले समान तीन-तीन गोल गरेका छन् । तीन गोल गर्ने खेलाडी नौजना छन् ।

जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप–२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ ।

दुई गोल गर्ने खेलाडी ११ जना छन् भने एक गोल गर्ने खेलाडीको संख्या ३२ छ । आत्माघाति गोल गर्नेमा तीन खेलाडी छन् ।

जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप–२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । उसलाई पछ्याउने क्रममा मनाङ दोस्रो स्थानमा छ ।

यो पनि…
मेसीलाई कोरोना संक्रमण
नेपाल सितेरियो टोलीलाई बंगलादेशमा चार स्वर्ण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट

मंसिर २८, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका तीन उत्कृष्ट खेलाडीलाई गोल्छा ग्रुपले पल्सर मोटरसाइकल प्रदान गरेको छ। ‘टु

Latest










Popular
Suggested