English

‘ए’ डिभिजन लिगले पूरा गर्यो १०० गोल



अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एक सय गोल पूरा भएको छ । ३ मंसिरबाट सुरु भएको लिगको आठौं चरणको खेल जारी रहँदा एक सय गोल पूरा भएको हो ।

पहिलोपटक मोफसलमा जारी शीर्ष डिभिजनको लिगमा कीर्तिमानी आठौंपटक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबका डिफेन्डर दिनेश राजवंशीले एक सय गोल गरेका हुन् । शनिबार पोखरा रंगशालामा च्यासल युथविरुद्ध ५–०को जित निकाल्ने क्रममा दिनेशले १००औं गोल पूरा गरे ।

जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।

जारी शीर्ष डिभिजनको लिगमा १०३ गोल पूरा भइसकेका छन् । शनिबार अपरान्ह एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको खेलमा दिनेश हेन्जनले गरेको गोल १०३ गोल हो ।

यस सिजनको लिगमा पहिलो गोल संकटाका लक्ष्मण रुचालले गरेका थिए । जुन गोल दोस्रो खेलमा सम्भव भएको थियो । यस्तै संकटाका अर्का डिफेन्डर निरज बस्नेतले ५०औं गोल गरेका थिए ।

जारी सिंगल राउन्ड रोबिनको लिगको पहिलो चरणमा १६ गोल भएको थियो । यस्तै दोस्रो चरणमा सात गोल हुँदा तेस्रो चरणमा १८ गोल भयो । चौथो चरणमा नौ गोल मात्रै हुँदा पाँचौ चरणमा १५ गोल भएको थियो भने छैटौं चरणमा १६ गोल भएका थिए । यस्तै सातौ चरणमा १३ गोल भए । जारी आठौं चरणमा भने नौ गोल भएका छन् । दुई खेल अझै बाँकी छन् ।

यसपटक ‘गोल्डेन बुट’को दौडमा दुई खेलाडी देखिएका छन् । मछिन्द्र फुटबल क्लबका सुनिल बल र मनाङका आफिज ओलावालेले समान पाँच गोल गर्दै उच्च गोलकर्ताको शीर्षस्थान ओगटेका छन् ।

यस्तै संकटा क्लबका अजयी मार्टिन्स र एपीएफ फुटबल क्लबका आशीष लामाले उनीहरूलाई पछ्याउने क्रममा समान चार गोल गरेका छन् । जारी लिगमा मनाङ र संकटाका विदेशी खेलाडी मार्टिन्स र ओलावा दुवैले एक एक ह्याट्रिक गर्न सफल भए ।

संकटाका निरज बस्नेत र उत्तम राई, मनाङका अन्जन बिष्ट र दिनेश राजवंशी, नेपाल पुलिसका सुमन लामा, हिमालयन शेर्पाका मुतम्बा पिस्टेन, च्यासलका रुमेश बर्तौला, जावलाखेलका निकोलास फर्नाण्डेज र एनआरटीका मेसोउके ओलोमोउले समान तीन-तीन गोल गरेका छन् । तीन गोल गर्ने खेलाडी नौजना छन् ।

जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप–२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ ।

दुई गोल गर्ने खेलाडी ११ जना छन् भने एक गोल गर्ने खेलाडीको संख्या ३२ छ । आत्माघाति गोल गर्नेमा तीन खेलाडी छन् ।

जारी लिगमा सातौ चरणमै नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप–२०२२ छनोटमा स्थान बनाएको मछिन्द्र फुटबल क्लब शीर्षस्थानमा छ । उसलाई पछ्याउने क्रममा मनाङ दोस्रो स्थानमा छ ।

यो पनि…
मेसीलाई कोरोना संक्रमण
नेपाल सितेरियो टोलीलाई बंगलादेशमा चार स्वर्ण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का