English

मेसीलाई कोरोना संक्रमण




फ्रेञ्च क्लब पीएसजीका फरवार्ड लिओनल मेसीलाई कोरोना भाइरसको संक्रमण भएको छ। पछिल्लोपटक गरिएको परीक्षणमा मेसीसहित पीएसजीका चार खेलाडीलाई संक्रमण पुष्टि भएको हो । अर्जेन्टाइन फरवार्ड मेसीसहित डिफेन्डरहरू जुवान बर्नट, नाथान बिटुमाजाला र गोलकिपर सर्जियो रिकोलाई कोरोना भएको हो ।

फ्रेञ्च कपअन्तर्गत चौथो श्रेणीको क्लब भानेसविरूद्धको खेलअघि खेलाडीहरूलाई कोरोना भएको हो । कोरोना पुष्टि भएका खेलाडी आइसोलेसनमा बसेको क्लबले जनाएको छ। पीएसजीले सन् २०२२ को पहिलो लिग खेल लियोनसँग ९ जनवरीमा खेल्दै छ।

लिग खेल नेइमारले गुमाउने यसअघि नै पक्का भइसकेको छ। उनी ब्राजिलमा अभ्यास गर्ने क्रममा घाइते भएका थिए । उनी मैदान फर्कन तीन साता पनि लाग्ने बताइएको छ।

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
‘खेती सुरु गर्दा बौलायो भने, अहिले आम्दानी देख्दा लोभ्याउँछन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

बुटवल, २ अक्टोबर २०२६ – टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि सञ्चालन

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

Latest










Popular
Suggested