English

मनाङमा पर्यटक भित्राउने तयारी



लामो समयदेखि कोभिड–१९ सङ्क्रमणका कारण पर्यटन व्यवसाय पूर्णरुपमा ठप्प छ । यसलाई चलायमान बनाउने उद्देश्यले प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने नेतृत्वको टोलीले अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गको अनुगमन गरिएको छ । बाढीपहिराले पदमार्गमा क्षति पु¥याएको अवस्थाबारे अध्ययन गरी यसको मर्मतसम्भारका लागि सहयोग पु¥याउने उद्देश्यले सो क्षेत्रको अनुगमन तथा अवलोकन गरिएको प्रजिअ लामिछानेले बताउँछन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण हुँदै गएपछि पर्यटक आउने सम्भाव्यतालाई मध्यनजर गरी पदमार्ग खुलाउन अनुगमन गरिएको उनले बताए।

प्रजिअ लामिछानेसहित जिल्लाका सुरक्षा निकाय, अन्नपूर्ण संरक्षण क्षेत्र ९ एक्याप, नेपाल पत्रकार महासङ्घलगायत टोलीले पदमार्गको अनुगमन गरेको छ । अनुगमनका क्रममा पदमार्गअन्तर्गत केही स्थानमा बाढीपहिराले क्षति पु¥याएको पाइएको उनले बताए ।

“पर्यटक भित्रिने अनुकूल मौसम हो । कोभिड न्यूनीकरण हुँदै जानु र मौसम अनुकूलताले पर्यटक आउने भएकाले पदमार्ग अनुगमन गरी मर्मतसम्भार गरिनेछ । अब पर्यटक भित्र्याउन हामी तयार छौँ”, उनले भने , “जिल्लामा पर्यटक भित्रिँदै गर्दा सहज बनाउने कार्यमा जोड दिनु हाम्रो दायित्व हो ।”

पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मि० जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए। उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहरमैला व्यवस्थापन र खुलादिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ ।

पर्यटकका लागि विशेष गरी सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल ९४९१९ मि० जाने बाटो मर्मत तथा पुनर्निर्माण गरिएको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष छिनी दोर्जे गुरुङले बताए। उनका अनुसार नेपालकै उच्च स्थानमा भएको तिलिचो ताल जाने बाटोको फोहरमैला व्यवस्थापन र खुलादिसामुक्त क्षेत्र बनाउने उद्देश्यले विभिन्न स्थानमा सार्वजनिक शौचालयले निर्माण गरिएको छ ।

जिल्लामा थलिएको पर्यटन व्यवसाय सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी लामिछानेको टोली सक्रियता देखाएकोप्रति अन्नपूर्ण बेसक्याम्पका व्यवसायी डम्बर गुरुङ, कर्मा ढेण्डु गुरुङलगायत पर्यटन व्यवसायी हर्षित भएका छन् । पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउनेक्रम सुरु भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए। “अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । दुई वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ”, अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने।

पर्यटन व्यवसायलाई चलायमान बनाउन सकिने र केही पर्यटक आउनेक्रम सुरु भइसकेको पर्यटन व्यवसायी डम्बर गुरुङले बताए। “अनुकूल मौसममा प्रशासनले चासो दिनुले हामी पर्यटन व्यवसायीलाई सहयोग पुग्छ । दुई वर्षदेखि थलिएको व्यवसाय चलायमान हुनुका साथै जिल्लाका आयआर्जन पनि वृद्धि हुनेछ”, अर्का व्यवसायी कर्मा ढेण्डु गुरुङले भने।

पदमार्गअन्तर्गत तलेखु–भ्राताङ भिरमा मानिस हिँड्न मिल्ने बाटो निर्माण भइसकेको छ भने सवारी आवागमनका लागि भिर फोडेर सडक निर्माणको काम भइरहेको प्रजिअ लामिछानेले बताए । “भ्राताङ भिरमा पैदल हिँड्न मुस्किल छैन । सवारीसाधन चलाउन सकिएको छैन । तर, माथिल्लो मनाङको सडकमा खासै समस्या छैन । अब हामी पर्यटक भित्र्याउन सक्नेछौँ र तयारी पनि गरिरहेका छौँ”, उनले भने ।

तल्लो मनाङको विभिन्न भागमा सडक निर्माणको काम भइरहेको छ । खोत्रोसम्म सवारी चलेको छ भने चामे गाउँपालिका र माथिल्लो मनाङमा सीमित रहेर सवारी चलिसकेको छ । माथिल्लो मनाङबाट खाङ्सारसम्म भने सवारी चलिरहेको छ । बेँसीशहर–चामे सडकखण्ड नेपालीको ठूलो पर्व बडादसैँसम्म सञ्चालन गर्ने तयारीमा छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested