English

ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक



काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कांस्य पदक जितेकी छन् ।

दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि, गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् । तर, यसपटक भारतीय खेलाडीहरूसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।

उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न सकिनन् ।

नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले यसपटक भारतका धावकहरु राम्रो रहेको बताए ।

भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३४ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितेकी थिइन् ।

यो पनि…
मेसीलाई कोरोना संक्रमण
नेपाल सितेरियो टोलीलाई बंगलादेशमा चार स्वर्ण



सम्बन्धित खबरहरु

काठमाडौं : संस्कृति इन्टरनेशनल स्कुलको वार्षिक स्पोर्ट्स डे को अवसरमा आयोजित विशेष समारोहमा संस्कृति स्पोर्ट्स सम्मानद्वारा राष्ट्रिय क्रिकेटका युवा खेलाडी

काठमाडौं, मंसिर २ :नेपालले पहिलोपटक एशियन डजबल च्याम्पियनसिपमा सहभागी हुँदै इतिहास रचेको छ । मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

Latest










Popular
Suggested