English

ढाका म्याराथनमा नेपालकी पुष्पाले जितिन् कास्य पदक



काठमाडौं । बंगलादेशमा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा नेपाली धावक पुष्पा भण्डारीले कांस्य पदक जितेकी छन् ।

दक्षिण एसियाली क्याटेगोरीतर्फ पुष्पा तेस्रो भएकी हुन् । यसअघि, गत वर्ष पुष्पाले यही क्याटेगोरीमा स्वर्ण जितेकी थिइन् । तर, यसपटक भारतीय खेलाडीहरूसँग पछि पर्दै पुष्पा तेस्रो भइन् । पुष्पाले निर्धारित दूरी २ घण्टा ५५ मिनेट ३५ सेकेण्डमा पूरा गरिन् ।

उनले गत वर्ष निर्धारित दूरी २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गरेकी थिइन् । पुष्पाले टाइमिङ सुधार गरे पनि स्वर्ण रक्षा गर्न सकिनन् ।

नेपाली टिमका प्रशिक्षक चन्द्र गुरुङले यसपटक भारतका धावकहरु राम्रो रहेको बताए ।

भारतकी आरती दत्तात्रय पाटिलले २ घण्टा ५३४ मिनेट २८ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् भने भारतकै ज्योती गवाटेले २ घण्टा ५४ मिनेट १५ सेकेण्डमा दूरी पूरा गर्दै रजत जितेकी थिइन् ।

यो पनि…
मेसीलाई कोरोना संक्रमण
नेपाल सितेरियो टोलीलाई बंगलादेशमा चार स्वर्ण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested