English

दोस्रो विश्वयुद्धमा हराएको सेनाको चिठ्ठी अहिले पुग्यो घरमा, यस्तो लेखिएको थियो चिठ्ठीमा



दोस्रो विश्व युद्धताका सेनाले लेखेको चिठ्ठी ७६ वर्षपछि मासाचुसेट्समा उनकै घरमा पुगेको छ । त्यतिबेला जर्मनीबाट पठाइएको यो चिठ्ठी पठाउँदा अमेरिकी सेना जोन गोनसाल्भ्स २२ वर्षका थिए । उनले वोबर्नस्थित आफ्नी आमालाई सन् १९४५ डिसेम्बरमा पत्र लेखेका थिए । त्यतिबेला दोस्रो विश्वयुद्धको आधिकारिक समाप्तिको घोषणा गरिसकिएको थियो ।

उक्त पत्र ७५ वर्षभन्दा बढी समयदेखि नखोलिएको अवस्थामा रह्यो । यो पत्र पिटर्सबर्गस्थित युएस पोस्टल सर्भिस डिस्ट्रिब्यूसन फ्यासिलिटीले प्राप्त गर्यो ।

‘प्रिय आमा, आज तपाईंले पठाउनु भएको अर्को पत्र पाएँ । सबैकुरा राम्रो छ भन्ने थाहा पाएर खुसी लाग्यो,’ उक्त पत्रमा लेखिएको छ । ‘मेरो कुरा गर्नुपर्दा, यहाँ सबै ठिकै छ । तर खानाको कुरा गर्ने हो भने धेरैजसो राम्रो खाना नै पाइँदैन ।’

उनले अन्तिममा पत्रमा हस्ताक्षर गर्दै लेखेका छन्, ‘लभ एन्ड किसेस, तपाईंको छोरा जोनी । तपाईंलाई छिट्टै भेट्नेछु, आशा छ ।’

गोन्साल्भ्सको सन् २०१५ मा निधन भइसकेको छ । उनकी आमा पनि निधन भइसकेको छ । तर, युएसपीएसले उनकी विधवा श्रीमती, एन्जेलिनाको ठेगाना पाएर एन्जेलिनालाई उक्त पत्र पठाएका थिए ।

दशकौँ पुरानो पत्रसहित युएसपीएसका कर्मचारी आफैंले पनि एउटा पत्र लेख्दै भनेका छन्, ‘सात दशक अघि यो चिठ्ठी कहाँ थियो भन्ने विषयमा हामी अनिश्चित छौँ । तर हाम्रोमा यो झण्डै ६ साता अघि आइपुगेको छ । तपाईंको पारिवारिक इतिहाका लागि यो चिठ्ठी औचित्यपूर्ण छ । यो चिठ्ठी पु-याउनु हाम्रा लागि सबैभन्दा महत्वको विषय भएको छ ।’

जोनको परिवारले उक्त पत्र पाएपछि उनीहरुले युएसपीएसलाई फोन गरेर धन्यवाद दिए ।

‘एकचोटी सोच्नुहोस् त, ७६ वर्ष ! ’ एन्जेलिना गोन्साल्भेसले भनिन् । ‘मलाई यसलाई रत्तिभर पनि विश्वास लागिरहेको छैन । उनको हस्तलिखित पत्र र यो सबै । यो निकै अद्भूत हो ।’

एन्जेलिनाले अर्को एउटा बिदा आफ्ना श्रीमानबिना बिताइन् । तर तपाईंलाई थाहा छ, उनी यसवर्ष म भए ठाउँ आए जस्तै लाग्यो ’ उनले भनिन् ।

यो पनि

आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी

इतिहासमा आज : बृहस्पतिलाई घुम्ने नयाँ तारा फेलादेखि फ्रान्सको व्यंग्य पत्रिकामा हमलाइतिहासमा आज : बृहस्पतिलाई घुम्ने नयाँ तारा फेलादेखि फ्रान्सको व्यंग्य पत्रिकामा हमला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,