English

दोस्रो विश्वयुद्धमा हराएको सेनाको चिठ्ठी अहिले पुग्यो घरमा, यस्तो लेखिएको थियो चिठ्ठीमा



दोस्रो विश्व युद्धताका सेनाले लेखेको चिठ्ठी ७६ वर्षपछि मासाचुसेट्समा उनकै घरमा पुगेको छ । त्यतिबेला जर्मनीबाट पठाइएको यो चिठ्ठी पठाउँदा अमेरिकी सेना जोन गोनसाल्भ्स २२ वर्षका थिए । उनले वोबर्नस्थित आफ्नी आमालाई सन् १९४५ डिसेम्बरमा पत्र लेखेका थिए । त्यतिबेला दोस्रो विश्वयुद्धको आधिकारिक समाप्तिको घोषणा गरिसकिएको थियो ।

उक्त पत्र ७५ वर्षभन्दा बढी समयदेखि नखोलिएको अवस्थामा रह्यो । यो पत्र पिटर्सबर्गस्थित युएस पोस्टल सर्भिस डिस्ट्रिब्यूसन फ्यासिलिटीले प्राप्त गर्यो ।

‘प्रिय आमा, आज तपाईंले पठाउनु भएको अर्को पत्र पाएँ । सबैकुरा राम्रो छ भन्ने थाहा पाएर खुसी लाग्यो,’ उक्त पत्रमा लेखिएको छ । ‘मेरो कुरा गर्नुपर्दा, यहाँ सबै ठिकै छ । तर खानाको कुरा गर्ने हो भने धेरैजसो राम्रो खाना नै पाइँदैन ।’

उनले अन्तिममा पत्रमा हस्ताक्षर गर्दै लेखेका छन्, ‘लभ एन्ड किसेस, तपाईंको छोरा जोनी । तपाईंलाई छिट्टै भेट्नेछु, आशा छ ।’

गोन्साल्भ्सको सन् २०१५ मा निधन भइसकेको छ । उनकी आमा पनि निधन भइसकेको छ । तर, युएसपीएसले उनकी विधवा श्रीमती, एन्जेलिनाको ठेगाना पाएर एन्जेलिनालाई उक्त पत्र पठाएका थिए ।

दशकौँ पुरानो पत्रसहित युएसपीएसका कर्मचारी आफैंले पनि एउटा पत्र लेख्दै भनेका छन्, ‘सात दशक अघि यो चिठ्ठी कहाँ थियो भन्ने विषयमा हामी अनिश्चित छौँ । तर हाम्रोमा यो झण्डै ६ साता अघि आइपुगेको छ । तपाईंको पारिवारिक इतिहाका लागि यो चिठ्ठी औचित्यपूर्ण छ । यो चिठ्ठी पु-याउनु हाम्रा लागि सबैभन्दा महत्वको विषय भएको छ ।’

जोनको परिवारले उक्त पत्र पाएपछि उनीहरुले युएसपीएसलाई फोन गरेर धन्यवाद दिए ।

‘एकचोटी सोच्नुहोस् त, ७६ वर्ष ! ’ एन्जेलिना गोन्साल्भेसले भनिन् । ‘मलाई यसलाई रत्तिभर पनि विश्वास लागिरहेको छैन । उनको हस्तलिखित पत्र र यो सबै । यो निकै अद्भूत हो ।’

एन्जेलिनाले अर्को एउटा बिदा आफ्ना श्रीमानबिना बिताइन् । तर तपाईंलाई थाहा छ, उनी यसवर्ष म भए ठाउँ आए जस्तै लाग्यो ’ उनले भनिन् ।

यो पनि

आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी

इतिहासमा आज : बृहस्पतिलाई घुम्ने नयाँ तारा फेलादेखि फ्रान्सको व्यंग्य पत्रिकामा हमलाइतिहासमा आज : बृहस्पतिलाई घुम्ने नयाँ तारा फेलादेखि फ्रान्सको व्यंग्य पत्रिकामा हमला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested