आज पनि घट्यो सुनचाँदीको मूल्य



नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपियाँ कायम भएकोमा शुक्रबार ७०० रुपियाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपियाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१हजार १०० रुपियाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८हजार १०५ रुपियाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपियाँले घटेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपियाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार २३५ रुपियाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपियाँ कायम भएको महसंघले जनाएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले

काठमाडौं मै एक व्यक्तिले श्रीमतीको नाममा उद्योग दर्ता गरी खान अयोग्य (गुणस्तरहीन मह) बनाएर बिक्री गर्ने गरेको खुलेको छ। ती

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ। टेन्डर प्रक्रियामा

नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि बिहीबार

Suggested