English

वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार



पुस तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो । 

नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार पुस तेस्रो साता (१० गतेदेखि १६ गते) सम्ममा वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । 

पुस पहिलो साता दुई अर्ब रुपैयाँले वृद्धि भएको निक्षेप दोस्रो सातामा चार अर्ब रुपैयाँले घटेको थियो । 

वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धि भए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । नेपाली मुद्राको निक्षेप २० अर्बले वृद्धि हुँदा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको छ । 

यसैगरी पुस तेस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । 

निक्षेप वृद्धि भएपछि बैंकहरूको कर्जा-निक्षेप (सिडी रेसियो) अनुपातमा सुधार आएको छ । गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९०.५४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested