English

वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार



पुस तेस्रो साता वाणिज्य बैंकहरूमा १४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । दसैं-तिहारमा बैंकिङ प्रणालीबाट बाहिरिएको पैसा प्रणालीमै फर्किन थालेपछि बैंकहरूको निक्षेप बढेको हो । 

नेपाल बैंकर्स संघले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार पुस तेस्रो साता (१० गतेदेखि १६ गते) सम्ममा वाणिज्य बैंकहरूको निक्षेप १४ अर्ब रुपैयाँ वृद्धि भई ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । 

पुस पहिलो साता दुई अर्ब रुपैयाँले वृद्धि भएको निक्षेप दोस्रो सातामा चार अर्ब रुपैयाँले घटेको थियो । 

वाणिज्य बैंकहरूको कुल निक्षेप वृद्धि भए पनि विदेशी मुद्राको निक्षेप भने घटेको छ । नेपाली मुद्राको निक्षेप २० अर्बले वृद्धि हुँदा विदेशी मुद्राको निक्षेप ६ अर्बले घटेको छ । 

यसैगरी पुस तेस्रो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । यस अवधिसम्ममा वाणिज्य बैंकहरूको कर्जा ४० खर्ब ९९ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जनाएको छ । 

निक्षेप वृद्धि भएपछि बैंकहरूको कर्जा-निक्षेप (सिडी रेसियो) अनुपातमा सुधार आएको छ । गत शुक्रबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको औसत सिडी रेसियो ९०.५४ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

Latest










Popular
Suggested