English

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, यस्तो छ बजार भाउ



नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपियाँ कायम भएकोमा बिहीबार ५०० रुपियाँले घटेर प्रतितोला ९२ हजार ३०० रुपियाँ कायम भएको हो । बिहीबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार १३५ रुपियाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ८०० रुपियाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ७०५ रुपियाँ कायम भएको महसंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपियाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपियाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २६० रुपियाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५९ रुपियाँ कायम भएको महसंघले जनाएको छ ।

यो पनि
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



सम्बन्धित खबरहरु

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating”

काठमाडौं, कात्तिक ३० — एक्टिभ उमन अफ नेपाल (AWON) द्वारा आयोजना गरिएको विशेष बजार हिजो द सोल्टी होटल अटोग्राफ कलेक्सनमा

Latest










Popular
Suggested