मिचिएको भूमि अध्ययन गर्न नौ लाख खर्च, अध्ययन टोली भने पिल्लरमा नपुगी फर्कियो



चीनले हुम्लास्थित नेपाली भूमि अतिक्रमण गरेकोमा छानबिन गर्न गठित समितिलाई नौ लाख रुपैयाँ निकासा गरेको खुलेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा गठित समितिलाई लिमी लाप्चासम्मको भूमिबारे अध्ययन गर्नका लागि नौ लाख रुपैयाँ निकास गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

सहसचिव आचार्य नेतृत्वको उक्त टोलीले नेपाल–चीन सीमा स्तम्भ नम्बर १२ नजिकैको लिमी लाप्चा क्षेत्रको भ्रमण गरे पनि मौसम प्रतिकुलता भन्दै ११ नम्बर पिलरमा भने नगई काठमाडौं फर्किएको थियो ।

मुख्यतः कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हुम्लामा चिनियाँ पक्षले भूमि मिचेको भन्दै सार्वजनिक गरेपछि त्यसमा चासो व्यक्त भएको थियो । जसकारण शेरबहादुर देउवा नेतृत्वको सरकारले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी नेपाल सरकारलाई प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सीमाविज्ञ रहेको समिति गठन गरेको थियो ।

अर्थ मन्त्रालयले ‘हुम्लाको नाम्खा गापा लिमी लाप्सादेखि हिल्सासम्मको क्षेत्रमा सीमा अतिक्रमण भएको भनिएको विषयमा अध्ययन गर्न गठित समितिका लागि नौ लाख रुपैयाँ निकास गरेको थियो । तर, सीमा नै अध्ययन नगरी फर्किएको टोलीले दुवै देशका सीमाविज्ञहरु राखेर समस्या समाधान गर्न गत १० असोजमा सुझाव पेस गरेको थियो ।

गत २५ भदौमा हुम्ला गएको टोली २ असोजमा फर्किएको थियो ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?
‘फेसियल हाउस’ को १४औं वार्षिकोत्सवमा पूजा र भवानीले काटे केक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोभिड–१९ बाट पार पाउन विश्वले संघर्ष गरिरहेका बेला कोभिडको दीर्घकालिन असरबाट ठूलो जनसंख्या प्रभावित भएको छ । मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले

काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण बढ्दै गएपछि आज माघ ५ गतेदेखि लागू हुनेगरी धार्मिक कार्यक्रम पनि संकुचन

काठमाडौं । ४ वर्षपछि प्रदेश २ मा मधेश प्रदेश नाम र जनकपुर राजधानीको टुंगो लागेपछि अब प्रदेश १ को नाम

काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले ‘मास्टर्स इन बिजनेश एण्ड इकोनोमिक्स’ कोर्सको अध्यापन गर्ने भएको छ । अर्थशास्त्रमा खोज

Suggested