English

भाग्यमा विश्वास गर्ने यी हुन् बलिउड स्टारहरू



बलिउडका केही स्टारहरू पनि भाग्यमा विश्वास गर्छन् । त्यहीकारण उनीहरू आफ्नो फिल्मको सफलता होस् वा जिन्दगीको सफलताका लागि आफ्नो ‘लकी चार्म’लाई सँगै लिएर हिँड्ने गर्छन् ।

अभिनेता सलमान खानको ‘लकी चार्म’ उनको ब्रासलेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रासलेट उनका लागि भाग्यशाली छ । सलमानले आफैं पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् । 

यसबाहेक उनी ईदलाई भाग्यशाली समय मान्छन् । त्यहीकारण उनी हरेक वर्षको ईदमा आफ्नो फिल्म रिलिज गर्छन् । जसकारण यो समयमा रिलिज भएका उनका अधिकांश फिल्म सुपरहिट भएका छन् ।

अभिनेत्री कटरिना कैफ आफ्नो फिल्म रिलिज हुँदाको समय अजमेर शरिफ जान्छिन् र आशीर्वाद लिन्छिन् । अभिनेत्री विद्या वालनलाई इभेन्ट वा पार्टीमा सुन्दर गाजलमा देखिने गर्छिन् । पाकिस्तानमा बन्ने गरेको हाशमी गाजलमा उनी विश्वास गर्छिन् । उनी यो गाजल आँखाको शोभा बढाउन मात्र होइन भाग्यका लागि पनि लगाउँछिन् ।

अभिनेता सलमान खानको ‘लकी चार्म’ उनको ब्रासलेट हो । फिरोजा पत्थर जडित सलमानको ब्रासलेट उनका लागि भाग्यशाली छ । सलमानले आफैं पनि ब्रासलेटका कारण अरुको खराब नजरबाट आफू बच्ने गरेको बताउने गरेका छन् । 

अभिनेत्री काजोललाई आफ्नो डायमण्ड स्टडेड ओम औँठीमा आफूलाई भन्दा बढी विश्वास छ । यो औँठी उनलाई पति अजय देवगनले उपहार दिएका हुन् । काजल यो आँैठीलाई दाहिने हातको औँलामा लगाउँछिन् । काजलका अनुसार यो औँठीले उनलाई शान्त रहन सहयोग पुर्‍याएको छ ।

अभिनेता अजय देवगनको वास्तविक नाम विशाल थियो, तर अभिनयमा पाइला चालेपछि उनले यो नाम बदलेर अजय राखे । उनले आफ्नो सरनेमबाट ‘ब’ पनि हटाएका छन् । यही हटाएको नामले उनलाई सफलताको शिखरमा पु¥याएको विश्वास गरिन्छ । 

अभिनेत्री शिल्पा शेट्टी आध्यात्मिक अभिनेत्रीका रुपमा चिनिन्छिन् । उनले आफ्नो दाहिने हातको औँलामा पन्ना जडित औँठी लगाएकी छन् । यो उनलाई आमाले उपहार दिएकी हुन् । शिल्पाको अनुभवमा औँठीका कारण उनको करियरमा नयाँ आयाम दिएको छ ।

अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रति उनको विशेष आस्था छ ।

अभिनेता रणवीर सिंह खुट्टामा कालो धागो बाँध्छन् । रणवीर बारम्बार बिरामी हुने गरेपछि उनकी आमाले खुट्टामा धागो बाँधिदिएकी थिइन् । यो धागो बाँधेपछि उनी बिरामीमुक्त भएका थिए ।

अभिनेत्री दीपिका पादुकोण आफ्नो हरेक फिल्म रिलिजअघि सिद्धिविनायक मन्दिर पुग्छिन् । यो मन्दिरप्रति उनको विशेष आस्था छ ।

अभिनेता अमिताभ बच्चन बलिउडका सफल कलाकारमा पर्छन् । तर, बलिउडका यी महानायकको कुनै बेला आर्थिक रुपले दयनीय अवस्था थियो । उनले फिल्म पनि पाइरहेका थिएनन् । यसपछि उनले निलम जडित औँठी लगाए । त्यसपछि मात्र उनले फिल्मबाट अफर पाउन थाले ।

अभिनेता शाहरूख खान आफ्ना लागि ‘५५५’ नम्बर भाग्यशाली मान्छन् । उनको गाडीको नम्बर प्लेटमा पनि यही संख्या छ । उनले फिल्म ‘चेन्नई एक्सप्रेस’मा आफ्नो बाइकको लाइसेन्स प्लेट नम्बरमा पनि ‘५५५’ नै जोडेका थिए ।

अभिनेता आमीर खानका लागि भाग्यशाली महिना डिसेम्बर हो । उनका हरेक फिल्म क्रिसमस या यसको आसपास रिलिज हुन्छ । यो महिना रिलिज उनका फिल्मले बक्सअफिसमा हिट व्यापार गरेका छन् ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
पानामा पेपर्स प्रकरणः बलिउड अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य