English

पानामा पेपर्स प्रकरणः बलिउड अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो



भारतको भ्रष्टाचारविरुद्धको एउटा निकायले पानामा पेपर्स प्रकरणमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ । भ्रष्टाचार विरोधी छानबिन गर्ने निकाय इनफोर्समेन्ट डाइरेक्टोरेट (इडी) ले पानामा पेपर्स प्रकरणमा अभिनेत्री रायलाई बोलाएको हो । गैरकानुनी ढंगले विदेशमा सम्पत्ती लुकाएको आरोपमा ४८ वर्षीया रायलाई सोधपुछ गरिएको हो ।

चर्चित अभिनेता अमिताभ बच्चनकी बुहारीसमेत रहेकी रायलाई यसअघि पनि सो निकायले छानबिनका लागि बोलाएको थियो । तर, उनले केही समय माग गरेकी थिइन् ।

पानामा पेपर्स खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आईसीआइजे) ले सन् २०१६ मा सार्वजनिक गरेको एउटा दस्ताबेज हो । दस्ताबेजले कर छलि गर्न र कालो धन लुकाउन विश्वका धनाढ्यले अनियमित तरिकाले सम्पत्ति लुकाएको विषयलाई सार्वजनिक गरेको थियो । पानामा पेपर्स प्रकरणमा ३०० भारतीय जोडिएका छन् ।

आईसीआइजले विश्वका ७६ देशका १०० भन्दा बढी सञ्चार माध्यमहरुमा आबद्ध पत्रकारहरूको सहकार्यमा एक करोड १५ लाखभन्दा बढी कागजात अध्ययन गरेर दस्तावेज तयार गरेको थियो ।

विश्वका धनाढ्य एवं शक्तिशालीले कर छल्न के कस्तो हथकन्डा अप्नाउछन भन्ने बारेमा पानामा पेपर्सले एतिहासिक खुलासा गरेको थियो ।

आफ्नो सम्पत्ति ट्याक्स हेभेनका व्यवसायमा लगानी गरेको देखाएर विश्वका कयौं धनाढ्यले स्वदेशमा कर छली गर्नेदेखि कालो धनलाई सेतो बनाउने गरेको पानामा पेपर्सले खुलासा गरेको थियो ।

यो पनि…
के हाे पल र समीक्षा विवाद ? दुवैले दिए पालैपालाे स्पष्टीकरण

प्रचारप्रसारलाई किन मन पराउँदैनन् दयाहाङ राई ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

Latest










Popular
Suggested