English

बलिउड अभिनेता राजकुमारका रोचक किस्सा



दिवंगत अभिनेता राजकुमारका कैयौं किस्सा बलिउडमा लोकप्रिय छन् । जब उनी संवाद बोल्थे, थिएटरमा तालीको गडगडाहट हुन्थ्यो । उनको फिल्मले दर्शकको मन जित्थ्यो ।

राजकुमार आफ्नो बोलीका लागि प्रख्यात थिए । गोविन्दादेखि लिएर रामानन्द सागरसम्मका बारे उनले बोलेका कुरा लोकप्रिय बनेका थिए । उनी यस्ता कलाकार थिए, जसले कुकुरलाई पनि ‘के तिमी फिल्ममा अभिनय गर्छौ ?’ भनेर सोधेका थिए । यहाँ उनका तीन किस्सा प्रस्तुत गरिएको छ ।

राजकुमारले एकपटक गोविन्दाको सर्टलाई रुमाल बनाएका थिए । ८० को दशकको कुरा हो, त्यो समयमा गोविन्दा र राजकुमार फिल्म ‘जंगबाज’को सुटिङ गरिरहेका थिए । आफ्नो सट दिएपछि गोविन्दा राजकुमारसँग बसेका थिए । गोविन्दाले जुन सर्ट लगाएका थिए, त्यो राजकुमारलाई मन परेको थियो । जसै राजकुमारले गोविन्दालाई उनको सर्ट मनपरेको बताए, गोविन्दाले तुरुन्तै सर्ट खोलेर राजकुमारलाई दिए । तर केही दिनपछि राजकुमार गोविन्दाको त्यही सर्टको रुमाल गोजीमा राखेर घुमिरहेका थिए ।

फिल्म ‘आँखें’मा रामानन्द सागर राजकुमारलाई कास्ट गर्न चाहन्थे । तर राजकुमारलाई फिल्मको कथा मनपरेन । उनले आफ्नो पाल्तु कुकुरलाई सोधे– के तिमी यो फिल्ममा काम गर्न चाहन्छौ ? त्यसपछि उनले रामानन्दलाई ‘देख्यौं । यो भूमिका मेरो कुकुरले पनि गर्न मानेन’ भन्दै जवाफ दिएका थिए ।

राजकुमारले एक फिल्म निर्माताको ‘दुर्गन्ध’का कारण छाडेका थिए । त्यो फिल्म ‘जंजीर’ थियो र यसपछि उनको स्थानमा अमिताभ बच्चनलाई लिइयो । प्रकाश मेहरा यो फिल्ममा राजकुमारलाई लिन चाहन्थे र यसका लागि उनी प्रस्ताव लिएर राजकुमारकोमा पुगे । तर राजकुमारले उनलाई ‘तिमीबाट बिजनौरी तेलको दुर्गन्ध आइरहेको छ । म फिल्म त टाढाको कुरा भयो, तिमीसँग एक मिनेट पनि बस्न सक्दिनँ’ भन्ने जवाफ दिएपछि प्रकाश त्यहाँबाट हिँडेका थिए ।

यो पनि…
‘उचाइ’ मा भेटिए नेपाली अनुपम खेर (भिडियो पनि)
पानामा पेपर्स प्रकरणः बलिउड अभिनेत्री ऐश्वर्या रायलाई सोधपुछका लागि बोलाइयो
कलाकारबाट निर्माता बनेका बलिउड सेलिब्रेटी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो

सहरका स्थानीय रैथाने चिनियाँ नयाँ वर्षको उमंगमा उर्लिरहेका बेला गत आइतबार हङकङेली नेपालीहरूको लामै लर्को भने युङ लङ थिएटरतर्फ सोझिएको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

गुरुङ जातिको महान चाड तमु ल्होसारको छेकपारि ज्योति गुरुङको शब्दमा आयो तमु ल्होसार सार्वजनिक भएको छ । बेलायतमा बसोबास गर्दै