English

‘नो एन्ट्री’ सिक्वेलमा नौ अभिनेत्रीसँग सलमान



हालैमात्र अभिनेता सलमान खानले आफ्नो जन्मदिनमा अनीस बज्मीसँग मिलेर फिल्मनो एन्ट्रीको सिक्वेल बनाउने घोषणा गरेका छन् । सलमानका अनुसार कमेडी जनराको यो फिल्म चाँडै छायांकनमा जाँदैछ ।

‘नो एन्ट्री मे एन्ट्री’ नाम दिइएको फिल्ममा सलमान, अनिल कपूर र फरदीन खान तेहोरो भूमिकामा देखिनेछन् । यी सबै नौ चरित्रका लागि नौ अभिनेत्रीलाई कास्ट गर्ने तयारीमा फिल्म युनिट जुटेको छ । जसका लागि ४ अभिनेत्री फाइनल भइसकेका छन् ।

यो फिल्मको सिक्वेलको योजना ६ वर्षअघिदेखि नै सुरु भएको हो । अहिले फिल्मको स्क्रिप्ट फाइनल भइसकेको छ । फिल्मका लागि विपाशा बसु, सेलिना जेटली, लारा दत्ता र डेजी शाह फाइनल भइसकेका छन् । डेजी सलमानको कुनै एक चरित्रको अपोजिटमा हुेनछिन् । फिल्ममा उनको केमियो र एक डान्स नम्बर हुनेछ । फिल्मले पत्नीबाट भड्किएका तीन पति र उनीहरुको पागलपनलाई देखाउनेछ ।

स्रोतका अनुसार सलमानले नै डेजीको नाम सिफारिस गरेका हुन् । सलमानले डेजीलाई फिल्म ‘रेस ४’मा पनि कास्ट गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००३ मा रिलिज फिल्म ‘तेरे नाम’मा डेजीले एक गीत ‘लगन लगी’मा कोरस डान्स गरेकी थिइन् । सन् २०१४ को ‘जय हो’मा उनले सलमानको लभ इन्ट्रेस्ट र सन् २०१८ मा ‘रेस ३’मा सलमानको सौतेली बहिनीको भूमिका निभाएकी थिइन् ।

यो पनि…
रंगोलीमा सजिएकी स्वस्तिमा (भिडियाे पनि)
सुटिङ नसकिँदै किन विवादमा मुछियो ‘गदर २’ ?
‘दबंग ४’मा नयाँ भुमिकामा सलमान खान



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत