English

घरको बार्दलीमा कपडा सुकाए जरिवाना



दुबईमा अनौठो नियम लागु भएको छ । अबदेखि युएइको दुबईमा स्थानीय बासिन्दाले घरको बार्दलीमा कपडा सुकाउन पाउने छैनन् । यदि अटेरी गरेर बार्दलीमा कपडा सुकाएको पाइएमा स्थानीय प्रशासनले जरिवाना तिराउनेछ ।

स्थानीय प्रशासनले हालै लागू गरेका नियम अनुसार अबदेखि दुबईमा बाल्कोनीमा कपडा सुकाउन मात्र होइन बाल्कोनीमा उभिएर चुरोट पिउन तथा चुरोटको ठुटा वा खरानी तल फ्याँक्न पनि पाइनेछैन । दुबई नगरपालिकाका अनुसार सहरलाई सफा राख्नका लागि यो कदम उठाइएको हो ।

दुबई नगरपालिकाले बासिन्दाहरुलाई आफ्नो अपार्टमेन्टको बाल्कोनीको दुरुपयोग नगर्न आग्रह गरेको छ । घरको बार्दली भद्दा देखिने र सहरलाई कुरुप बनाउने काम नगर्न नगरपालिकाले ट्वीटरमार्फत् आग्रह गरेको छ ।

दुबई नगरपालिकाका अनुसार बाल्कोनीको दुरुपयोग गर्दै यी काम गरेमा जरिवाना तिर्नुपर्नेछः

-बाल्कोनी वा झ्यालमा कपडा सुकाउने

-चुरोटको ठुटा वा चुरोटको खरानी बाल्कोनीबाट तल फ्याँक्ने

-बाल्कोनीबाट फोहोर तल फ्याँक्ने

-बाल्कोनी सफा गर्दा पानी तल फ्याँक्ने वा एसीको पानी तल चुहाउने

-बाल्कोनीमा स्याटेलाइट डिस वा अन्य एन्टेना लगाउने

-चराहरुलाई चारो खुवाउने

उल्लेखित कामहरु गरेर नियम उल्लंघन गरेमा ५ सय देखि १५०० दिरामसम्म जरिवाना तिर्नुपर्नेछ ।

यसअघि सन् २०१८मा कुबेतले पनि यस्तै नियम बनाएको थियो । त्यस पश्चात् बहराइनमा पनि बाल्कोनीमा अण्डरवेयर लगायतका कपडा सुकाउन प्रतिबन्ध लगाइएको थियो ।

यो पनि…
गल्फ खेल्न अन्तरिक्ष जाने अर्बपति

‘थ्री डी पड’ मा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ मृत्युवरण 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये

संसारमा लाखौँ रहस्यहरू छन्, जसको बारेमा आजसम्म मानिसले थाहा पाउन सकेका छैनन्। शताब्दीयौंदेखि मानिसले यी रहस्यहरूबारे जान्न खोज्दै आएका छन्,