English

महिलाको सन्तुष्ट यौन जीवनका लागि पाँच सुझावहरू



यौन जीवनबाट सन्तुष्ट हुनुहुन्न भने केही चीजहरूको ख्याल राख्नुहोस्। तपाईँलाई ओछ्यानमा के मन पर्छ भन्ने कुरा बुझ्नुपर्छ र आफ्नो पार्टनरसँग मिलेर यसको छलफल गर्नुपर्छ। यसमा कुनै शङ्का छैन कि महिलाले पनि पुरुषले जत्तिकै सेक्सको आनन्द लिनुपर्छ तर यस्ता महिला पनि छन् जो आफ्नो सेक्स लाइफको बारेमा खुलेर आफ्नो पार्टनरलाई बताउन सक्दैनन् । यौन सन्तुष्ट बनाउन महिलाले जान्नुपर्ने केही कुराहरू यस्ता छन् ।

के कुराले उत्तेजित गर्छ ?
तपाईँलाई कुन कुराले उत्तेजित गर्छ भन्ने थाहा पाउनु र आफ्नो पार्टनरसँग छलफल गर्नुले सन्तोषजनक अनुभव दिनेछ।

हरेक पललाई आनन्दित बनाउनुहोस्
सबै कुरा चरणबद्ध रूपमा गर्नुहोस् र सीधा सेक्समा नजानुहोस् । यसबाट तपाई र तपाईँको पार्टनर दुवै सहज हुनुहुनेछ । राम्रो अनुभव प्राप्त गर्नुहुनेछ। एक अर्कालाई बुझ्दै अगाडि बढ्नुहोस्।

लुब्रिकेन्टको प्रयोग गर्नुहोस्
सेक्सको आनन्द लिनको लागि योनि ओसिलो हुनु पर्छ। यसका लागि तपाईँले कण्डम प्रयोग गर्न सक्नुहुन्छ वा बजारमा धेरै जेलहरू उपलब्ध छन्। यी सबै गरेपछि पनि दुखाइ महसुस भयो भने डाक्टरकहाँ जानुहोस् ।

शारीरिक सकारात्मकता
सन्तुष्ट सेक्सको लागि यदि कुनै व्यक्ति आफ्नो शरीरको बारेमा सकारात्मक छ भने ऊ राम्रो तरिकाले सेक्सबाट सन्तुष्ट हुन सक्छ।

सम्बन्धमा विश्वास राख्नुहोस्
यदि तपाईँ आफ्नो पार्टनरसँग सन्तुष्ट महसुस गर्नुहुन्न भने, पहिले कुरा गर्नुहोस्। एक अर्काको बारेमा सकारात्मक हुनु र भित्र राम्रो महसुस गर्नुले तपाईँलाई राम्रो वातावरण बनाउन मद्दत गर्नेछ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

Latest










Popular
Suggested