English

बुटवल–हङकङ : इन्द्र यात्रा (भिडियो पनि)



त्यसै भनिएको होइन,निरन्तरको संघर्षको अर्थ हो–सफलता । के यो कुरा साँचो हो ?

एक पटक इन्द्र गुरुङलाई नै सोधौँ ।
इन्द्रलाई नै किन ?
केही कारण छन् ।
फ्ल्यासब्याकमा फर्किनुपर्ने हुन्छ ।
पहिले २५ बर्ष पहिलेकी इन्द्रलाई भेटौं ।
त्यो अंग्रेजी तारिख सन् १९९६ थियो ।
बुटवलबाट एउटी युवती हङकङ पुगिन् ।

हातमा केही सीप थिएन । चिनियाँ भाषा(क्यान्टोनिज) को प्रभावशाली उपस्थिती रहेको ठाउँमा नेपाली बाहेक कुनै भाषा नजानेकी इन्द्रका लागि अवसरको खडेरी हुनु स्वभाविकै थियो ।

के गर्ने ? कसो गर्ने ? प्रश्नका झटारो अपेक्षित हुने नै भयो । राम्री थिइन इन्द्र । किन किन अरुलाई पनि सुन्दर बनाउने ब्यवसायतिरै उनको मन बस्यो । कसैलाई सुन्दर बनाउने कुरा चानचुने कुरा थिएन । यसका लागि त विशेष कला नै चाहियो ।

अलमल अलमलकै बीच उनले सौन्दर्य सीप सिक्ने निर्णय लिइन । अनि शुरु भयो इन्द्र यात्रा । दक्षता हासिल गर्न धेरै मेहेनत गर्नु पर्यो । ‘हङकङमा मैले चार बर्ष चाइनिजको ब्युटी पार्लरमा काम गरेँ, काम त सिक्दै थिए तर भाषा आउँदैन थियो ।’ इन्द्रले संघर्षका ती दिनहरु सम्झिन थालिन्,‘चाइनिज भाषा नजानेको कारण धेरै समस्याको सामना गर्नु पर्यो ।’

तर जहाँ उनी काम सिक्दै थिइन,त्यहाँका संचालक गुनी स्वभावका परेछन् । भाषा सिकाउन मद्घत गरे । विशेषगरी कपाललाई स्वस्थ्य राख्न र आकर्षक देखाउने कलावाजी इन्द्रले यहीँ सिक्ने मौका पाइन । उनले अब आफूलाई हेयर स्टाइलिसको रुपमा स्थापित गर्दै थिइन ।

आज हङकङमै इन्द्रको इमेज सैलुनका चार वटा शाखाहरु छन् । २५ जना सहकर्मीका साथ उनले इमेजको ‘इमेज’ लाई अझै चम्काउदै छिन् ।उनका ग्राहक नेपाली त हुन नै त्यसबाहेक भारतीय,पाकिस्तानी,बंगलादेशीदेखि चाइनिजसम्म पनि इमेजमा पल्किएका छन् । इन्द्रको हातले देखाएको कमालको नतिजा हो यो ।

आखिर त्यो दिन पनि आयो । हङकङस्थित जोर्डनमा इन्द्रले आफ्नै हेयर सैलुन खोलिन । नाम दिइन्–इमेज हेयर सैलुन । आजभन्दा १९ वर्षअघि हङकङमा इमेजको जग बसेको दिन थियो यो । खै उनको हातमा त्यस्तो के जादु थियो,उनको ख्याती यत्रतत्र फैलिन थाल्यो । उनले दिने सेवाबाट सबै मख्ख परे ।

आज हङकङमै इन्द्रको इमेज सैलुनका चार वटा शाखाहरु छन् । २५ जना सहकर्मीका साथ उनले इमेजको ‘इमेज’ लाई अझै चम्काउदै छिन् । उनका ग्राहक नेपाली त हुन नै त्यसबाहेक भारतीय,पाकिस्तानी,बंगलादेशीदेखि चाइनिजसम्म पनि इमेजमा पल्किएका छन् । इन्द्रको हातले देखाएको कमालको नतिजा हो यो ।

हङकङका बासिन्दामात्र होइन,नेपालबाट हङकङ पुग्ने सेलिब्रेटीहरु पनि इन्द्रबाट आफुलाई सजाउने लालसा राख्छन् । किन ? ‘मैले प्रयोग गर्ने सामानहरु गुणस्तरिय हुन्छ,’ इन्द्रले कारण खोलिन्,‘छाला र कपाल हेरेर कसलाई कुन कुराले सुहाउँछ भन्ने कुरामा मेरो बढी ध्यान पुग्छ ।’तर एउटा कुरा के भने इन्द्रले यो सफलता सहजै पाएकी थिइनन् । ‘यो क्षेत्रमा जोडीइरहँदा मैले धेरै तिता मिठा अनुभवहरु संगालेकी छु,’ इन्द्रले संघर्षका ती दिनहरु स्मरण गर्दै थिइन,‘सुरुसुरुमा काम गर्दा कस्टमरको गाली पनि खाइयो ।’ तर मेहेनत गरेर आफ्नो कला निखार्दै जाँदा उनले तारिफ पनि पाउन थालिन् ।

मानिस किन सुन्दर देखिन चाहन्छ ? यो प्रश्न इन्द्रलाई सोधी हेर्दा जवाफ आयो, ‘सुन्दरताले आत्मविश्वास बढाउँछ ।’ अनि पुरुषभन्दा महिलालाई श्रृंगारमा विशेष रुची किन रु इन्द्रको जवाफ हाजिर थियो,‘पहिले पहिले सौन्दर्य सामाग्री उपलब्ध नहुँदा पनि दियोको बत्तीबाट गाजल बनाएर महिलाले लगाउने गर्थे ।’

छुटाउनु भयो कि ?

अहिले त उनले हेयर स्टाइलिस्ट बन्न चाहनेलाई प्रशिक्षण पनि दिन्छिन् । अर्थात उनी असल गुरु पनि हुन् । उनले सिकाएका प्रशिक्षार्थीहरुले उनकै वरपर हेयर सैलुन खोलेको देख्दा उनी फुरुङ्ग हुन्छिन् ।

सौन्दर्य व्यवसाय बिस्तारै लोकप्रिय हुँदै नयाँ नयाँ प्रविधिहरु पनि विकास भईरहेको छ । सेलीब्रेटीहरुलाई फलो गर्ने,उनीहरुको जस्तो हेयर स्टाइल बनाउने, उनीहरुको जस्तै मेकअप गर्न चाहनेहरुको संख्या पनि कम छैन । त्यसैले बजारमा नयाँ हेयर स्टाइल तथा नयाँ ट्रेन्ड आएको छ भने इन्द्रलाई पनि ती कुराहरु नसिकी धरै छैन ।

मानिस किन सुन्दर देखिन चाहन्छ ? यो प्रश्न इन्द्रलाई सोधी हेर्दा जवाफ आयो, ‘सुन्दरताले आत्मविश्वास बढाउँछ ।’ अनि पुरुषभन्दा महिलालाई श्रृंगारमा विशेष रुची किन ? इन्द्रको जवाफ हाजिर थियो,‘पहिले पहिले सौन्दर्य सामाग्री उपलब्ध नहुँदा पनि दियोको बत्तीबाट गाजल बनाएर महिलाले लगाउने गर्थे ।’

यो पनि…

इन्द्रको आशय जबदेखि मानिसले होश सम्हाले त्यतिबेलैदेखि पुरुषको तुलनामा महिलाले सौन्दर्यको औचित्य देखे । नारी सौन्दर्यको वर्णन कसले गरेको छैन ? कहाँ गरिएको छैन ? जताततै,जोकोहीले नारी सौन्दर्यको महिमा गाएकै छन् ।

इन्द्रलाई नेपालमै नेपालीलाई अझ सुन्दर बनाउने इन्द्र सपना छ । कुनै वाधा अवरोध आएन भने नेपालमा इन्द्रको सपना साकार हुने दिन धेरै टाढा छैन । इमेज हेयर सैलुनको नेपाल शाखा स्थापना भएको दिन इन्द्रको सपना साकार भएको क्षण बन्नेछ I

यो पनि पढ्नुहोस्
बेलायती रेलमा गोर्खाली शान (भिडियोसहित)
नेदरल्याण्ड्समा यसरी भएको छ, यौन व्यवस्थापन
आखिर के छ, हङकङमा ?
हङकङमा कोरोनाको प्रभाव, न्यूनीकरण र रोकथामका प्रयास
समाजसेवा नै कमलाको उपलब्धि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : ९० भन्दा बढी देशका १,००० भन्दा बढी विद्यालयहरुलाई सहयोग गर्दै आएको विश्वव्यापी संस्था इन्टरनेशनल करिकुलम एसोसिएसन (आईसीए) ले

काठमाण्डौं /नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को

काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त

महाशिवरात्रिको अवसरमा लोकप्रिय गायिका रुचि घिमिरे र गायक दीपक रमणले शिव भजन ‘‘जय भोलेबाबा’को भिडियो सार्वजनिक गरेका छन् । भगवान

Latest










Popular
Suggested