English

किसन दाई : ‘जो न कहिल्यै लडखडाए न डगमगाए’

गुण्डा लकार्ने पत्रकार


‘तिम्रो भाउजूले नेपालमा कोरोना छ नजाउ भन्दै कराइरहेकी थिइन्, अटेर गरेरै आएको राम्रै भएछ’, उपल्लो मुस्ताङबाट फर्किएको केही दिनपछिको भेटमा किसन दाई भन्दै हुनुहुन्थ्यो, ‘मलाई त स्वर्गै पुगेको अनुभूति भयो ।’ त्यो ‘स्वर्ग’ शब्द अहिलेपनि मेरो कानमा लगातार गुञ्जिरहेको छ ।

दाईसँग मुस्ताङ भ्रमणमा सँगै जानुभएका हितैषी प्रेम श्रेष्ठ दाई पनि त्यतिबेला सँगै हुनुहुन्थ्यो । ‘माथि पुग्दा तपाईलाई टाउको दुखेन ?’, केही वर्षअघि मुस्ताङ भ्रमणमा जाँदा रातभर टाउको दुखेको स्मरण गर्दै दाईलाई प्रश्न तेस्र्याएँ । ‘गाडीमा चुस्की लगाउँदै गइयो, टाउको दुखे नदुखेको पत्तै पाइएन’, रमाइलो पारामा दाईले मुस्ताङको सुन्दरताको बेलिबिस्तार सुनाउँदै जानु भयो । ‘छोराले भिडियो खिच्नु है भनेको थियो, त्यसैले अलिकति खिचें, फोटो भने खिचिनछु, अब त बुढो भएर पनि होला त्यतिसारो यस्ता कुरामा ध्यानै नजादो रहेछ ।’ निकै प्रफुल्लित मुद्रामा देखिनुभएका किसन दाईका भनाईमा गहिरो नेपाल प्रेम छचल्किरहेको थियो ।

म जोर्डनमा बस्थेँ । अबेर राती पत्रिका बाडीसकेर थकित भएपछि फोन आउँथ्यो । ‘निर्मल म तल ढोकामा छु, तिमी झर त, आज दाजुभाई बियर खाउँ ।’ दाइको ठाडो आदेश नकार्नै सक्दिनथें ।

दाईसँगको मेरो संगत करिब डेढ दशक पुरानो हो । पहिलोपटक मैले उहाँलाई हङकङमै चिनेको हुँ । पत्रकारिताकै दौरान म निकट हुन पुगेँ । कतिपय समाचार हामी सर–सल्लाह गरेर तयार पार्थ्यौं । सुरुवाती दिनमा मलाई हङकङेली समाजसँग परिचित गराउने उहाँ नै हुनुहुन्थ्यो । म जोर्डनमा बस्थेँ । अबेर राती पत्रिका बाडीसकेर थकित भएपछि फोन आउँथ्यो । ‘निर्मल म तल ढोकामा छु, तिमी झर त, आज दाजुभाई बियर खाउँ ।’ दाइको ठाडो आदेश नकार्नै सक्दिनथें ।

श्रीमतीको माइतीतिरका दाई भएकाले होला किसन दाईले बोलाउनु भाछ भनेपछि उनले पनि नाइनास्ती गर्दिनथिन् । हामी नाइट मार्केटको ‘सि फुड’ रेष्टुराँमा बसेर मज्जाले गफिँदै खान्थ्यौं पिउथ्यौं अनि छुट्टिन्थ्यो । उहाँ धेरै पिउँने मान्छे भने होइन । कहिलेकहीँ पिउँदा रमाइलो मान्नुहुन्थ्यो । उबेला ‘छिन्ताओ बियर’ हामी दुबैको फेभरेट थियो ।

पछिल्लोसमय मेरो बसाई नेपाल मै भएपनि हामी निरन्तर सम्पर्क मै थियौं । मैले झण्डै एक दशक बिताएको त्यो भूमिको गतिविधिसँग निरन्तर जोडिदिने एकमात्र पुल किसन दाई नै हुनुहुन्थ्यो । उहाँ नेपाल आउँदा होस् वा म हङकङ जाँदा भेटमा हामी लामो गफिन्थ्यौं । एनआरएनको पछिल्लो सम्मेलनमा उहाँ नेपाल आउँदा करिब एकहप्ताजसो रातको बसाईसँगै भएको थियो । त्यसबेला उहाँले अब बिस्तारै नेपालमै आएर बस्ने योजना सुनाउनुहुन्थ्यो । तिनै प्रिय दाई अझै भनौं मन मिल्ने, दुःख सुख साट्ने हितैषी साथी अब यो संसारमा नरहेको कल्पनाले मात्र पनि मुटु पोल्छ, कुडिन्छ, निचोरिन्छ ।

२५ अक्टुबरका दिन बिहान १०ः५० को फ्लाइटमा मेरो काठमाण्डौं फर्कने तालिका थियो । करिब ९ बजेको हुँदो हो । नुहाइधुवाई गरी खाना खानुअघि फेसबुक हेर्दै मात्र के थिएँ । मेरो दिमाग एक्कासी रन्थनियो । ‘हङकङका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु…’ फेसबुक वालमा उहाँको तस्बिरसहित यस्तो समाचार थियो । पत्याउनै सकिनँ ।

१९ अक्टुबरका दिन उहाँसँगको भेट नै मेरा लागि अन्तिम बन्यो । सो भेटमा छोराका लागि आवश्यक कागजात प्रिन्ट गरी पठाउने जिम्मा उहाँले मलाई नै दिनुभएको थियो । त्यसपछि दुईपटक फोनमा कुराकानी भयो । पछिल्लोपटकको फोनमा उहाँले विदेशमा रहेका नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन निम्तो दिनुभएको थियो । म सोहि दिन बुटवल जानु पर्ने भएकाले असमर्थता जनाएँ । उहाँसँगको मेरो अन्तिम फोन संवाद त्यही थियो ।

२५ अक्टुबरका दिन बिहान १०ः५० को फ्लाइटमा मेरो काठमाण्डौं फर्कने तालिका थियो । करिब ९ बजेको हुँदो हो । नुहाइधुवाई गरी खाना खानुअघि फेसबुक हेर्दै मात्र के थिएँ । मेरो दिमाग एक्कासी रन्थनियो । ‘हङकङका पत्रकार किसन राईको भिरबाट लडेर मृत्यु…’ फेसबुक वालमा उहाँको तस्बिरसहित यस्तो समाचार थियो । पत्याउनै सकिनँ । समाचारको लिंकमा क्लिक गरे । भित्र केही देखिएन । झनक्क रिस पनि उठ्यो । पशन तमुले यो के मजाक गरेका होलान् भन्ने लाग्यो । हङकङको स्थानीय अनलाईन एचकेनेपालमा यो समाचार थियो । विश्वासै लागेन ।

अनि सिधै किसन दाईको नेपाल नम्बरमा फोन गरेँ । फोन लागेन । मन अझै चिस्सियो । मेरा हातखुट्टा काम्न थाले । एचकेनेपालका प्रधानसम्पादक एवं प्रकाशक पशन दाईलाई म राम्रै चिन्छु । एक मनले सोचें, उहाँले सबैकुरा नबुझी यो समाचार पक्कै लेख्नुभएको छैन । फेरिपनि पत्यारै लागिरहेको थिएन । मैले उहाँसँगै जानुभएका प्रेम दाईलाई फोन गरे । फोन उठ्यो । किसन दाईबारेको खबर के हो ? लरबराएको आवाजमा सोधेँ । उहाँले घटनाक्रमबारे सुरुबाटै बेलिविस्तार लगाउँदै जानु भो, मैले सुन्दै गएँ । अब भने नपत्याई सुखै पाइनँ ।

किसन राई हङकङेली नेपाली समाजको एउटा यस्तो ज्याद्रो पात्र थियो जो न कहिले कसैसँग लडखडाए डगमगाए । उहाँको छुच्चो, प्याच्च बोलिहाल्ने, भनिहाल्ने स्वभाव धेरैका लागि छुरा सरी रोपिन्थ्यो ।

त्यहीबेला श्रीमती पिंकी कोठामा आइपुगिन् । मैले उनलाई यो खबर सुनाउँनै सकिनँ । मलाई शान्त देखेर उनले सोधिन्, के भयो ? मैले किसन दाईकाबारे बताएँ । उनीपनि एकछिन अक्क न बक्क भइन् । मेरो ससुराली धरान । मलाई पहिलोपटक ‘पूर्वेली ज्वाई’ को पगरी गुथाउँने र त्यो भेगका समुदाय बिच चिनाउने एकमात्र उनै किसन दाई थिए । उहाँसँग बिताएका धेरै पलहरु अहिलेपनि मानसपटलमा फनफनी रिंगीरहेका छन् ।

किसन राई हङकङेली नेपाली समाजको एउटा यस्तो ज्याद्रो पात्र थियो जो न कहिले कसैसँग लडखडाए न डगमगाए । उहाँको छुच्चो, प्याच्च बोलिहाल्ने, भनिहाल्ने स्वभाव धेरैका लागि छुरा सरी रोपिन्थ्यो । तैपनि सबैलै उहाँप्रति आदरभाव नै राखेर बोल्थे । कारण आफूले राखेका धारणामा उहाँ अटल र अडिग देखिनुहुन्थ्यो । कतिपय बेला उहाँको यस्तो व्यवहार कमजोरी पनि बन्थ्यो होला । तर, किसन दाईको पहिचान नै यही थियो । जसले उनलाई समाजमा निडर व्यक्तित्वका रुपमा स्थापित गरायो ।

पत्रकारितालाई प्राथमिकतामा राखेर बाँकी संघसंस्था छोडे हुन्न दाई ? मेरो प्रश्नमा किसन दाईको जवाफ थियो, ‘यसमा मेरो व्यक्तिगत स्वार्थ केही छैन् भाई, संस्था भित्र मौलाएको विकृती विसंगतीलाई बढार्न त्यहाँ छिर्नैपर्ने मेरो बाध्यता छ ।’ सुनेर म मौन रहन्थेँ ।

उहाँ न कहिल्यै कसैको नजिक हुनुभयो, न कसैलाई टाढा नै राख्नुभयो । आफ्नै अगाडि भित्तामै पुर्रयाउने गरी हुने आलोचनालाई सजिलै आत्मसात गरी त्यसैमा रमाउँने गज्जबको बानी उहाँमा थियो । मुद्दामा जतिसुकै गहिरो बहस गर्न पनि तयार हुनुहुन्थ्यो । लाग्थ्यो त्यहाँ आज कि उनी छैनन् कि अरु । तर, मुद्दा बाहिर निस्किएपछि हाँसीहाँसी सजिलै अंकमाल गर्न पनि तयार हुनुहुन्थ्यो । मानौं, त्यहाँ केही भएकै थिएन ।

उहाँलाई लाग्ने एउटा आरोप थियो । सबै संघसंस्थातिर आफैले पद ओगट्नुपर्ने । यो जिज्ञासा मेरो पनि थियो । पत्रकारितालाई प्राथमिकतामा राखेर बाँकी संघसंस्था छोडे हुन्न दाई ? मेरो प्रश्नमा किसन दाईको जवाफ थियो, ‘यसमा मेरो व्यक्तिगत स्वार्थ केही छैन् भाई, संस्था भित्र मौलाएको विकृती विसंगतीलाई बढार्न त्यहाँ छिर्नैपर्ने मेरो बाध्यता छ ।’ सुनेर म मौन रहन्थेँ । हुन पनि, उहाँ जहाँ–जहाँ सहभागी हुनुभयो । अधिकांश संस्था गहिरो समस्याले ग्रसित थिए । पछिल्लोसमय उहाँ नेपाली पत्रकार महासंघ हङकङ तथा नेपाली आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष र गैर–आवासीय नेपाली संघका नव–निर्वाचित केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

अधिकांश विदेश जानेहरुको पहिलो प्राथमिकता भनेकै पैसा कमाउने, घर घडेरी जोड्ने र राम्रो जीवनयापन गर्ने भन्ने हुन्छ । तर, किसन दाईका प्राथमिकतामा यो कुरा पर्दै परेन । हङकङ सयौं अवसर भएको देश हो । पैसा कमाउने अनेक धन्दा छन् त्यहाँ । तर, उहाँले पत्रकारिता मार्फत नेपाली भाषा, संस्कृतिको जगेर्नामै वर्षौं बिताउनुभयो । उहाँको तिखो कलमले धेरैका मुटु छेडिएहोलान् तर, सयौंका घाउमा मल्हम पनि लागेका छन् ।

किसन लाखौं डलर कमाउन सकिने ठाउँमा पसल–पसल चहारी पाँच सय, हजार टिपेर नेपाली भाषा साहित्यको श्रृवृद्धिका लागि अनवरत लाग्ने योद्धा भएको स्थानीय व्यवसायी एवं लेखक कमल पौड्यालको बुझाई छ । ‘कोहीपनि सर्वगुण सम्पन्न हुँदैन्, उ पनि थिएन तर, आफ्नै अगाडि आलोचना हुँदा पनि खुलेर हाँस्थे उनी’, आफुलाई लेखक बनाउने एभरेष्ट नै भएको स्मरण गर्दै उनले भने, ‘धेरै पत्रिका आए गए तर, सुरुवात होइन निरन्तरता ठूलो कुरा हो, जो किसनले पुरा गरे ।’ एभरेष्टको पछिल्लो अंक बाड्न उनी छोरासहित ट्रली लिएर आएको समेत सम्झिए ।

किसन राई हङकङेली नेपाली समाजको निडर, अत्यन्तै मेहनती, कम्प्रमाइज नगर्ने, स्ट्रेट फारवार्ड मान्छे भएको तुलसी कुमार गुरुङको बुझाई छ । ‘किसनको देहावसन यहाँको लागि ठूलो क्षति हो, हङकङले उनलाई सधै सम्झनेछ,’ उहाँको भनाई हङकङका आम नेपालीकै बुझाई हो । लामो समयदेखि हङकङमा बसोबासरत तुलसी दाई हाल राइज मिडियाका अध्यक्ष एवं वि विल राईज फाउण्डेसनका संस्थापक पनि हुनुहुन्छ ।

किसनकै कारण नेपाली समाजमा हुने कतिपय अपराध र गुण्डागर्दी नियन्त्रित थियो । गुण्डालाई सिधै ललकार्न सक्ने हिम्मत कोहीमा थियो भने त्यो किसन राईमा मात्र थियो । सायद हङकङ बाहिर रहनेलाई यो कुरा पत्यार नलाग्ला तर सत्य यही हो ।

वरिष्ठ फोटोपत्रकार विकास रौनियार किसनलाई स्पष्ट विचार र भावना भएको मान्छे बताउनुहुन्छ । ‘उहाँलाई मान्छेहरु छुच्चो र कडा स्वभाव भएको बताएपनि सबैले आदरभाव राखेको पाएँ, उहाँको अभाव पूर्ति गर्न सजिलो छैन् तर, प्रयास चाहि होस्,’ अब एभरेष्टलाई निरन्तरता दिनसके उहाँप्रति ठूलो श्रद्धाञ्जलि हुने उहाँको भनाई थियो, ‘म उहाँको लगनशिलतालाई हार्दिक नमन र स्यालुट गर्छु ।’

किसन हङकङमा कसैसँग नडग्ने एकमात्र पात्र भएको जगत अम्बु गुरुङ ठोकुवा गर्छन् । एभरेष्टका फोटो सम्पादक अम्बु किसन दाईसँग लामो संगत गर्नेमध्येका एक हुन् । ‘हक्की स्वभाव, कसैसँग नडग्ने, नगल्ने, काम भनेपछि मरिहत्ते गर्ने, सामाजिक काममा निरन्तर लाग्ने उहाँको स्वभाव थियो, दिमाग नचाएर गयो, हाम्रा लागि ठूलो क्षति भएको छ’, उनले भने ।

किसनकै कारण नेपाली समाजमा हुने कतिपय अपराध र गुण्डागर्दी नियन्त्रित थियो । गुण्डालाई सिधै ललकार्न सक्ने हिम्मत कोहीमा थियो भने त्यो किसन राईमा मात्र थियो । सायद हङकङ बाहिर रहनेलाई यो कुरा पत्यार नलाग्ला तर सत्य यही हो । पत्रकार डम्बरकृष्ण श्रेष्ठ भन्छन्, ‘उनीमा घोर विरोधीको पनि मन जित्न सक्ने खुबी थियो, यसैका कारण उनलाई मनै नपराउने मान्छेले पनि अहिले उनीप्रति अत्यन्तै सद्भाव देखाइरहेका छन् ।’ उनको अभाव केही समयपछि अझ खड्किने डम्बरको बुझाई छ । ‘हङकङको ठूलो खम्बा ढल्यो अब यो क्षति पुरा हुनै सक्दैन ।’

पत्रकार जेबी पुन मगरको भनाईले त किसन दाईको महत्वलाई अझै छर्लङ्ग पार्छ । उनी भन्छन्, ‘साहसी, निडर, निष्कपट र आफ्नो मिसनमा प्रस्ट किसनजस्तो ‘वन म्यान आर्मी’ हङकङे नेपाली समाजमा तत्काललाई अर्को देखिएको छैन् । कोही जन्मेलाजस्तो पनि लाग्दैन । त्यसैले किसनले छाडेर गइसकेपछि हङकङे नेपाली समाजले त्यस्तो सतिसाल अभिभावक गुमाएको छ, जसको पूर्ति अहिलेलाई सम्भव देखिँदैन । किसनको अवसानले हङकङले मात्र होइन, विदेशमा नेपाली भाषामा उसले गरेको योगदानका हिसाबले नेपालले समेत एउटा गतिलो सद्भावना दूत गुमाएको छ ।’

पुराना संगीतकर्मी दिनेश सुब्बा किसन राईको व्यक्तित्वमाथि भन्छन्, ‘स्व. राई मित्रवत ब्यवहार भन्दा नेपाली समुदायप्रति उनको निस्वार्थ योगदानका कारण हामी माँझ प्रिय थिए । आफ्नो समुदायको पसिनाबाट आर्जित आयलाई स्रोत बनाई धनी बनेका तर, मन नभएका महानुभावहरु भन्दा मन भएका तर धन नभएका किसन राईको कर्मनिष्ठता धेरै महंगो पर्नेछ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,