English

जाडोमा चाँयाबाट छुटकारा पाउन अपनाउनुहोस् यी ३ उपाय



जाडो मौसममा जसरी छाला सुख्खा हुन्छ, त्यसै गरी टाउको पनि सुख्खा हुन्छ । यस्तो अवस्थामा जाडोमा कपालसँगै टाउकोको पनि विशेष ख्याल राख्नुपर्छ । सुक्खा टाउको र बढ्दो चायाका कारण कपाल झर्न सक्छ । यस्तो अवस्थामा कपालमा हप्तामा एक वा दुई पटक तेल लगाउनु पर्छ । तेलले टाउकोको मसाज गर्दा छाला सफा हुन्छ । यसो गर्नाले जमेको फोहोर, प्रदूषण र चाँया आदि हट्छ । केही उपाय अपनाएमा चिसो मौसममा पनि कपाल र टाउकोलाई स्वस्थ बनाउन सकिन्छ ।

कागती–नरिवलको तेलले मसाज
जाडोमा कपाल र टाउकोको छाला निकै सुख्खा हुन्छ । सुख्खा हुनाले चाँयाको समस्या सुरु हुन्छ । चाँया कै कारणले कपाल झर्छ । जाडोमा चाँयालाई नियन्त्रण गर्नु पर्छ नत्र कपाल धेरै झर्ने र रुखो हुने समस्या बढ्न सक्छ । कपालमा धेरै चाँया भएमा कागतीको रस लगाउनुहोस् । नरिवलको तेलमा थोरै कागतीको रस मिसाएर यसलाई औँलाको सहायताले टाउकोमा लगाउनुहोस् । १ देखि २ घण्टाको लागि छोड्नुहोस् । त्यसपछि माइल्ड स्याम्पुले कपाल सफा गर्नुहोस् ।

एन्टि डेन्ड्रफ स्याम्पुको प्रयोग
जाडो मौसममा जुनसुकै स्याम्पु प्रयोग गर्नु हुँदैन । विशेषज्ञसँग परामर्श लिएर एन्टि डेन्ड्रफ स्याम्पु प्रयोग गर्नपर्छ । उत्कृष्ट परिणामको लागि स्याम्पुमा टि–ट्रि तेल तथा पेपरमिन्ट तेलको केही थोपा मिसाउँनुहोस् । यसो गर्दा छिटो नतिजा प्राप्त गर्न सकिन्छ ।

नीमको तेलको प्रयोग
चायाँको धेरै समस्या छ भने कपालमा राम्रो गुणस्तरको नीमको तेल लगाउनुहोस् । यसबाट टाउको चिलाउने, फोहोर हुने, सुख्खा हुने, चायाँ हुने जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ । यसलाई हप्तामा दुई पटक प्रयोग गर्नुहोस् । यस तेललाई स्याम्पुमा पनि मिसाउन सक्नुहुन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?
मोटोपना घटाउन के खाने के नखाने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले