यसरी बनाउनुहोस् रोमान्टिक मुड



सुखद् यौन जीवनको लागि धेरै कुराहरू बुझ्न महत्त्वपूर्ण हुन्छ । सुखद् यौन जीवनको बिताउनेहरूले यौनको आनन्द लिन सक्छन् ।

जसका लागि पार्टनरले सेक्सका बेलामा केही कुराहरु जान्न जरुरी हुन्छ । किनकि सुरुवात राम्रो भयो भने अन्त्य पनि रमाइलो हुन्छ । जब सेक्सको कुरा आउँछ, रोमान्स पनि सँगसँगै आउँछ । सेक्स भनेको यौन सम्पर्क मात्रै हुनु हुँदैन । यद्यपि, अधिकांश पुरुष प्रवेशमा ध्यान केन्द्रित गर्छन् । जसका कारण उनीहरुको यौन जीवनमा कुनै रमाइलो रहँदैन र चाँडै उनीहरु थकित हुन्छन् । यौन आनन्दका लागि यी कुरामा ध्यान दिएमा चरम आनन्द लिन सकिन्छ ।

१.धेरै समय दिनुहोस्
सेक्सका लागि एक समय महत्त्वपूर्ण कुरा हो । तपाईंले पार्टनरलाई जति धेरै समय दिनुहुन्छ, त्यति नै यौन आनन्द लिन सक्नुहुन्छ । रोमान्टिक मुड बनाउन समय आवश्यक हुन्छ । त्यसैले हतार नगरी पहिला आफ्नो पार्टनरसँग राम्रो समय बिताउने प्रयास गर्नुहोस् । यसले मुड बनाउन मद्दत हुन्छ ।

२.राम्रो कुरा गर्नुहोस्
सेक्सका लागि सकारात्मक हुन एकदम महत्त्वपूर्ण हुन्छ । दिमागलाई तनावमुक्त बनाउनका लागि राम्रो कुराकानी गर्नुहोस् । तपाईंले रोमान्टिक कुरा गर्ने, पार्टनरको प्रशंसा गर्ने अथवा पार्टनरसँग आफ्नो विगतको अनुभव सात्नुपर्छ ।

३.पार्टनरको हात समात्नुहोस्
पार्टनरको हात समातेर कुराकानी गर्नुहोस् । कतिपय मानिसहरु ओछ्यानमा जाने बित्तिकै अचानक काखमा टासिन्छन् । त्यसो गर्दा पार्टनरलाई मन नपर्न सक्छ । त्यसैले पार्टनरको हात समातेर कुराकानी गर्दै, शरीरलाई छुनुहोस् ।

४.कपाल सुमसुम्याउनुहोस्
महिलाले आफ्नो कपाल सुमसुम्याएको मन पराउँछन् । हात समात्नु बाहेक, तपाईं आफ्नो पार्टनरको कपालमा हातले सुमसुम्याउनु सक्नु हुन्छ । जसले मुड बनाउन सहयोग गर्दछ । यसले तपाईंको पार्टनरलाई राम्रो महसुस गराउनेछ । तर राति अबेरसम्म यसो गर्दा पार्टनरलाई निद्रा नलाग्न सक्छ । धेरै बेर सम्म नगराउनुहोस् ।

५.कपडा नखोली सुमसुम्याउनुहोस्
पार्टनरसँग ओछ्यानमा जाने बित्तिकै तुरुन्तै आफ्नो लुगा खोल्न आवश्यक छैन । सबै भन्दा पहिले कुरा गर्नुहोस् ।

केही समय पछि आफ्नो पार्टनरको अङ्गहरूलाई सुमसुम्याउनुहोस्, तर तुरुन्तै लुगा नखोल्नुहोस् । पछि, बिस्तारै लुगा खोल्नुहोस्, यसो गर्दा रोमान्टिक मुड बन्छ ।

६. आँखा बन्द गरेर महसुस गर्नुहोस्
जब तपाईं आफ्नो पार्टनरसँग हुनुहुन्छ, कोठामा मधुरो प्रकाश राख्नुहोस् । साथै आफ्नो आँखा बन्द गरी महसुस गर्नुहोस् ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वमा २८ लाख मानिसको मृत्यु मोटोपनको कारणले हुने गरेको बताएको छ। संगठनको भनाइमा

कोरोना भाइरसको बढ्दो प्रकोपको बीचमा यसबारे भएरहेको अनुसन्धान बहस (कोरोना सम्बम्धित अध्ययनमा नयाँ–नयाँ जानकारी बाहिर आएको छ । यो खतरनाक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ। प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको

कोरोनाको तेस्रो लहरले फेरि संक्रमितको संख्या उकालो लाग्ने क्रम बढ्दो छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमितको संख्या दोब्बर

Suggested