English

सेक्स पावर बढाउन पिउनुहोस् यी ५ जुस



तनावपूर्ण र व्यस्त जीवनमा समय पूर्व यौन शक्ति कमजोर हुनु सामान्य भइसकेको छ । यस्ता धेरै समस्याहरू छन् जसमा पुरुष ४० वर्षको उमेर पुगेपछि निकै कमजोर महसुस गर्न थाल्छन् । सामान्यतया युवाहरू आफ्नो यौन जीवनको बारेमा कुरा गर्दैनन् । उनीहरू चुपचाप रूपमा केही औषधि सेवन गर्न थाल्छन् । तर, ती औषधिहरूको सेवन खतरनाक हुन्छ । यौन क्षमता बढाउन प्राकृतिक विधिहरू पनि अपनाउन सकिन्छ । यौन जीवनलाई सुधार्न निकै प्रभावकारी पाँच प्रकारका जुस यस प्रकार छन् ।

गाजरको जुस
गाजरको जुस यौन समस्यामा निकै प्रभावकारी साबित हुन्छ । जाडो मौसममा यो सजिलै पाइने भएकोले गाजरको जुस बनाउन पनि एकदमै सजिलो छ । यो यौन समस्यामा सेक्सको इच्छा जगाउन निकै प्रभावकारी हुन्छ ।

तरबुजाको जुस
जाडोमा जसरी गाजर सजिलै पाइन्छ, त्यसै गरी गर्मीमा तर बुजाको जुस सहजै पाइन्छ । यसमा एल साइट्रलाइन नामक अमिनो एसिड हुन्छ । यो तत्त्व हाम्रो यौन जीवनको लागि धेरै उपयोगी हुन्छ । तर बुजाको जुसले हाम्रो शरीरको कम्मरको भागमा रगतको प्रवाहलाई पनि बढाउँछ, जसले यौन शक्ति बढाउँछ । यसलाई प्राकृतिक भियाग्रा पनि भनिन्छ ।

एलोभेराको जुस
आयुर्वेदमा एलोभेराको जुस धेरै रोगमा प्रभावकारी मानिन्छ । यसमा यस्तो चीज पनि समावेश हुन्छ जसले सेक्सको लागि आवश्यक प्रोटिन युक्त विशेष हार्मोन ९टेस्टोस्टेरोन० को उत्पादनमा सुधार गर्दछ । यसबाट पुरुषमा यौन सम्पर्क गर्ने इच्छा उत्पन्न हुन्छ र अतिरिक्त शक्तिको संचार हुन्छ ।

अनारको जुस
अनारको जुस धेरै रोगको लागि राम्रो मानिन्छ । अनारमा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले हाम्रो शरीरमा रक्तसञ्चार सुधार गर्छ र यो पुरुषको कमजोरी अर्थात् इरेक्टाइल डिसफङ्सनमा निकै प्रभावकारी हुन्छ । हरेक दिन एक गिलास अनारको जुस पिउनाले एकदमै ताजा महसुस हुन्छ । यसको सेवनले यौन क्षमता पनि बढ्छ ।

चुकन्दरको जुस
चुकन्दरको जुस पुरुषको कमजोरी हटाउन वा यौन शक्ति बढाउन पनि निकै प्रभावकारी उपाय हो । यसमा अन्य तरकारीको तुलनामा २० गुणा बढी नाइट्रेट हुन्छ । यसका साथै शरीरलाई विशेष प्रकारको मिनरल्स प्राप्त हुन्छ जुन सेक्स हर्मोनका लागि निकै महत्त्वपूर्ण हुन्छ । चुकन्दरको जुसको सेवनले शरीरमा रगतको प्रवाह पनि राम्रो हुन्छ ।

छुटाउनु भयो कि ?
कुन उमेरसमूहका मानिसले कति घन्टा सुत्ने ?

महिनावारी भएको कति दिनमा सेक्स गर्दा सुरक्षित ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डा. गुरूप्रसाद सुवेदी हामीले महादेवको पूजा गर्दा जहिल्यै शिवलिङ्गको पूजा गरेको देखेका छौँ । तर यसको वास्तविक अर्थ के हो