English

रोहिंग्या मुसलमानले फेसबुकसँग मागे १५० अर्ब डलर क्षतिपूर्ति



घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएको आरोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् ।

सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको म्यानमारमा करिव १० हजार रोहिंग्या शरणार्थी मारिएको अनुमान छ । सेनाको दमनपछि लाखौं रोहिंग्या देश छोडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेको विषयमा फेसबुकले कुनै टिप्पणी गरेको छैन् ।

घृणास्पद र खतरनाक तथा गलत सूचना बर्षौंदेखि प्रवाह गरेको फेसबुकमाथि आरोप लाग्दै आएको छ ।

केही शरणार्थीेको पक्षमा काम गर्दै आएको बेलायको एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेको जनाइएको छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी होचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्रोत्साहन गरेको निवदेनमा जनाइएको छ ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ । म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् ।

रोहिंग्याविरुद्ध भइरहेका गालीग्लौज गर्ने व्यक्तिको अकाउन्ट डिलिट नगरेको पनि निवेदनमा जनाइएको छ । सञ्चारमाध्यम र दातृ संस्थाको चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेको फेसबुकमाथि आरोप लागेको छ ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ । म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् ।

म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक रोहिंग्या मुसलमानले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ । तर, सेनाले रोहिंग्या मुसलमानमाथि ज्यादती नगरेको दाबी गरेको छ ।

म्यानमारको उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

तस्विर स्रोत : Ekagaj

यो पनि…
फेसबुकका संस्थापक मार्क जुकरवर्गका १० प्रेरक भनाइ
कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested