English

रोहिंग्या मुसलमानले फेसबुकसँग मागे १५० अर्ब डलर क्षतिपूर्ति



घृणात्मक अभिव्यक्तिलाई पश्रय दिएको आरोप लगाउँदै बेलायत र अमेरिकामा रहेका रोहिंग्या शरणार्थीले फेसबुकविरुद्ध उजुरी दिएका छन् । फेसवुकले अल्पसंख्यक समुदायमाथि भएका हिंसालाइ प्रवद्धन गरेको भन्दै रोहिंग्या शरणार्थीले १५० अर्ब डलर क्षतिपूर्तिसमेत माग गरेका छन् ।

सन् २०१७ मा सेनाको दमनका कारण बौद्ध धर्मालम्बीको बाहुल्यता रहेको म्यानमारमा करिव १० हजार रोहिंग्या शरणार्थी मारिएको अनुमान छ । सेनाको दमनपछि लाखौं रोहिंग्या देश छोडेर छिमेकी मुलुक वंगलादेशमा शरण लिएका थिए । शरणार्थीले उजुरी गरेको विषयमा फेसबुकले कुनै टिप्पणी गरेको छैन् ।

घृणास्पद र खतरनाक तथा गलत सूचना बर्षौंदेखि प्रवाह गरेको फेसबुकमाथि आरोप लाग्दै आएको छ ।

केही शरणार्थीेको पक्षमा काम गर्दै आएको बेलायको एउटा फर्ममार्फत त्यहाँका शरणार्थीले मुद्दा दायर गरेको जनाइएको छ । म्यानमारमा भइरहेका जातीय हिंसाबारे सत्यतथ्य नबुझी होचुवाका भरमा फेसवुकले अल्पसंख्यक समुदायमाथि भइरहेका टिप्पणीलाई प्रोत्साहन गरेको निवदेनमा जनाइएको छ ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ । म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् ।

रोहिंग्याविरुद्ध भइरहेका गालीग्लौज गर्ने व्यक्तिको अकाउन्ट डिलिट नगरेको पनि निवेदनमा जनाइएको छ । सञ्चारमाध्यम र दातृ संस्थाको चेतावनीका बाबजुद उपर्युक्त कदम नचालेको फेसबुकमाथि आरोप लागेको छ ।

त्यस्तै अमेरिकामा पनि सानफ्रान्सिस्कोमा रोहिंग्याको तर्फबाट उजुरी परेको छ । म्यानमारमा फेसबुका २ करोड प्रयोगकर्ता छन् । अधिकांशले सामाजिक सञ्जालबाट नै समचारबारे अपडेट हुन्छन् ।

म्यानमारको सेनाले राज्यसंरक्षित आतंकको सिर्जना गरेकाले अल्पसंख्यक रोहिंग्या मुसलमानले देश छोडेर भाग्न बाध्य भएको बताइएको छ । तर, सेनाले रोहिंग्या मुसलमानमाथि ज्यादती नगरेको दाबी गरेको छ ।

म्यानमारको उत्तरी रखाइन राज्यमा सरकारले नै जातीय विभेद गरेको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले बताउँदै आएको छ ।

राष्ट्रसंघले सार्बजनिक गरेको एउटा प्रतिबेदनमा सेनाले रखाईन प्रान्तका दर्जनौ महिलामाथि बलात्कार गरेको र बालबालिकाको हत्या गरेको उल्लेख छ । ‘कारबाहीका नाममा सेनाले बालबालिकाको हत्या र महिलामाथि बालात्कार गरेको छ,’ प्रतिवेदनमा भनिएको छ ।

तस्विर स्रोत : Ekagaj

यो पनि…
फेसबुकका संस्थापक मार्क जुकरवर्गका १० प्रेरक भनाइ
कलाकारहरूको फेसबुक ह्याक गर्ने १४ वर्षीय बालक पक्राउ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested