English

फेसबुकका संस्थापक मार्क जुकरवर्गका १० प्रेरक भनाइ



फेसबुक नामक सामाजिक सञ्जालका परिकल्पनाकार, सिइओ साथै संस्थापक मार्क एलिअट जुकरवर्ग अमेरिकी कम्प्युटर प्रोग्रामर र इन्टरनेट उद्यमी हुन् । इन्टरनेटको दुनियामा फेसबुक ल्याए सामाजिक सञ्जालमा क्रान्ति गरेका जुकरवर्गको जन्म १४ मे, १९८४ मा न्यूयोर्क शहरको व्हाइट प्लेन्समा, दन्त चिकित्सक बुवा एडवर्ड जुकरबर्ग र र मनोचिकित्सक आमा करेन केम्पनरको घरमा भएको थियो ।

सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए । यस्ता प्रतिभाशाली व्यक्तित्वका केहि प्रेरक भनाइहरू यस प्रकार छन् ।

१. एक अर्ब मानिसलाई एक अर्कासँग जोड्नु मेरो जिन्दगीमा विनम्र, आश्चर्यजनक र धेरै गर्वको कुरा हो ।

२. धेरै व्यापारीहरू आफूबाट गल्ती हुन्छ कि भनेर चिन्तित हुन्छन् उनीहरू जोखिम मोल्न डराउँछन् । कम्पनी यसकारण स्थापना गरिन्छ ताकि असफल भए भने एक अर्काको मूल्याङ्कन गर्न सकोस् ।

३. खाली हातमा बस्नु भन्दा केही काम गर्ने प्रयास गर्नुहोस् र केही कुरा सिक्ने प्रयास गर्नुहोस् । यो खाली हात बस्नुभन्दा उत्तम हुनेछ ।

४. मानिसहरु सोच्छन् कि नवप्रर्वतन मात्र एउटा राम्रो विचार हो तर तपाईँले यो काममा तीव्र रुपमा अघि बढ्न सक्नुपर्छ र धेरै प्रयास गर्नुपर्दछ ।

५. एक मिशन तथा एक व्यवसाय शुरुवात गर्न हातमा हात मिलाउनु आवश्यक छ ।

६. सबैभन्दा ठूलो जोखिम कुनै पनि जोखिम नलिनु हो ।

७. यो सवाल म हरेक दिन आफैँले आफैँलाई गर्दछु ‘के म सबैभन्दा महत्वपूर्ण काम गरिरहेको छु ? जुन काम म गर्नसक्छु ?’

८. व्यापारको साधारण नियम ‘यदि तपाई सजिलो कामहरू गर्नुहुन्छ भने तपाईले धेरै प्रगति गर्न सक्नुहुन्छ।’ भन्ने हो ।

९. अगाडि बढ्नुहोस् र समस्याहरू समाधान गर्नुहोस्, जबसम्म तपाईं समस्याहरू समाधान गर्नुहुन्न, तबसम्म तपाईंको प्रगति हुनेछैन ।

१०. त्यही चीजको लागि कोशिस गर्नुहोस्, जसको बारेमा तपाईं उत्साहित हुनुहुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested