English

त्रिविका विद्यार्थीले यी अस्पतालबाट पाउँछन् ९० प्रतिशत छुट



त्रिभुवन विश्वविद्यालय र यस अन्र्तगतका शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य उपचार खर्चमा ९० प्रतिशत छुट छ । स्वास्थ्य उपचार शुल्क भनेर पाँच सय रुपियाँ हरेक सेमेस्टर वा वर्षमा कलेजलाई तिर्ने शुल्कबाट नै विद्यार्थीले उक्त उपचार खर्चमा छुट पाउँछन् ।

देशभरका ६० वटा अस्पतालबाट विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय अन्र्तगत ‘विद्यार्थी स्वास्थ्य उपचार कोष’ बाट उक्त खर्च दिइदै आएको निर्देशनालयका निर्देशक पशुपति अधिकारी बताउँछन् । ‘विद्यार्थी बिरामी भएपछि स्वास्थ्यउपचार कोषबाट उपचारका लागि एक लाख रुपियाँसम्मको खर्च पाउँछन्,’ अधिकारीले भने, ‘विद्यार्थीको उपचारमा लागेको खर्चको ९० प्रतिशत यही कोषबाट अस्पताललाई भुक्तानी हुने र बाँकी १० प्रतिशत स्वंयमले बेर्होनुपर्ने छ ।’

‘विद्यार्थी स्वास्थ्य उपचार कोष’ २०७२ मा स्थापना भए पनि यसबारे विद्यार्थी जानकार नभएर र कतिपय कलेजले लागू नगरेकाले सेवाबाट बन्चित रहेको अधिकारी बताउँछन् । ‘कतिपय कलेजले विद्यार्थीबाट स्वास्थ्य शुल्क उठाएर हामी कहाँ नपठाएको पनि पाइएको छ, तर त्रिवि अन्तर्गत आंगिक क्याम्पसहरुले अबका दिनमा अनिवार्य लागूपर्ने छ,’ अधिकारीले भने ।

अस्पतालसँग सम्झौता गर्न १६ कलेज बाँकी

विद्यार्थीले स्वास्थ्य उपचार सुविधा प्राप्त गर्नका लागि त्रिवि अन्र्तगत शिक्षण संस्थाले विद्यार्थीबाट शुल्क उठाएर कोषमा जम्मा गरेको र क्याम्पसले अस्पतालबाट सम्झौता गर्नुपर्ने हुन्छ । त्रिवि अन्र्तगत रहेका ६५ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसले अझै अस्पतालसँग सम्झौता नगरेको अधिकारी बताउँछन् । जसमध्ये सात वटा काठमाडौँ उपत्यकाका रहेका छन् ।

‘विद्यार्थीलाई दिइने उपचार सेवाका लागि अस्पतालसँग सम्झौता नगरेका क्याम्पसले जतिसक्दो चाँडो सम्झौता गर्नुपर्यो,’ अधिकारीले भने, ‘सम्झौता गरेका कलेजले विद्यार्थीबाट लिएको स्वस्थ्य शुल्क कोषमा अनिवार्य पठाउनु पर्नेछ ।’

कतिले लिए सुविधा ?

स्वास्थ्य उपचार कोषबाट दिइने सुविधाबारे क्याम्पसले विद्यार्थीलाई जानकारी नगराएकाले अधिकांश विद्यार्थीलाई यसबारे जानकारी नै छैन । ‘जानकारी नभएर सेवा लिने विद्यार्थीको संख्या न्युन छ ।’ अधिकारीले भने । उनका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ९५ जना, ०७७/७८ मा एक सय तीन जना र यो आर्थिक वर्षमा २१ जनाले उपचार खर्च लिएका छन् ।

सेवा लिने आधिकांश सहरी क्षेत्रका विद्यार्थी रहेको अधिकारी बताउँछन् । ‘काठमाडौंको टिचिङ र पोखराको गण्डकी अस्पतालबाट सुविधा लिएका छन्, अन्य क्षेत्रका विद्यार्थीले सेवा लिएको देखिदैन,’ अधिकारीले भने, ‘यसलाई विद्यार्थीको पहँुचमा पुर्याउन कलेजले मुख्य भूमिका खेल्न जरूरी देखिन्छ ।’

यस्तो छ,सुविधा लिने प्रक्रिया

कोषबाट स्वास्थ्य उपचार सुविधा लिनका लागि नियमित रुपमा कलेजमा अध्ययनरत विद्यार्थीले आफू पढ्ने क्याम्पसमा निवेदन दिनुपर्ने हुन्छ । विद्यार्थीले निवेदन दिइसकेपछि विद्यार्थी कल्याण तथा खेलकुद शाखा वा क्याम्पस प्रमुखले प्रमाणित गरी अस्पताललाई सिफारिस गरिदिन्छन् । सिफारिस र क्याम्पसको विद्यार्थी परिचयपत्र (आइडेन्टी कार्ड) अस्पतालमा बुझाउनुपर्छ । यसरी अस्पताललाई बुझाइएको पत्रबाट अस्पतालले सुविधा दिन नमानेमा निर्देशनालयबाट नै सिफरिस गरिदिने अधिकारीले बताए ।

क–कस्ले पाउछन् सुविधा ?

स्वास्थ्य उपचार खर्च सुविधा लिनका लागि स्नातक र स्नातकोत्तर तहमा नियमित भर्ना भएको विद्यार्थीले लिन सक्नेछन् । कलेजले विद्यार्थी भर्ना हुँदा स्वास्थ्य शुल्क लिएर कोषमा पठाएको हुनु पर्ने अधिकारीले बताए । ‘नियमित भर्ना भएका स्नातकका नौ सेमेस्टर र स्नातकोत्तरका चार सेमेस्टरसम्म अध्ययनरत विद्यार्थी सेवा लिन सक्छन्,’ अधिकारीले भने, ‘कुन–कुन रोगमा सुविधा पाइने क्यम्पासमा ८ वटा सूची छ, सोही अनुसार सुविधा लिन सकिन्छ ।’

यी उपचारमा पाइदैन खर्च

विद्यार्थीको स्वास्थ्य उपचार खर्च वापत कोषबाट प्रत्येक शैक्षिक वर्षमा अधिकतम एक लाख रुपियाँ व्यहोर्ने व्यवस्था छ । सामान्य चेकअप र कस्मेटिक लगायतका अन्यमा पनि यो सेवा उपलब्ध नरहेको अधिकारीले जनाए ।

१–विद्यार्थीले ब्यर्होनु पर्ने तोकिएको न्यूनतम उपचार खर्च
२–कानमा लगाउने,सुन्ने उपकरण खर्च
३–चश्मा र चश्माका लेन्स खर्च
४–कुनै किसिमको स्वेच्छिक कस्मेटिक उपचार खर्च
५–कुनै युद्ध, जनआन्दोलन वा झै–झगडामा घाइते भएको उपचार खर्च
६–दुर्घटनामा परी उपचार गर्नु परेमा दाँतका उपचार बाहेक अन्य अवस्थामा गरिने दाँतको उपचार खर्च
७–सम्बन्धित क्याम्पसमा भर्ना हुनुभन्दा अगाडि लागेको दीर्घकालीन रोग (क्रोनिक डिजिज) भएको मेडिकल बोर्डबाट ठहर हुन आएमा त्यस्ता विद्यार्थी कोषको सदस्य भए पनि सम्बन्धित रोगको स्वास्थ्यउपचार खर्च पाउँदैनन् ।
८–कुनै प्रकारको औषधि खर्च
९–नेपाल सरकारको नीति र कार्यक्रम अनुसार निशुल्क उपचार गर्ने भनिएको स्वास्थ्यउपचार खर्च ब्यहोरिने छैन । साथै नेपाल सरकारद्घारा लागूभएको स्वास्थ्य विमा कार्यक्रममा आवद्ध विमित व्याक्तिमा यो लागू हुने छैन ।
१०–सुत्केरी र गर्भवती सम्बन्धी कुनै खर्च कोषले ब्यहोेर्ने छैन ।
११–सामान्य बडी चेकअपमा लाग्ने खर्च ब्यहोेर्ने छैन ।

कहाँ गराउने उपचार

अस्पताल क्यम्पास
१.जिल्ला अस्पताल इलाममहेन्द्ररत्न बहुमुखी क्याम्पस, इलाम
२.मेची अस्पताल,झापामेची बहुमुखी क्याम्पस, झापा
३.कोशी अञ्चल अस्पताल, विराटनगर–महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर
–स्नातकोत्तर क्याम्पस, विराटनगर
–नर्सिङ क्याम्पस, विराटनगर
४.बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
–पुर्वाञ्चल क्याम्पस,धरान
–महेन्द्र बहुमुखी क्याम्पस,धरान
–केन्द्रीय प्रविधि क्याम्पस,धरान
५.धनकुटा जिल्ला अस्पताल, धनकुटा
धनकुटा बहुमुखी क्याम्पस, धनकुट
६.तेह्रथुम जिल्ला अस्पताल, तेह्रथुम
तेह्रथुम क्याम्पस, चुहानडाँडा, तेह्रथुम
७.भोजपुर जिल्ला अस्पताल, भोजपुर
भोजपुर क्याम्पस, भोजपुर
८.सगरमाथा अञ्चल अस्पताल, राजविराज
–महेन्द्र विन्देश्वरी क्याम्पस,राजविराज
९.लाहान अस्पताल, सिरहा
सु.स.मो.यादव क्याम्पस, सिरहा
१०.जानकी मेडिकल कलेज शिक्षण अस्पताल र जनकपुर अञ्चल अस्पताल
रारा बहुमुखी क्याम्पस,जनकपुर,धनुषा
११.नेशनल मेडिकल कलेज शिक्षण अस्पताल

–ठकुरराम क्याम्पस, वीरगंज
–वीरगंज नर्सिङ क्याम्पस, वीरगंज
१२.हेटौंडा जिल्ला अस्पताल, हेटौंडा
वन विज्ञान हेटौंडा क्याम्पस, हेटौंडा
१३.चितवन मेडिकल कलेज शिक्षण अस्पताल

–रामपुर क्याम्पस, रामपुर
–वीरेन्द्र बहुमुखी क्याम्पस,भरतपुर
१४.त्रि.वि शिक्षण अस्पताल, महाराजगंज
विश्वविद्यालय क्याम्पस,कीर्तिपुर
–भक्तपुर बहुमखी क्याम्पस, भक्तपुर
–सानोठिमी क्याम्पस,सानोठिमी
–पाटन संयुक्त क्याम्पस, पाटनढोका
–पुल्चोक क्याम्पस,पुल्चोक
–थापाथली क्याम्पस,थापाथली
–नेपाल कमर्स क्याम्पस
–महेन्द«रत्न क्याम्पस,ताहाचल
–आयुर्वेद क्याम्पस, त्रिपरेश्वर
–जनप्रकाश क्याम्पस, त्रिपुरेश्वर
–पब्लिक युुथ क्याम्पस, धोबीचौर
–अमुत क्याम्पस,लैनचौर
–महाराजगंज चिकित्सा क्याम्पस, महाराजगंज
–नर्सिङ क्याम्पस, महाराजगंज
–ललितकला क्याम्पस, भोटाहिटी
–त्रिचन्द्र क्याम्पस,घन्टाघर
–सरस्वती बहुमुखी क्याम्पस
–पद्मकन्या क्पाम्पस, बागबजार
–शंकरदेव क्याम्पस,रामशाहपथ
–रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमाग
–नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग
–विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग
१५.जिल्ला अस्पताल, गोरखा

गोरखा क्याम्पस, गोरखा
१६.जिल्ला समुदायिक जिल्ला अस्पताल, सुन्दर बजार

लमजुङ क्याम्पस, सुन्दरबजार, लमजुङ
१७.गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल, पोखरा

– पश्चिमाञ्चल क्याम्पस,पोखरा
–पोखरा नर्सिङ क्याम्पस, पोखरा
–वन विज्ञान क्याम्पस पोखरा
–पृथ्वीनारायण क्याम्पस, पोखरा
१८.लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पताल
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा
१९.युनिभर्सल मेडिकल, भैरहवा र लुम्बिनी अञ्चल अस्पताल, बुटवल
बुटवल क्याम्पस, बुटवल
२०.युनिभर्सल मेडिकल, भैरहवा
–पक्लिहवा क्याम्पस, पक्लिहवा
–भैरहवा क्याम्पस
२१.धौलागिरी अञ्चल अस्पताल, बागलुङ

धौलागिरी बहुमुखी क्याम्पस,बागलुङ
२२.राप्ती उपक्षेत्रीय अस्पताल, घोेराही,दाङ

महेन्द्र बहुमुखी क्याम्पस, दाङ
२३.भेरी अञ्चल अस्पताल, नेपालगंज

– महेन्द्र बहुमुखी क्याम्पस, नेपालगंज
–नर्सिङ क्याम्पस नेपालगंज
२४.मध्यपश्मिाञ्चल क्षेत्रिय अस्पताल, सुर्खेत

सुर्खेत क्याम्पस, वीरेन्द्रनगर,
२५.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, खलङ्गा,जुम्ला

जुम्ला क्याम्पस, जुम्ला
२६.प्रहरी अस्पताल, अमरगढी, डडेलधुरा
डोटी क्याम्पस, डोटी
२७.टिम उपक्षेत्रिय अस्पताल, अमरगढी, डडेलधुरा
डडेलधुरा शिक्षा क्याम्पस, डडेलधुरा
२८.महाकाली अञ्चल अस्पताल, भिमदत्त नगरपालिका, महेन्द्रनगर



सिद्धनाथ क्याम्पस, महेन्द्रनगर

यो पनि पढ्नुहोस्
कक्षा १२ का ८४४ विद्यार्थीले कोभिड खोप नपाउने, परीक्षा दिन पाउँछन् कि पाउँदैनन् ?
कक्षा ११ मा कुन–कुन विषय पढाई हुन्छ ? विद्यार्थीले कसरी छान्ने ? यस्तो छ विज्ञको सुझाव
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’
कक्षा १० र १२ का विद्यार्थी भन्छन्, ‘मानसिक तनाव भइराछ’





Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली