English

कक्षा १२ का ८४४ विद्यार्थीले कोभिड खोप नपाउने, परीक्षा दिन पाउँछन् कि पाउँदैनन् ?



कक्षा १२ को परीक्षा कुरिरहेका विद्यार्थी मध्ये ८ सय ४४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाउन नपाउने भएका छन् । ती विद्यार्थीको १८ वर्ष उमेर नपुगेकाले खोप लगाउन नपाएको राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालयकी प्रमुख जयन्ती सत्यालले बताइन् ।

सरकारले प्रवेश पत्रका आधारमा कक्षा १२ का विद्यार्थीलाई ३ भदौबाट एस्ट्राजेनिका खोप लगाइरहेको छ । त्यसो त खोप नपाउने विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन् कि पाउँदैनन् भन्ने चिन्ता र चासो व्याप्त छ । उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाएका विधार्थीहरुले पनि परीक्षा दिन पाउने व्यवस्था मिलाइने सत्यालले प्रष्ट पारिन् ।

‘धेरैले खोप लगाइसकेपछि संक्रमणको जोखिम कम हुन्छ,’ उनले भनिन्, ‘विद्यार्थीले आफ्नै विद्यालयबाट परीक्षा दिने भएकाले स्वास्थ्य मापदण्ड पनि लागू गराइन्छ ।’ यो वर्ष कक्षा १२ को परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सामेल हुँदै छन् । जसमध्ये काठमाडौं उपत्यकामै ३५ प्रतिशत छन् ।

सबै विधार्थीलाई खोपको व्यवस्था भएको खण्डमा दशैँ अगाडि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने बारे छलफल भइरहेको सत्यालले जानकारी दिइन् । ‘त्यो बेलासम्म १८ वर्षभन्दा कम उमेरका विद्यार्थीका लागि पनि खोप आयो भने झनै राम्रो हुन्थ्यो,’ उनले भनिन्, ‘त्यो भएन भने पनि स्वास्थ्य मापदण्ड लागू गरेर दशैं अघि परीक्षा सक्छौं ।’

यतिबेला कोरोना महामारीका कारण विभिन्न तहका परीक्षा प्रभावित भएका छन् । अघिल्लो वर्ष पनि कोरोनाकै कारण एसईई, कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहका परीक्षा प्रभावित भएका थिए ।



सम्बन्धित खबरहरु

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

Latest










Popular
Suggested