English

महिलाका लागि बिना धितो कर्जा लिन झन्झटिलो



आठ बर्ष अघि खेर गएका बोरा संकलन गरेर त्यसबाट आर्कषक ब्याग बनाएर अन्तराष्ट्रिय बजारमा समेत ख्याती कमाउन सफल महिला उद्यमी प्रकृति मैनालीले २५ हजार रुपियाँ लगानीबाट व्यवसाय सुरु गरेकी थिइन् । महिलाका लागि केही गर्ने इच्छा बोकेर आफ्नो व्यवसायलाई बढाउने सोचका साथ उनले सहुलियत कर्जा लिने निर्णय गरिन् । र, सहुलियत कर्जाका लागि बैंकमा आवेदन पेस गरिन । तर बैंकले बिना धितो ऋण नदिने बतायो । त्यसैले उनले धितो राखेर भए पनि ऋण लिने निर्णय गरिन ।

सरकारले महिलाको लागि ल्याएको विभिन्न योजना कागजमा मात्र सिमित भएको उनले बताइन् । यसरी सरकारले ल्याएको बिना धितो १५ लाख रुपियाँ सहुलियत पाउने महिलाको संख्या भने एकदमै कम भएको उनको भनाई छ । धितो हुनेले त धितो राख्छन् तर धितो राख्नको लागि केहि पनि नहुनेहरुले के गर्ने ?

महिला उद्यमशिलताका लागि भनेर सरकारले १५ लाख रुपियाँ तोकेको छ तर बैंकहरुले १० लाख रुपियाँ मात्र दिइरहेको छ ।

त्यस्तै बानियाटार निवासी रामहरी भेटवाल पेसाले एक शिक्षक हुन् । उनले श्रीमतीसँग मिलेर करेसाबारी एग्रो कल्चरल सर्भिस संचालन गरेका छन् । उनले श्रीमतीलाई उद्यमी बनाउनका लागि करेसाबारी एग्रो कल्चर सर्भिस संचालन गरेका थिए । त्यो व्यवसायलाई विस्तार गरेर लैजाने उदेश्यले उनले श्रीमतीलाई महिला उद्यमी कर्जा लिन सल्लाह दिए । श्रीमती र उनको सल्लाह अनुसार उनीहरुले राष्ट्रिय वणिज्य बैंकमा बिना धितो सहुलियत कर्जाको लागि प्रक्रिया अघि बढाए ।

भेटवालले लोनका लागि राष्ट्रिय वाणिज्य बैंकमा आवेदन दिए । तर, आवेदन दिएको दुई महिना पुरा भईसक्दा पनि लोन प्राप्त नभएको उनको गुनासो छ । बैंकले अहिले तरलताको अभाव छ भनेर ढिलासुस्ती गरिरहेको छ । महिला उद्यमशिलताका लागि भनेर सरकारले १५ लाख रुपियाँ तोकेको छ तर बैंकहरुले १० लाख रुपियाँ मात्र दिइरहेको छ । नजिकको चिनजानमा भयो भने मात्र बैंकहरुले बिना धितो ऋण प्रवाह गर्छ । यो रकम त राष्ट्र बैंकले बैंकहरुलाई दिने रकम हो यसका लागि चिनेजानेका मान्छेभन्दा पनि साँच्चै उद्यमी बन्न चाहने व्यक्तिलाई उपलब्ध गराउनु पर्ने उनको भनाई छ ।

भेटवालको भोगाइ अनुसार,लोन लिने प्रकृया झन्जटिलो छ । महिला उद्यमीलाई सहुलियत कर्जा भनिएको छ । तर, ऋण लिनको लागि आवश्यक प्रोजेक्सन रिपोर्टहरु तयार पार्नु पर्ने हुन्छ,जसको लागि विज्ञको सहयोग चाहिन्छ । समग्रमा महिला उद्यमीहरुको पहुँच यो प्रोजेक्सन रिपोर्ट बनाउने विज्ञसँग नहुन सक्छ । यो ऋण लिनको लागि मापदण्डहरु के के हुन् भन्ने कुरा पनि जान्नु जरुरी हुन्छ । त्यसको विषयमा पनि बैंकहरुले खुलेर बताइदिँदैनन् ।

२०७८ असोजसम्ममा बिना धितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने महिला उद्यमीको सङ्ख्या ५८ हजार ९ सय ४ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

सरकारले महिलाका लागि विभिन्न योजनाहरु ल्याइरहेको हुन्छ । २०७५ मा पनि महिलालाई उद्यमी बनाउनको लागि विना धितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेको थियो ।

सरकारले योजना मार्फत उनीहरूलाई सुविधा दिएकाले महिला उद्यमीको संख्या बढ्न थालेको उद्योग विभागका निर्देशक जीवलाल भुसाल बताउँछन् ।

२०७८ असोजसम्ममा बिना धितो १५ लाखसम्म सहुलियतपूर्ण कर्जा पाउने महिला उद्यमीको सङ्ख्या ५८ हजार ९ सय ४ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आवश्यक कागजात र प्रोजेक्ट रिपोर्ट हेरेर नबिल बैंकले बिना धितो सहुलियत कर्जा उपलब्ध गराई रहेको छ । तर, राष्ट्रिय वाणिज्य बैंकले भने अहिले प्राय सबै कोटाहरु पुरा भएको र तरलताको कमी भएको भन्दै कर्जा उपलब्ध गराएको छैन । एक वर्षमा ‘क’ वर्गका बैंकहरुको आफ्ना हरेक शाखालाई १० जना सम्मलाई बिना धितो सहुलियत कर्जाको कोटा दिएको हुन्छ । ‘ख’ र ‘ग’ वर्गका बैंकलाई पाँच वटा कोटा दिइएको हुन्छ । त्यसैले जुन बैंकमा कोटा खाली छ त्यहाँबाट ऋणको लागि आवेदन दिन सकिन्छ ।

सहुलियत कर्जा बिना धितो सकेसम्म बैंकले दिन गाह्रो मान्ने गरेको यस विषयका जानकार शुसिलप्रसाद ढुङ्गाना बताउँछन् । व्यवसाय दर्ता हुँदैमा, ब्यवसाय प्रस्ताव पेस गर्दैमा बैंकले लोन दिन्छ भन्ने ग्यारेन्टी हुदैँन । बैंकले दिएको लोन उठाउँनु पर्ने जिम्मेवारी हुन्छ । त्यसैले बिना धितो कर्जा लिनेको संख्या एकदमै कम छन्, धेरैले धितो राखेर नै सहुलियत कर्जा लिएको उनले बताए ।

व्यवसाय गर्न चाहने महिलालाई बिना धितो सहुलियत ऋणको बारेमा त जानकारी छ । तर, यो ऋणको लागि कस्तो कार्ययोजना हुनुपर्छ भन्ने जानकारी नभएकोले गर्दा धेरैलाई यसको प्रकृया झन्झटिलो लाग्न सक्छ । कार्ययोजना राम्रो छ, सबै कागजातहरु पनि पुरा छन् तर बैंकले ऋण दिन मानेको छैन भने लिखित जवाफ माग्नु पर्छ र नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने ढुङ्गाना बताउँछन् ।

यसरी लिन सकिन्छ विना धितो सहुलियत कर्जा

– सर्वप्रथम व्यवसाय दर्ता भएको हुनु पर्छ
– व्यवसाय दर्ता भएको प्यान नम्बर
– साक्षी बस्ने बिचको नाता प्रमाण
– व्यवसाय गर्नका लागि कुनै पनि घर तथा जग्गा भाडामा लिइएको छ भने भाडा सम्झौता
– ५ वर्षको ब्यवसाय कार्ययोजना
– नागरिकता,कर चुक्ता लगायतका कागजातहरु आवश्यकता हुन्छ
– त्यसपछि लोनको लागि फर्म भर्नु पर्छ
– यी सबै कागजातहरु नजिकैको बैंकमा लगेर पेश गर्नु पर्ने हुन्छ
– कागजातहरु पेश गरेको २१ दिन भित्र बैंकले लोन दिने वा नदिने भन्ने निर्णय लिखित रुपमा जवाफ दिन्छ
– यदि बैंकले लोन दिन सक्दैन भने कुन कारणले बैंकले लोन दिन सक्दैन भन्ने कारण लिखित रुपमा दिनुपर्छ । कुनै ठोस आधारबिना बैंकले लोन दिन्न भन्न पाउँदैन
– बिना धितो ऋण दिन बैंकहरुले मान्दैन भने राष्ट्र बैंकमा गएर पनि उजुरी दिन सकिन्छ

यो पनि…
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
घरेलु उद्योग तथा साना पसल व्यवसाय कहाँ दर्ता गर्ने ?
काठमाडौँमा अपार्टमेन्ट किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ मुल्य
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
पहिलो लकडाउनकै ऋण तिरेको छैन
यस्तो छ कृषि फार्म दर्ता गर्ने प्रक्रिया
पैसा कसरी जोगाउने ?
विद्यार्थी भन्छन्, ‘ऋण होइन सरकार, रोजगार देऊ’

बल्ल पायो मार्केटिङले नयाँ मोड



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली