English

पैसा कसरी जोगाउने ?



कमाएको पैसा नजोगिनु वा जोगाउन नसक्नु अधिकांशको चिन्ताको विषय हो । पैसा कमाउनु, जोगाउनु र भविष्यमा आर्थिक समस्याबाट टाढा रहने धेरैको चाहना हुन्छ । तर, हरथोक गर्दा पनि कमाएको पैसा जोगाउन मुस्किल नै पर्छ । यसको एउटै उपाय भनेको बचत गर्ने बानी बसाल्नु हो । तर, यो बानी कसरी विकास गर्ने त ? यही बारे वित्तिय साक्षर अभियन्ता इन्दिरा पन्तको सुझाव यस्तो छ :

– आफ्नो वित्तीय अवस्थाको विश्लेषण गर्नुहोस् ।

– तपाईको आम्दानी र खर्च कति योजना बनाउनुहोस् ।

– तपाईले के मा कति खर्च गर्ने, कति बचत गर्ने । बचत गरेको पैसा के’मा खर्च गर्ने । व्यक्तिगत वित्तीय योजना बनाउनुहोस् ।

– बचत गर्नका लागि अनावश्यक खर्च कटौती गर्नुहोस् । जस्तै दिनको १० रुपैयाँ बचत गर्न चाहेको खण्डमा एक कप चिया दिनको कटौती गर्नुहोस् ।

– सकेसम्म ऋण वा सापटी नलिनुहोस् । किनकी ऋण लिएको रुपैयाँको ब्याज दैनिकरुपमा बढ्दै जन्छ । बचत गर्न समस्या हुन्छ ।

– यदि उधारो वा कर्जा लिएको भए पहिले चुक्ता गर्नुहोस् ।

– केहि किन्न चाहानुहुन्छ भने त्यसका लागि बचत गर्नुहोस् । एकैपटक किन्दा आर्थिक भार पर्छ ।

– आवश्यकता नभएको सामान नकिन्नुहोस् । जस्तै ः घरमा कति तरकारी खपत हुन्छ त्यही अनुसार किन्ने, कपडा राम्रो लाग्यो भन्दैमा धेरै नकिन्ने ।

– आकस्मिक खर्चका लागि पैसा छुट्टाउनुहोस् । जस्तैः महिनाको एक सय रुपैयाँ बिरामी पर्दाको बचत भनेर छुट्याउन सक्नु हुन्छ ।

– योजनाअनुसार खर्च भएको छ वा छैन । कुन–कुन कुरामा के कति खर्च भैरहेको छ, हरेक दिन हेर्नुहोस् ।

–तरकारी किन्दा, यात्रा गर्दा बचेका खुद्रा पैसा घरमा जम्मा गर्ने बानी बसाल्नुहोस् ।



सम्बन्धित खबरहरु

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

मंसिर १७, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ

काठमाडौं : बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको

Latest










Popular
Suggested