English

पैसा कसरी जोगाउने ?



कमाएको पैसा नजोगिनु वा जोगाउन नसक्नु अधिकांशको चिन्ताको विषय हो । पैसा कमाउनु, जोगाउनु र भविष्यमा आर्थिक समस्याबाट टाढा रहने धेरैको चाहना हुन्छ । तर, हरथोक गर्दा पनि कमाएको पैसा जोगाउन मुस्किल नै पर्छ । यसको एउटै उपाय भनेको बचत गर्ने बानी बसाल्नु हो । तर, यो बानी कसरी विकास गर्ने त ? यही बारे वित्तिय साक्षर अभियन्ता इन्दिरा पन्तको सुझाव यस्तो छ :

– आफ्नो वित्तीय अवस्थाको विश्लेषण गर्नुहोस् ।

– तपाईको आम्दानी र खर्च कति योजना बनाउनुहोस् ।

– तपाईले के मा कति खर्च गर्ने, कति बचत गर्ने । बचत गरेको पैसा के’मा खर्च गर्ने । व्यक्तिगत वित्तीय योजना बनाउनुहोस् ।

– बचत गर्नका लागि अनावश्यक खर्च कटौती गर्नुहोस् । जस्तै दिनको १० रुपैयाँ बचत गर्न चाहेको खण्डमा एक कप चिया दिनको कटौती गर्नुहोस् ।

– सकेसम्म ऋण वा सापटी नलिनुहोस् । किनकी ऋण लिएको रुपैयाँको ब्याज दैनिकरुपमा बढ्दै जन्छ । बचत गर्न समस्या हुन्छ ।

– यदि उधारो वा कर्जा लिएको भए पहिले चुक्ता गर्नुहोस् ।

– केहि किन्न चाहानुहुन्छ भने त्यसका लागि बचत गर्नुहोस् । एकैपटक किन्दा आर्थिक भार पर्छ ।

– आवश्यकता नभएको सामान नकिन्नुहोस् । जस्तै ः घरमा कति तरकारी खपत हुन्छ त्यही अनुसार किन्ने, कपडा राम्रो लाग्यो भन्दैमा धेरै नकिन्ने ।

– आकस्मिक खर्चका लागि पैसा छुट्टाउनुहोस् । जस्तैः महिनाको एक सय रुपैयाँ बिरामी पर्दाको बचत भनेर छुट्याउन सक्नु हुन्छ ।

– योजनाअनुसार खर्च भएको छ वा छैन । कुन–कुन कुरामा के कति खर्च भैरहेको छ, हरेक दिन हेर्नुहोस् ।

–तरकारी किन्दा, यात्रा गर्दा बचेका खुद्रा पैसा घरमा जम्मा गर्ने बानी बसाल्नुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested